Tuesday, November 8, 2022

मध्यराति डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

२३ कात्तिक, धनगढी । डाेटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ ।    पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।  गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ ।  उनीहरुको सनाखत हुन बाँकी छ ।  अन्य घाइतेको उद्दार गरिएको  अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ ।

यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे।



from Online Khabar https://ift.tt/InkOiWp

No comments:

Post a Comment