Monday, March 21, 2022

गिरिजाप्रसाद कोइरालाको सम्झनामा दीप प्रज्वलन

८ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघले शान्तिबाटिकामा दीप प्रज्वलन गरी गिरिजाप्रसाद कोइरालाको सम्झना गरेको छ ।

१२औं स्मृति दिवसको अवसरमा सोमबार साँझ जनप्रशासन क्याम्पसका विद्यार्थीको आयोजनामा दीप प्रज्वलन गरिएको नेविसंघका निवर्तमान महामन्त्री दीपक भट्टराईले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले गिरिजाको स्मरण गर्दै उनले जीवनभर संघर्ष गरेको बताए ।

सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्ति प्रकि्रयामा ल्याउने र राजतन्त्र हटाएर गणतन्त्र ल्याउने महत्वपूर्ण काम गिरिजाले गरेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, संखुवासभाका सभापति दीपक खड्का, नेविसंघकी निवर्तमान उपाध्यक्ष उर्मिला थपलियालगायतको उपस्थिति रहेको थियो ।



from Online Khabar https://ift.tt/K0xyqil

No comments:

Post a Comment