Wednesday, March 16, 2022

स्वास्थ्य मापदण्ड पालना गरी होली मनाउन प्रधानमन्त्रीको आग्रह

३ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै मर्यादितरूपमा होली पर्व मनाउन सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

फागु पूर्णिमा (होली) को अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को संक्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेकाले स्वास्थ्य मापदण्ड पालना गर्न र अरुलाई अवरोध नपुग्ने गरी होली मनाउन आग्रह गरेका हुन् ।

साथै उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

उहाँले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको उल्लेख गरेका छन् ।

फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ । होलीको अवसरमा आज हिमाली र पहाडी जिल्लामा सरकारले सार्वजनिक विदा दिएको छ ।



from Online Khabar https://ift.tt/yqafJGr

No comments:

Post a Comment