Saturday, January 22, 2022

रासफोर्डले अन्तिम समयमा गोल गरेपछि युनाइटेड चौथो स्थानमा

९ माघ, काठमाडौं । मार्कुस रासफोर्डले खेलको अन्तिम समयमा गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा वेष्टह्यामलाई १-० ले पराजित गरेको छ ।

रासफोर्डले खेलको अन्तिम समयमा थप गरिएको तीन मिनेट इन्जुरी टाइमको अन्तिम मिनेटमा निर्णायक गोल गरेका हुन् । ६२औं मिनेटमा एन्थोनी एलाङ्गाको स्थानमा मैदान प्रवेश गरेका रासफोर्डले एडिनसन कभानीको पासमा गोल गरेका हुन् ।

यस जितपछि युनाइटेड वेष्टह्यामलाई नै पछि पार्दै अंकतालिकाको चौथो स्थानमा उक्लेको छ । युनाइटेडले २२ खेलबाट ३८ अंक जोडेको छ । २३ खेल खेलिसकेको वेष्टह्याम ३७ अंकसहित पाँचौ स्थानमा छ ।

लिगमै अन्य खेलमा वल्भ्सले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गरेको छ । यस्तै एस्टन भिल्लाले एभरटनलाई १-० ले पराजित गर्‍यो । न्यूकासल युनाइटेडले पनि लिड्स युनाइटेडले १-० ले नै हरायो ।



from Online Khabar https://ift.tt/3rK6JRp

No comments:

Post a Comment