Wednesday, November 23, 2022

प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्य निर्वाचित

८ मंसिर, सल्यान । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

३५ हजार ७०० मतसहित ज्वाला निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत पाएका छन् । ज्वाला र शाहबीचको मत अन्तर १५ हजार ९११ छ ।

एमालेका उमेदवार राजेन्द्रवीर रायले तेस्रो स्थानमा रहे । उनले १३ हजार २९ मत पाएका छन् ।



from Online Khabar https://ift.tt/o2NF7t5

No comments:

Post a Comment