Wednesday, November 30, 2022

स्याङ्जा-२ मा एमालेकी पद्मा अर्यालको अग्रता, पछ्याउँदै गुरुङ

१५ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर-२ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार अर्यालले नेपाली कांग्रेसका धनराज गुरुङलाई पछि पारेकी हुन् ।

अर्यालले २ हजार ३०४ मत ल्याउँदा गुरूङले १ हजार ७०३ मत ल्याएर पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले ३९९ मत ल्याएका छन् । मतदान भएको १० दिनपछि बुधबार रातिदेखि मतगणना सुरु भएको हो ।

चापाकोटका ४ वटा बुथमा कांग्रेसले एकलौटी बुथ कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।



from Online Khabar https://ift.tt/lANIZuy

No comments:

Post a Comment