१४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेका छन् ।
आइतबार राति भएको खेलमा पन्जाबलले बैंलोरमाथि ५ विकेटको जित हात पार्यो । बैंलोरले दिएको २०६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३/४३ रन बनाए । त्यस्तै कप्तान मयंक अग्रवालले ३२ रन,ओडेन स्मिथले २५, सारुख खानले २४ रनको योगदान गरे ।
बैंग्लोरका मोहमद सिराजले दुई, आकाश दीप, वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले एक/एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको बैंलोरले पूरै २० ओभर खेल्दै २ विकेटको क्षतिमा २०५ रन बनाएको थियो ।
बैंग्लोरका कप्तान फाफ डू प्लेसिसले सर्वाधिक ८८ रनको योगदान गरे भने विराट कोहलीले ४१ रन बनाए । दिनेश कार्तिक ३२ र अनुज रावतले २१ को योगदान गरे ।
पन्जाबका लागि अर्शदीप सिंह र राहुल चहारले एक/एक विकेट लिए ।
यस्तै यसअघि भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेको छ । दिल्लीले ४ विकेटको जित हात पारेको हो ।
१७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
दिल्लीका लागि ललित यादवले अविजित ४८ रन, अक्षर पटेलले अविजित ३८ रन, पृथ्वी शले ३८ र शार्दुल ठाकुरले २२ रन जोडे ।
मुम्बईका बासिल थाम्पीले ३ र मुरुगान आश्विनले २ विकेट लिए।
पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभर खेल्दै ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।
मुम्बईका इशान किशनले अविजित ८१ रन बनाए । कप्तान रोहित शर्माले ४१, तिलक वर्माले २२ र टिम डाभिडले १२ रन बनाए ।
दिल्लीका कुलदिप यादवले ३ र खलिल अहमेदले २ विकेट लिए।
from Online Khabar https://ift.tt/dgGESY6
No comments:
Post a Comment