Monday, January 3, 2022

नेपाल एसबीआई बैंकको लाभांश आज पारित हुँदै

२० पुस, काठमाडौं । नेपाल एसबिआई बैंकले घोषणा गरेको लाभांश आज मंगलबार पारित हुँदै छ । बैंकको मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने २८ औं वार्षिक साधारण सभाले घोषित लाभांश पारित गर्नेछ ।

बैंकले ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको थियो । साधारणसभाले त्यसैगरी आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पुस ६ गतेसम्म कायम शेयरधनीले बैंकले घोषणा गरेको लाभांश पाउनेछन् ।



from Online Khabar https://ift.tt/3mTTZ9p

No comments:

Post a Comment