Saturday, March 5, 2022

संसदमा एउटामात्र सम्भावित कार्यसूची, सभामुखले बोलाए कार्य व्यवस्थाको बैठक

२२ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ ।

बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

संसद सचिवालयले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख छ ।

कार्य व्यवस्थाको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिने भएकाले सम्भावित कार्यसूची संशोधन पनि हुनसक्छ ।



from Online Khabar https://ift.tt/t3HP7jM

No comments:

Post a Comment