Wednesday, March 23, 2022

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या

१० चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएको छ । प्राविधिक समस्याका कारण बिहान करिब आधा घण्टासम्म उडान अवतरण प्रभावित भएको थियो ।

आज बिहान ६ बजेदेखि नै उपकरणमा समस्या देखिएपछि विमानस्थल कार्यालयले नोटाम जारी गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले वैकल्पिक व्यवस्था गरी उपकरण अहिले चालु राखेको र केहीबेरमा नोटाम खारेज हुने बताए । ‘राडारमा हल्का समस्या देखिएको थियो । अहिले त्यो ठीक भइसक्यो । तर सावधानी अपनाएर काम गरिराखेका छौं,’ ठाकुरले भने । वैकल्पिक व्यवस्था तत्कालै गरिएकाले फ्लाइट भने नरोकिएको उनले दाबी गरे ।

विमानस्थलमा पुराना उपकरणले काम चलाउनुपर्ने भएकाले बेलाबेलामा समस्या आउने गरेको छ ।



from Online Khabar https://ift.tt/vkTjUed

No comments:

Post a Comment