Tuesday, November 15, 2022

जिओफ हर्स्ट : विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एक्लो खेलाडी

२९ कात्तिक, काठमाडौं । विश्वकप फुटबलको फाइनलमा अहिलेसम्म एकपटक मात्र ह्याट्रिक भएको छ । त्यो पनि विवादबाट टाढा हुन भने सकेन ।

इंग्ल्याण्डका सर जिओफ हर्स्ट फिफा विश्वकप फाइनलमा गोल गर्ने एक्लो खेलाडी हुन् । फुटबलको जननी मानिने इंग्ल्याण्डले सन् १९६६ मा पहिलो पटक विश्वकप जित्यो । जुन इंग्लयाण्डले जितेके अहिलेसम्मकै एक मात्र विश्वकप पनि हो ।

त्यही विश्वकप फाइनलमै हो इंग्ल्याण्डका हर्स्टले ह्याट्रिक गरेको । त्यसपछि विश्वकप फाइनलमा अर्को ह्याट्रिक पनि भएको छैन ।

लण्डनको वेम्लीमा भएको उक्त फाइनलमा घरेलु टोली इंग्ल्याण्डले फाइनलमा पश्चिम जर्मनीलाई ४-२ ले हराएर उपाधि जितेको थियो । अतिरिक्त समयमा पुगेका उक्त फाइनलमा हर्स्टले ह्याट्रिक गरे ।

निर्धारित समयमा २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुग्यो । जहाँ हर्स्टले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे अनी इंग्ल्याण्डलाई च्याम्पियन बनाए । उक्त विश्वकपमा हर्स्टले जम्मा चार गोल गरे ।

फाइनलमा ह्याट्रिक गर्नुअघि उनले क्वाटरफाइनलमा अर्जेन्टिनालाई १-० ले हराउँदा पनि निर्णायक गोल गरेका थिए ।

फाइनलमा हर्स्टले १८औं मिनेटमा पहिलो गोल गरेका थिए । उनले अतिरिक्त समयमा १०१औं र १२०औं मिनेटमा गोल गरे । तर हर्स्टको दोस्रो तथा इंग्लयाण्डले गरेको तेस्रो गोल भने विवादित बन्यो ।

विश्वकप फाइनलमा भएको त्यो अहिलेसम्मकै विवादित गोल हो । हर्स्टको प्रहार क्रसबारेमा लागेर तल जर्दै गोल लाइनमा ठोकिएको थियो । तर त्यो बल गोल थियो थिएन दशकौँ लामो बहस बन्यो ।

अहिले इंग्ल्याण्ड अर्को विश्वकप उपाधिको खोजीमा छ भने फाइनलमा ह्याट्रिक गर्ने खेलाडी अर्को बन्नेछन् भन्ने पनि चासो छ ।

विश्व पुटबलका दुई सुपर स्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी जस्ता खेलाडी हुँदा पनि विश्वकप फुटबलको फाइनलमा ह्याट्रिक हुन सकेको छैन ।

 



from Online Khabar https://ift.tt/Ds5hKGx

No comments:

Post a Comment