Monday, January 3, 2022

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

२० पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकको ७ हजार १०३ कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा ल्याएको हो ।

बैंककी संस्थापक शेयरधनी रीता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेस गर्न सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुने नसेकेमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गरिने जानकारीसमेत बैंकले दिएको छ ।



from Online Khabar https://ift.tt/347LDnZ

No comments:

Post a Comment