Friday, March 18, 2022

रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हु्ँदा १ जनाको मृत्यु

५ चैत, दाङ । रुकुम(पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका-१२ को गर्खानीमा रा१च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ ।

मृतकको भने परिचय खुलेको छैन । घाइते भएका ती पुरुषलाई रुकुमकोट अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते एक जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुवैको रुकुम(पूर्व) अस्पततालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

शुक्रबार भएको दुर्घटनामा ट्याक्टर सडकबाट साढे ३०० मिटर तल खसेको थियो ।



from Online Khabar https://ift.tt/BvX8KJi

No comments:

Post a Comment