Wednesday, January 19, 2022

मधेस प्रदेशको जित

६ माघ,  काठमाडौं । मधेस प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा बुधबार जित हात पारेको छ ।

समूह ‘ए’ को लिग खेलमा मधेस प्रदेशले प्रदेश १ लाई २-० गोलले पराजित गर्‍यो । मधेसका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले १-१ गोल गरे । गीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।

बुधबार दुई खेल भएकोमा एक खेल बराबरीमा टुंगियो । वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको समूह ‘बी’ को लिगमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले गोलरहित बराबरी खेले । गण्डकी कमलादेवी घर्ती पुन ‘वुमन अफ द म्याच’ चुनिइन् ।

प्रतियोगितामा ६ टिम सहभागी छन् । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, मधेस र प्रदेश १ तथा समूह ‘बी’मा सुदूरपश्चिम, गण्डकी र दोश्रो संस्कणको विजेता लुम्बिनी छन् । आर्मी पहिलो संस्करणको पनि विजेता हो । फाइनल माघ ८ गते हुने छ ।



from Online Khabar https://ift.tt/3qLeAzc

No comments:

Post a Comment