Monday, January 3, 2022

कोलम्बियाका २ विद्रोही समूहबीच झडप हुँदा १६ जनाको मृत्यु

२० पुष, काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा दुई वटा विद्रोही समूहबीच भएको हिंसात्मक झडपमा परी कम्तिमा १६ जनाको ज्यान गएको छ ।

भेनेजुएलासँगको सिमाना नजिकै झडप हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका हुन् ।

कोलम्बियाको पूर्वी क्षेत्रमा अवस्थित अराउका नगरमा आइतबार भएको झडपमा मारिनेमध्ये अधिकांश फार्क र इएलएनका सदस्य रहेको अज जजिराले जनाएको छ ।

कोलम्बियाको राष्ट्रपति कार्यालयले आइतबार भएको हिंसात्मक झडपमा मारिनेको आधिकारिक विवरण सार्वजनिक गरेको छैन । तर अराउकामा मानव अधिकारसम्बन्धी मामिला हेर्ने सरकारी अधिकारी युआन कार्लोस भिलाटेले एक स्थानीय रेडियो स्टेशनसँग कुरा गर्दै मृतकको संख्या ५० पुग्न सक्ने बताएका छन् ।

फार्क र इएलएन दुवै कम्युनिस्ट विद्रोही समूह हुन् । सन् २०१६ मा सरकारसँग शान्ति सम्झौता भएपछि फार्कले हतियार बिसाइसकेको छ भने इएलएनले सशस्त्र संघर्ष जारी राखेको छ ।

तर सरकारसँग भएको शान्ति सम्झौता अस्वीकार गर्दै आएका फार्कका केही सदस्यले २०१८ मा पुन: हतियार उठाउने घोषणा गरेका थिए । सोही असन्तुष्ट समूहसँग आइतबार इएलएनको भिडन्त भएको हो ।



from Online Khabar https://ift.tt/3eMUH3J

No comments:

Post a Comment