Wednesday, March 1, 2023

वुल्भसलाई पराजित गर्दै लिभरपुल चौथो स्थानमा उक्लियो

१८ फागुन, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा बुधबार राति वुल्भसलाई २-० ले पराजित गर्दै शीर्ष चारमा पर्ने सम्भावनलाई कायम राखेको छ ।

घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा लिभरपुलले दुवै गोल दोस्रो हाफको अन्तिम २० मिनेटमा गरेको थियो ।

भर्जिल भान डाइकले ७३औं मिनेटमा लिभरपुलका लागि पहिलो गोल गरे । त्यसपछि मोहमद सालहले ७७औ मिनेटमा दोस्रो गोल गरे ।

जितपछि २५ खेलबाट ३९ अंक जोडेको लिभरपुल छैटौं स्थानमा उक्लेको छ ।

यस जितपछि लिभरपुलले चौथो स्थानको सम्भावालाई बलियो बनाएको हो । चौथो स्थानकधो टोटनहम भन्दा लिभरपुल ६ अंकले पछि छ ।

वल्भस भने २५ खेलबाट २४ अंकसहित १५औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/vmieyQT

No comments:

Post a Comment