Friday, March 25, 2022

नेपाल र पीएनजी बीच आज दोस्रो खेल हुँदै

१२ चैत, काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।

नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एकदिवसीय खेल खेलिरहेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो । केही कीर्तिमानसहित जितउन्मुख भए पनि नेपाल पीएनजीसँग ६ रनल पराजित भयो । नेपालका रोहित पैडेलले शतक प्रहार गरे पनि हारले उनको शतक फिक्का बनेको थियो ।

आजको खेल पनि बिहान ९:३० बजे सुरु हुनेछ । यो दुई खेलको एकदिवसीय शृङखलामा नेपाली नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले युवा खेलाडीलाई अवसर दिएका छन् ।



from Online Khabar https://ift.tt/siFTMRW

No comments:

Post a Comment