Wednesday, March 9, 2022

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली (फोटो फिचर)

२६ फागुन, काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याइएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

आज बिहान ७:२७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन चैत ३ र ४ गते परेको छ । ३ गते हिमाली तथा पहाडी जिल्लामा र ४ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।



from Online Khabar https://ift.tt/olC9G8v

No comments:

Post a Comment