Thursday, June 9, 2022

नेसन्स लिग : पोर्चुगल र स्पेन विजयी

२७ जेठ, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । लिग ‘ए’ को समूह ‘बी’ अन्तर्गत खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० ले हरायो ।

पोर्चुगलका लागि जाओ कान्सेलोले ३३औं र गोलनकालो गुएडेजले ३८औं मिनेटमा गोल गरे ।

दोस्रो जितपछि ३ खेलबाट ७ अंकसहित पोर्चुगल यस समूहमा शीर्ष स्थानमा छ । चेक रिपब्लिक ४ अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै स्पेनले पहिलो जित निकाल्ने क्रममा स्वीट्जरल्याण्डलाई १-० ले हरायो । यसअघि पोर्चुगल र स्वीट्जरल्याण्ड्सँग बराबरी खेलेको स्पेनलाई जित दिलाउन पाब्लो साराकियाले १३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितपछि स्पेन ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । लगातार तेस्रो हारपछि स्वीट्जरल्याण्ड अंकविहीन हुँदै पुछारमा छ ।



from Online Khabar https://ift.tt/HaMXqL5

No comments:

Post a Comment