Friday, November 25, 2022

सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित

१० मंसिर, सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् ।

चौधरीले २३ हजार ४९१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मत पाए ।

निर्वाचित भएका चौधरी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएपछि २०७४ को निर्वाचनमा दोस्रोपटक विजयी भएका थिए ।



from Online Khabar https://ift.tt/pCRX9Og

No comments:

Post a Comment