Sunday, January 2, 2022

माओवादी केन्द्रको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना

१९ पुस, विराटनगर । माओवादी केन्द्रको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना परेका छन् । आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा ३२ जना निर्वाचित भएका हुन् । केन्द्रीय कमिटीमा परेका ३२ मध्ये १० जना नयाँ छन् । २२ जना पुरानै हुन् ।

केन्द्रीय कमिटीमा प्रदेश १ बाट गीता तिम्सिना (मोरङ), ममता ताजपुरिया (मोरङ), अमनलाल मोदी, धनमायाँ बिक (धनकुटा), सुरेन्द्र मेहता (सुनसरी), सिता थेबे (पाँचथर), मणि खम्बु (उदयपुर), चम्पा कार्की (ओखलढुंगा), लक्ष्मी न्यौपाने (झापा) होमकुमारी खापुङ पहिलो पटक अटाएका हुन् ।

खसआर्य युवा महिला कोटामा मोरङकी तिम्सिना, मधेशी युवा कोटामा मेहता, जनजाति महिला कोटामा ताजपुरिया, जनजाति कोटामा पाँचथरकी सीता थेबे, होमकुमारी खापुङ र उदयपुरकी मणी खम्बू केन्द्रीय सदस्य बनेका छन् ।

थारु युवाबाट मोरङका अमनलाल मोदी, घाइते अपाङ्ग कोटाबाट ओखलढुंगाकी चम्पा कार्की, खसआर्य महिला कोटाबाट झापाकी लक्ष्मी न्यौपाने र दलित महिला कोटाबाट धनकुटाकी धनमाया वि.क. केन्द्रीय सदस्य बनेका छन् ।

सुरेन्द्रकुमार कार्की, सावित्रीकुमार काफ्ले, सुरेश राई, पदम राई, राजेन्द्र कार्की, सुदन किराँती, किरण राई, एकचन्द्र बराल, हेमराज भण्डारी, शिवकुमार बस्नेत र गोपी अछामी खुलातर्फबाट केन्द्रीय सदस्य बनेका छन् ।

प्रदेश १ बाट खसआर्य कोटाबाट धिरेन्द्र शर्मा, धर्मशीला चापागाई, समिता कार्की, खसआर्य युवाबाट दुर्गा चापागाईं, मधेशी कोटाबाट शिवकुमार मण्डल, जनजाति कोटाबाट अजम्बर राई, रामकुमार राई, जनजाति युवा कोटाबाट इन्द्रबहादुर आङ्बो र हेमकुमार राई केन्द्रीय कमिटीमा परेका छन् । जनजाति महिलातर्फबाट दुर्गाजयन्ती राई र थारु महिला कोटाबाट रामकुमारी चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

माओवादीको विधान अनुसार केन्द्रीय समिति २९९ सदस्यीय छ । तर आठौं राष्ट्रिय महाधिवेशनले खुलातर्फ १११ र समानुपातिक १२५ जना केन्द्रीय सदस्यहरुको नाम मात्र सर्वसम्मतिले पास गरेको छ । बाँकी ६३ जना र विधानले थप गर्न मिल्ने १५ प्रतिशत केन्द्रीय सदस्य चयन गर्नै बाँकी छ ।



from Online Khabar https://ift.tt/32J3qlc

No comments:

Post a Comment