Thursday, June 9, 2022

आँबुखैरेनीमा सडक भासियो, दुईतर्फी यातायात अवरुद्ध

२७ जेठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको छ ।

गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको छ ।

सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि सवारी साधनहरुलाई जताबाट आएको हो, त्यतैतर्फ फर्काइएको उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार कारसहित केही सवारी साधन मर्स्याङ्दी नदीमा खसेको अनुमान गरिएको छ । ट्राफिक प्रहरी प्रमुख गोकर्ण नेपालले भने, ‘गएरातिदेखि परेको अविरल वर्षाले सडक भासिएर नदीमा पुगेको छ । केही सवारी साधन पनि खसेको हुनसक्ने अनुमान गरिएको छ । तर मानवीय क्षति भएको छ कि छैन एकिनका साथ भन्न सकिन्न ।’



from Online Khabar https://ift.tt/N6belFH

No comments:

Post a Comment