Friday, June 2, 2023

काठमाडौं सहर, साइकलमा सरर (तस्वीरहरू)

२० जेठ, काठमाडौं । आज बिहानै काठमाडौंमा सामूहिक रुपमा साइकल यात्रा गरिएको छ ।

नेपालमा साइकलसम्बन्धी कानुन निर्माण गर्न र साइकल चलाउन व्यवस्थित वातावरण बनाउनका लागि दबाब दिन साइकल दौड तथा भेला गरिएको हो ।

विभिन्न १२ संघ संस्थाको आयोजनामा भएको दौडमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना सुरुदेखि अन्त्यसम्मै सहभागी भएकी थिइन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट सुरु भएको साइकल यात्रा बल्खु हुँदै एकान्तकुना जावलाखेल-पुल्चोक-थापाथली हुँदै तीनकुने-शहीदगेट, सुन्धाराबाट दरबारमार्गमा टुंगिएको थियो ।

यात्रापछि दरबारमार्गमा भएको भेलामा साइकलका सामानहरु वितरणसमेत गरिएको थियो ।

यो अभियानले साइकल सञ्चालन व्यवस्थापनमा सरकारको ध्यानाकर्षण हुने आयोजकमध्येका एक तारालाल श्रेष्ठले जानकारी दिए ।



from Online Khabar https://ift.tt/WRFQcH3

No comments:

Post a Comment