Wednesday, January 26, 2022

आइभरी कोष्टलाई हराउँदै इजिप्ट क्वाटरफाइनलमा

१३ माघ, काठमाडौं । सर्वाधिक ७ पटकको विजेता इजिप्ट क्यामरुनमा जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको प्रिक्वाटरफाइनलमा आइभरी कोष्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै इजिप्टले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा दुवै टोलीले समान पाँच पेनाल्टी प्रहार गरेका थिए । इजिप्टले पाँचवटै प्रहार गोलमा परिणत गर्दा आइभरी कोष्टको एक प्रहार इजिप्टका गोलकिपरले बचाए ।

पेनाल्टीमा इजिप्टका जिजो,अमर एल सोलिया, ओमार कमाल, मोहमद अब्देल र मोहमद सलाहले गोल गरे ।

आइभरी कोष्टका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गरे । आइभरी कोष्टका एरिक बाइको पेनाल्टी प्रहार इजिप्टका वैकल्पिक गोलकिपर गाबस्कीले रोकेका थिए ।

सन् २०१० पछि पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको इजिप्टले क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरोक्को मालावीलाई पराजित गर्दै क्वाटरफाइनल पुगिसकेको छ ।



from Online Khabar https://ift.tt/3IGhLOF

No comments:

Post a Comment