Friday, March 25, 2022

भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१२ चैत, काठमाडौं । भक्तपुरमा बसले मोटरसाइकललाई  ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेका छन् ।

भक्तपुर नगरपालिका-१ सिर्जनानगरमा राधेराधेबाछ सल्लाघारी आउँदै गरेको  बा४ख २००१ नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदे ३-०२-००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक तिमिल्सिनाको उपचारको क्रममा शुक्रबार राति साढे ८ बजे डा.इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको भक्तपुर  प्रहरी परिसरले जनाएको छ ।

बस चालक भने फरार रहेको र खोजतलास भइरहेको भनाइ छ ।

 



from Online Khabar https://ift.tt/ji0YApL

No comments:

Post a Comment