Monday, March 7, 2022

परराष्ट्रमन्त्री खड्का टर्की जाँदै

२४ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की जाँदैछन् । यही मार्च ११-१३ मा आयोजना हुने अन्टाल्या कूटनीति मञ्च (एडीएफ)मा सहभागी हुन उनी टर्की जान लागेका हुन् ।

कार्यक्रममा ५० भन्दा बढी परारष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागिता रहने छ । ‘रिकोडिङ डिप्लोमेसी’ नाम दिइएको यस वर्षको फोरममा मन्त्री खड्काले ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘एशिया नयाँ : दिगो क्षेत्रीय विकासको लागि’ भन्ने विषयमा हुने छलफलमा भाग लिने छन् ।

फोरमको साइडलाइन वार्ताको क्रममा मन्त्री खड्काले टर्कीका समकक्षी र अन्य देशका विदेशमन्त्रीहरुसँग पनि दुईपक्षीय भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि ९ मार्चमा मन्त्री खड्काले टर्कीका अधिकारी, गैरआवासीय नेपाली र इस्तानबुलमा रहेका नेपाली उद्यमीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ । उनले इकोनोमिक चेम्बर्सिन इस्तानबुल र अन्टाल्याका सदस्यहरुसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।



from Online Khabar https://ift.tt/dAvp3jR

No comments:

Post a Comment