Tuesday, January 11, 2022

उत्तर कोरियाको दाबी– किम जोङको निगरानीमा हाइपरसोनिक मिसाइल परीक्षण

२८ पुस, काठमाडौं । उत्तर कोरियाले देशको सुप्रिम लिडर किम जोङ उनको निगरानीमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ ।

सरकारी समाचार एजेन्सी केसिएनलका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको थियो र यो मिसाइल एक हजार किलोमिटर टाढा सही लक्ष्यमा खसेको थियो ।

किम जोङ उनले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा गरेको भाषणपछि उत्तर कोरियाले एक हप्ताभित्र दुई वटा मिसाइल परीक्षण गरेको थियो । पछिल्लो पटक मंगलबार परीक्षण गरिएको थियो ।

दुबै मिसाइल परीक्षण गरिएको जानकारी सबैभन्दा पहिलो दक्षिण कोरिया र जापानले पत्ता लगाएका थिए । त्यसपछि मात्रै उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले मिसाइल परीक्षण गरिएको जानकारी दिएको थियो ।

यी मिसाइल उत्तर कोरिायाको जमिनबाट समुद्रतर्फ प्रहार गरिएको थियो । उत्तर कोरियाले परीक्षण गरेको हाइपर सोनिक मिसाइल ब्यालेस्टिक मिसाइलको तुलनामा राडारको नजरबाट जोगिने बताइन्छ ।



from Online Khabar https://ift.tt/3K3iXgl

No comments:

Post a Comment