Thursday, January 6, 2022

दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हरायो

२३ पुस, काठमाडौं । दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हराएको छ ।

यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुने छ । पहिलो टेष्ट भारतले जितेको थियो ।

जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको चुनौती दिएको थियो । कप्तान डिन एल्गरको अभिजित ९६ रनको मद्दतमा दक्षिण अफ्रिकाले सहज जित निकाल्यो ।

भारतले पहिलो पारीमा २०२ र दक्षिण अफ्रिकाले २२९ रन बनाएका थिए । दोस्रो पारीमा भारतीय टोलीले २६६ रन बनाएको थियो । भारतका नियमित कप्तान बिराट कोहली खेलेका थिएनन् । भारतको कप्तानी केएल राहुलले गरेका थिए ।



from Online Khabar https://ift.tt/3zylwlL

No comments:

Post a Comment