Saturday, January 22, 2022

अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट, ७ जनाको मृत्यु

९ माघ, काठमाडौं । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् ।

इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।

हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो ।

अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको विवरणहरु सार्वजनिक भइरहेका छन् ।



from Online Khabar https://ift.tt/3nOegNW

No comments:

Post a Comment