Sunday, March 13, 2022

नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर विजयी

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्।

दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार बंशलाल तामाङलाई पराजित गरेका हुन् । जम्मा १७८७ म खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याए।उनका प्रतिस्पर्धी तामाङले ८४८ मत पाए ।

लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन् । पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुन्।

पहिलो चरणको मतदानमा डा. प्रेमध्वज लामा तेस्रो स्थानको मत ल्याई निर्वाचनबाट बाहिरिएका थिए। उनी पनि संस्थापन पक्षकै उम्मेदवार थिए ।

सभापतिका तीन उम्मेदवारले पहिलो चरणको मतदानमा ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो।



from Online Khabar https://ift.tt/lfIr62w

No comments:

Post a Comment