Tuesday, January 11, 2022

सुन र चाँदीको मूल्य बढ्यो

२८ पुस, काठमाडौं । बुधबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँमा बढ्दा चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

आज छापावल सुनको मूल्य तालोमा ९२ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावल र तेजावी सुन क्रमश ९१ हजार ६०० र ९१ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो । आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँ प्रतितोलाबाट बढेर १२ सय ३५ रुपैयाँ मूल्य कामय भएको छ ।



from Online Khabar https://ift.tt/3tiAPxX

No comments:

Post a Comment