२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री बालकृष्ण खाँणलाई चुनावमा सघाउने सर्तमा एक व्यवसायीलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवार बनाउने लिखित सहमति जनाएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाँणलाई चुनाव सघाउने सर्तमा गल्लामण्डी निवासी व्यवसायी कृष्णप्रसाद शर्मालाई सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।
यो लिखित सहमतिमा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण र व्यवसायी कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । रोहबरको रुपमा इस्तियाक अहमद खानले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् ।
सहमति पत्रमा लेखिएको छ, ‘२०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा बालकृष्ण खाँणलाई जिताउन कृष्ण प्रसाद शमाएको तर्फबाट कुनै कसर नराखी सम्पूर्ण रुपमा सहयोग पुराउने । कृष्ण प्रसाद शर्माले पुराएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर पालिकामा मेयर पदको लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनाउने ।’
गृहमन्त्री खाँणविरुद्ध राप्रपाका दीपक बोहरा उम्मेदवार छन् । बोहरालाई नेकपा एमालेले समर्थन गरेको छ ।
from Online Khabar https://ift.tt/IZvmNSq
No comments:
Post a Comment