Tuesday, January 25, 2022

पुरातत्व विभागले एक खरिदारलाई सेवाबाट हटायो

१२ माघ, काठमाडौं । पुरातत्व विभागले प्रदेश संग्रहालय पोखरामा कार्यरत एकजना खरिदारलाई सेवाबाट हटाएको छ ।

विभागले स्याङ्जा घर भएका खरिदार विशालबाबु डुम्रेलाई सेवाबाट हटाएको हो ।

बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित भएको कसुरमा उनलाई सेवाबाट हटाउने निर्णय गरिएको विभागले जनाएको छ ।

यही माघ ९ गते भएको विभागीय निर्णयको सूचना सार्वजनिक गर्दै विभागले उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।



from Online Khabar https://ift.tt/3fZDpks

No comments:

Post a Comment