Tuesday, March 15, 2022

विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै

२ चैत, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ ।

नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

यसअघि नेपालले  श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो ।

लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म हुनेछ ।



from Online Khabar https://ift.tt/5cpZH9z

No comments:

Post a Comment