Sunday, November 13, 2022

फिफा विश्वकपका लागि इरानको टिम घोषणा

२८ कात्तिक, काठमाडौं ।कतारमा अर्को सातादेखि सुरु हुने फिफा विश्वकपका लागि एसियाली राष्ट्र इरानले टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक कार्लोस क्विरेजले आइतबार अन्तिम टोली घोषणा गरेको इरान फुटबल संघले जनाएको छ ।

विश्वककमा अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउने नियम भएपनि इरानले २५ जनाको टोली घोषणा गरेको हो ।

समूह बी मा रहेको इरानले नोभेम्बर २१ मा इंग्ल्याण्डसँग खेल्दै विश्वकप सुरुआत गर्नेछ ।

इरानी टोली

गोलकिपर : अलिरेजा बेइरानभाड, अमिर बदेदजादेह, होसेन होसेइनी, पायम निएजमान्ड

डिफेण्डर : एहसान हाजासाफी, मोर्तेजा पाउरालिगान्जी, रामिन रेजाइन, मिलद मोहम्मदी, होसेन कानाजिजादेगन, शोजाई खालीजादेह, सादेघ मोहरामी, रोउजबेह चेस्मी, मजिद होसेनी, अबोलफजल जाली

मिडफिल्डर : भहिद अमिरी, अलिरेजा जाहानबाख्स, साइद एजातोलाही, मेहदी तोराबी, सामान घोडोस, अली घोलिजादेह, अहमद नोउरोलाही, हलि करिमी

फरवार्ड : करिम अन्सारिफार्द, सर्दार अजमोन, मेहदी तारेमी



from Online Khabar https://ift.tt/jv0CRSb

No comments:

Post a Comment