Friday, March 18, 2022

आफैंले ढालेको रुखले किच्दा मृत्यु

५ चैत, ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-१ निघुरादिनमा आज रुखले किचेर एकजनाको मृत्यु भएको छ । दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोही ठाउँका तुलसी भनिने भीमप्रसाद रम्तेलको मृत्यु भएको हो ।

रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन् । रम्तेलको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ।



from Online Khabar https://ift.tt/0t1eXxG

No comments:

Post a Comment