Thursday, November 24, 2022

झिनो मतान्तरले चुनाव जित्दै फेरि सांसद बने बसन्त नेम्वाङ

९ मंसिर, पाँचथर । पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ फेरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् ।

नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत पाए । झिनो मतान्तरले निर्वाचित नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद थिए ।



from Online Khabar https://ift.tt/97jiOub

No comments:

Post a Comment