Saturday, January 8, 2022

एमाले कपिलवस्तु अध्यक्षमा शर्मा विजयी, यसरी उल्टियो सचिवको मतपरिणाम

२५ पुस, बुटवल । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मत ल्याउँदै शर्मा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धीद्वय बाबुराम खनालले १८६ र नेत्र अधिकारीले १ सय मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु निर्वाचित भएका छन् । थारुले ३ सय ४५ मत प्राप्त गर्दा प्रतिस्पर्धी हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गरे ।

उल्टियो सचिवको मतपरिणाम

सचिवमा १७८ मतसहित चन्द्रबहादुर (सीबी) गहतराज विजयी भएका छन् । प्रतिस्पर्धी विश्व कार्कीले १७६ मत पाए ।

सचिवमा शुरुमा कार्कीलाई ५ मत अन्तरले विजयी घोषणा गरिएको थियो तर गहतराजले पुनः गणनाको माग गर्दा कार्की पराजित भएका हुन् ।

सचिवका अर्का प्रतिस्पर्धी भेषराज पाण्डेले १ सय ६० मत प्राप्त गरेका छन् । यस्तै उपसचिव खुल्लामा अर्जुन केसी र महिला उपसचिवमा सुशीला दर्लामी सर्वसम्मत निर्वाचित भएका छन् ।



from Online Khabar https://ift.tt/3q6MZI5

No comments:

Post a Comment