Saturday, March 19, 2022

लिमीवासीले निर्वाचन अघि नै चुने वडा अध्यक्ष र सदस्य

६ चैत, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाका स्थानीयले निर्वाचन अगाडि नै वडा अध्यक्ष र सदस्यहरु चुनेका छन् । जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडा अध्यक्ष र सदस्यहरु चुनेका हुन् ।

वडा अध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । उनी नेपाली कांग्रेसका हुन् । सदस्यहरुमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा)ले जानकारी दिए ।

उनका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरुको मात्रै मनोनयन दर्ता हुने छ र उनीहरूलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । ‘गाउँलेहरुको भेलाले वडा अध्यक्ष र सदस्यहरु चुने र अब त्यसलाई प्रक्रिया पुर्याएर औपचारिकता दिन बाँकी छ,’ गाउँपालिका अध्यक्ष लामाले भने । उनका अनुसार अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो ।

अब आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको लागि मात्र मतदान हुने गाउँपालिका अध्यक्ष तामाङले बताए ।



from Online Khabar https://ift.tt/GzmjwXa

No comments:

Post a Comment