Thursday, February 29, 2024

सरकारले आन्दोलनरत गुठीपीडित किसानलाई वार्तामा बोलायो

१८ फागुन, काठमाडौं । सरकारले दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको छ । वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विहीबार एक विज्ञप्ति जारी गरी आन्दोलनका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको हो ।

स्वर्गद्वारी गुठीपीडित किसान सङ्घर्ष समितिबाट विगत केही दिनदेखि दाङको घोराहीमा भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिका सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख मालपोत अधिकृत, गुठी संस्थान र स्वर्गद्वारी आश्रमका एक–एकजना प्रतिनिधि रहेका छन् ।

समितिले आन्दोलनरत पक्षसँग वार्ता गर्नाका साथै समस्याको वस्तुस्थिति, यस विषयसँग सम्बन्धित सर्वोच्च अदालतबाट विगतमा भएको आदेश, सङ्घर्षरत पक्षको माग र अन्य सम्बद्ध पक्षसँगको छलफलका आधारमा विद्यमान समस्या समाधानका लागि कानुनसम्मत, व्यवहारिक र कार्यान्वयनयोग्य सुझाव प्रस्तुत गर्ने मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसान केही दिनदेखि आन्दोलनमा छन् । दाङमा आन्दोलन सुरु भएलगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीलाई समस्या समाधानका लागि अनुरोध गरेकी थिइन् । उनले गत मन्त्रिपरिषद्को बैठकमा पनि यो ‘एजेन्डा’ उठाएकी थिइन् ।

लगातारको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा भूमिसुधार मन्त्रालयले वार्ता समिति गठन गरेको र अब आन्दोलनरत पक्ष वार्तामा आएर समस्या समाधानमा लाग्नुपर्ने मन्त्री शर्माले बताइन् । आन्दोलन सुरु भएलगत्तै आफूले निरन्तर आन्दोलन पक्षका आवाज सुनिरहेको जानकारी दिँदै उनले प्रधानमन्त्री र विभागीयमन्त्रीसँगको लगातारको छलफलपछि वार्ताको वातावरण बनेको र अब वार्ताबाटै समस्या समाधान हुने विश्वास व्यक्त गरिन् । रासस



from Online Khabar https://ift.tt/E3L6SJP

राहत सामग्री कुरेका प्यालेस्टाइनीमाथि हमला, १०० भन्दा बढीको मृत्यु

१८ फागुन, काठमाडौं । उत्तरी गाजामा राहत सामग्रीको पर्खाइमा रहेका सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले राहत कुरिरहेका नागरिक मारिएको उल्लेख गरेको छ ।

प्यालेस्टिनी मिडियालाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले इजरायली सेनाले भीडमाथि गोली चलाउँदा २५० भन्दा बढी प्यालेस्टाइनी घाइते पनि भएको बताएको छ ।

मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ । यद्पि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।

बीबीसीका अनुसार इजरायली सेनाको एक स्रोतले सैनिकहरूले आफ्नो ज्यान खतरामा परेको महसुस गरेकाले गोली चलाएको बताएको छ ।

यद्यपि, इजरायली सेनाले जारी गरेको आधिकारिक सन्देशमा ट्रकले किचेर दर्जनौं मानिसको ज्यान गएको बताइएको छ ।

बीबीसीले गाजामा रहेका एक पत्रकारको हवाला दिंदै मानिसहरू सहायता सामग्री संकलन गर्न आएका बेला इजरायली ट्याङ्कहरूले उनीहरूमाथि गोली चलाएको बताएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडियोमा मृतकको शव राहत सामग्री बोकेका खाली ट्रक र गाडामा राखिएको देखाइएको छ।



from Online Khabar https://ift.tt/fP6BHYK

फेरी अभागी नेपाल, पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेता

१७ फागुन, काठमाडौं । नेपालले राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ ।

साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएपछि नेपाल उपविजेतामै समेटियो ।

जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

पेनाल्टीसुटआउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन् । अमृताको पेनाल्टी जोर्डनी किपरले बचाए । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो ।

खेलपछि नेपाली टोलीकी सदस्य दीपा शाहीले निर्धारित समयमा राम्रो खेलपनि पेनाल्टीमा पुगेर पराजित हुनुपरेको भन्दै भावुक बनेकी थिइन् । उनले सावित्रा भण्डारीलाई मिस गरेको बताइन् । ‘हामीले ९० मिनेटमा फाइट गर्‍यौँ राम्रो गर्‍यौँ । तर खेल पेनाल्टीमा गयो । हामीले साम्बा दिदीलाई मिस गर्‍यौँ । पेनाल्टी खेलको पार्ट हो र हामी पराजित भयौँ । सबै समर्थकलाई धन्यवाद ।’

नेपाली टिमका नियमित सदस्य तथा मुख्य गोलकर्ता सावित्रा भण्डारी क्लब ड्युटीका लागि फ्रान्स गएपछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरेका थिए । सावित्रासँगै अनिता बस्नेत र अनिता केसीको स्थानमा रश्मि कुमारी घिसिङ, दीपा शाही र सविता राना मगर पहिलो रोजाईँमा खेलेका थिए ।

प्रतियोगिताकै सर्वाधिक ९ गोल गरेकी सावित्रा नहुँदा नेपाली टिममा पनि त्यसको असर देखियो ।

केही समयअघि मात्रै फ्रेन्च क्लब इए गुइगाम्पमा अनुबन्ध हादै फ्रान्सको लिग खेल्ने पहिलो नेपाली फुटबलकरो इतिहास बनाएकी सावित्राले नेपाललाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले समूह चरणमा इराक विरुद्ध ह्याट्रिक सहित ५ गोल गरेकी थिइन् । सेमिफाइनलसम्म ४ खेल खेलेकी सावित्राले ९ गोल गरिसकेकी छन् र उनी सर्वाधिक गोलकर्तामा शीर्षमा छन् ।

सावित्रा नहुँदा नेपाली टोलीको कम्बिनेसन कस्तो होला? कसरी खेल्ला, उनको स्थान कसले लेला भनेर धेरै कौतुहलता थियो । तर सावित्रा नहुँदा टिममा पहिलो रोजाईँमा अवसर पाएका अन्य खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।

नेपालले सुरुमा अग्रता लिएको र पछि पर्दा पनि अन्तिम सममया गोल गर्दै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्‍याएको थियो । पेनाल्टीमा भने नेपाल भाग्यमानी बन्न सकेन र फेरि फाइनलमा पराजित भयो ।

पहिलो रोजाईँमा खेलेकी सविताले  आफूलाई प्रमाणित गर्दै २९औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको क्रस जोर्डनी खेलाडीले रोक्ने प्रयास गरेपनि सफल नहुँदा बक्स बाहिर सविता बल पाइन् र त्यसमा उनले सिधा प्रहार गर्दा जोर्डनी खेलाडीलाई लाग्दै गोलमा परिणत भयो ।

७३औं मिनेटमा लाना फेरासले जोर्डनको लागि बराबरी गोल गरिन् । ७५औं मिनेटमा जोर्डनले अर्को गोल गरेपनि सहायक रेफ्रीले अफसाइड झण्डा उठाएपछि नेपालको संकट टरेको थियो ।

८९औं मिनेटमा साराह अबु शाबाहले गोल गरेपछि जोर्डनले २-१ को अग्रता लियो । र जोर्डन जित नजिक पगेको थियो । तर इन्जुरी टाइमको पहिलो मिनेटमा जोर्डनी खेलाडीले बक्समा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पायो । त्यसमा गीता रानाले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याइन् ।

९० मिनेटपछि खेल सिधै पेनाल्टीसुटआउटमा गएको थियो । निर्धारित समयमा कडा फाइट गरेपनि पेनाल्टीसुटआउटमा नेपालले पराजित भयो ।

नेपालल महिला फुटबलमा फाइनलमा पराजित भएको यो ११औं पटक हो ।

यसअघि नेपालले विभिन्न प्रतियोगितामा गरी १० पटक फाइनल पुगेपनि सधैँ उपविजेतामै सिमित भएको थियो । जसमा नेपाल साफ महिला च्याम्पियनसिपमा ५ पटक फाइनल खेल्दा पाँचै पटक उपविजेता बनेको थियो । यस्तै दक्षिण एसियाली खेलकुद (साग)मा तीन पटक फाइनल पुग्दा पराजित भयो । यस बाहेक सन् २०१९ मा भारतमा भएको वुमन्स गोल्डकप कप र कीर्गिस्तानमा भएको नादेज्दा कपमा पनि फाइनल पुग्दै उपविजेताममै समेटिएको थियो ।



from Online Khabar https://ift.tt/5gCDY6j

Wednesday, February 28, 2024

काठमाडौं महानगरमा २ लाख करदाताले तिर्दैनन् नियमित कर

१७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ ।

महानगरपालिकामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ ।

लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसङ्गतरुपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब एक लाख करदाता रहेको छन् ।

त्यस्तै व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

उनका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउनका लागि यसै महिनादेखि कामपाको ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने तयारी कामपाको रहेको छ ।

कामपामा कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट पनि रु दुई अर्ब बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेले जानकारी दिए ।

उक्त रकम विगत १२ वर्षदेखिको रहेको कामपाको भनाइ छ । दर्ता गरेर पनि नियमअनुसार कर नतिरेका करदाताका लागि कामपाले चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म तिर्नुपर्ने रकममा केही छुट दिएको थियो ।

सोही अवधिमा दर्ता प्रक्रियामा रहेको केही करदाताले कर तिरेका भए पनि अझै धेरै करदाताले तिर्नका लागि आलटाल गरिरहेका छन् ।

दुई वर्षअघि पनि कामपाले २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो । उक्त समयमा घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तीर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ ।

चालु आवका लागि जम्मा रु दश अर्ब ८० करोड वार्षिक लक्ष्य लिएको कामपाले चालु आर्थिक महिनाको अवधि पार गरिसक्दा रु पाँच अर्ब ८० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ ।

चालु आवको अर्ध वार्षिक अवधिसम्म कामपाको राजस्व सङ्कलनको अवस्था राम्रो रहे पनि पछिल्लो माघ महिनामा कामपाको आम्दानी अन्य महिनाको तुलनामा घटेको छ ।



from Online Khabar https://ift.tt/2MQvAJ7

बेपत्ता युवक खोज्न सेती बाँध खोलिंदै, तल्लो तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह

१७ फागुन, पोखरा ।पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज सेती नदीको बाँध खोलिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले आज बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको जानकारी दिए ।

प्रहरीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन पनि आग्रह गरेको छ ।’उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ ।

सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन छन् ।

१४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको प्रहरीको भनाइ छ ।

पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा एकजना मृत फेला परेका थिए । मृत फेला पर्नेमा पोखरा १, कसेरी बस्ने ४० वर्षीय गंगा तामाङ छन् । सँगै माछा मार्न गएका तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।

यसअघि मंसिर २८ गते पनि मणिपाल शिक्षण अस्पतालमा उपचाररत एकजना युवक सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बाँध खोलिएको थियो । पछि उनी सेती नदीको नदीपुर क्षेत्रमा मृत फेला परेका थिए ।



from Online Khabar https://ift.tt/wsQcmVU

विराटनगरका होटल राति १२ बजेसम्म खोल्ने

१७ फागुन,विराटनगर । विराटनगर महानगरपालिका भित्रका होटल व्यवसाय सञ्चालनका लागि राति १२ बजेसम्मको समय तोकिएको छ ।

यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएको थियो । सरोकारवालाको बैठकले १२ बजेसम्म होटल व्यवसाय सञ्चालनका लागि समय तोकेको हो ।

विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।

व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि पटक-पटक महानगरलाई आग्रह गर्दै आएका थिए ।

व्यवसायीको गुनासो सम्बोधन गर्नका लागि महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखेको थियो ।

बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ ।

व्यवसायीको पीडा बुझेर महानगरले सरोकारवालाको बैठक राखी रात्रिकालीन व्यवसाय सञ्चालनको निर्णय गरिएको मेयर कोइरालाले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवर्द्धनका लागि सहयोग गर्ने बताए । रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा राज्यको करसमेत वृद्धि हुने महानगरले जनाएको छ ।



from Online Khabar https://ift.tt/eTSQtOu

Tuesday, February 27, 2024

बदलने वाले है Xiaomi के इन फोन के फीचर्स, कंपनी ने जारी किया सबसे बड़ा अपडेट!

शाओमी ने अपने ग्राहकों को बड़ी खुशखबरी दी है. कंपनी ने अपने मोबाइल फोन के लिए नया अपडेट पेश किया है, जिससे फोन के स्पेसिफिकेशंस में बदलाव.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/BJPnsiN

नेपालका साहित्यिक पुरस्कारहरूको चर्चै पनि कति हुन्छ र ?

लेखन र बोलाइमा स्पष्ट, आफ्नो समयदेखि पछिसम्म पनि लेखनको प्रभाव छाडेका नेपाली साहित्यका सामर्थ्यवान् साहित्यकार हुन् – जगदीश घिमिरे। उनीसँग मैले (ज्योतिश्री) पत्रिकाको लागि तीसको दशकमा अन्तर्वार्ता लिएको थिएँ। त्यो मेरो साहित्य लेखनको सुरुवातको समय थियो । साहित्यिक अन्तर्वार्ताहरु पढेर, अन्तर्वार्ता लिने फुरफुरले लिएको थिएँ। उनका केही रचना पढेको थिएँ र चिनाजानी भइसकेको थियो। त्यो अन्तर्वार्तामा मैले लिखित प्रश्न दिएर उत्तर लिएको थिएँ । आमनेसामने बसेर गरिएको प्रश्नोत्तर थिएन त्यो ।

त्यसपछि मैले सन् २०१० मा यौटा पुस्तकै बनाउने हेतुका साथ इमेलमा अन्तर्वार्ता लिने विचार गरें र प्रश्न पठाएँ। उनले जवाफ पठाए। त्यसको केही दिनमा संशोधित जवाफ पठाए। तेस्रोपल्ट पनि संशोधित जवाफ पठाए। अनि मलाई लाग्यो, यसरी त मेरो योजना सफल हुन्न। ५।५ प्रश्न पठाएर यो सिलसिला अघि बढाउने मेरो योजना थियो। तर उनको जवाफ संशोधनले मेरो उत्साह सेलायो। मैले दोस्रो किस्ताको प्रश्न पठाइनँ। उनले पनि कुनै खोजखबर गरेनन्। उनले शायद पछि बिर्सिए। मैले पनि बिर्सिएँ। तर अचानक उनको इमेलमा पहिलो किस्ताको ५ प्रश्नको जवाफ फेला पर्‍यो ।

हुनत उनी अस्वस्थ भएको वेला मैले फेरि अन्तर्वार्ताको सिलसिला सुरु गरेको थिएँ।  उनले जवाफ दिन थालेका थिए। तर किमो दिएको बेला भएकोले थप उत्तर दिन नसक्ने बताएर त्यो सिलसिला स्थगित भयो। त्यसको केही समयपछि त उनी गइहाले। त्यो अन्तर्वार्ता संभवतः उनीसँगको अन्तिम-अन्तिम अन्तर्वार्ता थियो कि १ त्यो चाहिं प्रकाशित भइसक्यो। अप्रकाशित बाँकी रहेको यो ५ प्रश्नको उत्तर पाठक, अध्येता र उनीप्रति रुचिराख्ने सबैका लागि प्रस्तुत छः

हालसालै एउटा पत्रिकामा तपाईंले बुद्धिसागरको कर्नाली ब्लुज पढ्दैछु भन्नुभएको थियो। तपाईंको पुस्ता र बुद्धिसागरको पुस्ता बीच हाम्रो पुस्ता छ। यस हिसाबले हेर्दा आफूभन्दा दोस्रो पुस्तापछिको नवीन पुस्ताका भाइले लेखेको उपन्यासलाई तपाईंको सटिक टिप्पणी गर्न सक्षम पाठक वा टिप्पणीकारले कुन रुपमा ग्रहण गर्योे ?

कविको रूपमा परिचित बुद्धिसागरको उपन्यास कर्नाली ब्लुज हालसालै आएका कतिपय उपन्यासभन्दा यथार्थपरक छ। भाषा सरल छ। शैली सरस छ। यसमा कर्नालीको आञ्चलिकताको पृष्ठभूमिमा एक निम्नवर्गीय-मध्यमवर्गीय परिवारको बालखकालदेखि किशोरावस्थासम्मको छोराले देखेको बाबुको संघर्षको कथा छ। समग्रमा यो राम्रो उपन्यास हो। छोटो अवधिमा यसबारे निकै टिप्पणीहरू आए। तीमध्ये नयनराज पाण्डेको कान्तिपुर मा छापिएको समीक्षासँग म बढी सहमत छु।

एउटा पुस्तक सफल हुने लक्षण के हो अनि यौटा लेखक सफल हुने उपाय ?

सफलताको मानक के हो ? बिक्री ?चर्चा ? ख्याति ?पुरस्कार ?  पाठकको श्रद्धा ?  समालोचकहरूको प्रशंसा रु पाठ्यक्रममा समावेश हुनु ? विद्यावारिधिको पात्र हुनु ?  राज्यबाट विदेशी निम्तामा मनोनयन हुनु ? पदप्राप्ति (एकेडेमी वा साझा जस्ता सरकारी संस्थामा)  ? अचेल बाक्लै हुने दल र सरकारका पदधारीहरूको चियापानमा निम्ता पाउनु ? प्रमुख आतिथ्य रु अथवा यी सबैको सम्मिश्रण ? हरेक मानकबारे लामै कुरा लेख बन्छ।

हरेक लेखक सफल हुन चाहन्छ। ऊ आफ्ना हरेक कृति सफल बनाउन चाहन्छ। सफलताको सरल सूत्र छैन। रेडिमेड सूत्रले हुने भए कुनै पनि कृति, लेखक वा व्यक्ति असफल हुने थिएन।

सफल लेखक हुनको लागि जीवन र जगतका आयामको अध्ययन, चिन्तन, मनन, अनुभव, अध्यावसाय र लेख्ने सीप त चाहिन्छ नै, परिस्थिति पनि अनुकूल हुनुपर्छ।

कुनै लेखकको कृति पुरस्कृत नभएर लेखकलाई के फरक पर्छ, बीपी कोइरालाका कुनै कृति पनि कहिल्यै पुरस्कृत भएनन् ?

फरक पर्छ। जस्तो अहिले तपाईंले नै त्यो कुरा उठाउनुभयो। फरक नपर्ने भए यो चर्चा आवश्यक हुने थिएन। बीपी कोइरालाले तपाईंको विचारमा पाउनुपर्ने पुरस्कार पाएको भए पनि तपाईं अर्को नपाएको स्रष्टाको नाम लिन सक्नुहुन्थ्यो। यस विवादको अन्त्य छैन। त्यो त्यस परिवेशको प्रतिष्ठित पुरस्कार हो भने त्यो पाएको र नपाएको भन्ने कुरा हुन्छ। नेपालमा मात्रै होइन संसारैमा कति पाउनै पर्ने व्यक्ति र कृतिले पुरस्कार पाएका हुँदैनन्। कति नपाउनु पर्नेले पनि पाएका हुन्छन्। महात्मा गान्धीले नोबेल शान्ति पुरस्कार पाएनन्, युद्धरत सरकार प्रमुख बेलायती प्रधानमन्त्री चर्चिलले पाए। पाउनुपर्नेले पाएन भने पनि र पाउनु नहुने पायो भने पनि पुरस्कार आलोचित हुन्छ। कुनै पनि पुरस्कार पूर्णतस् विवादरहित हुँदैन। पुरस्कारले कृति वा स्रष्टालाई सो पुरस्कारको औकात अनुरूप प्रतिष्ठित तुल्याउँछ जसका गुण र दोष दुवै हुन्छन्।

नेपालमा हाल विद्यमान पुरस्कार गुठीहरु अधिकांश लेखक वा कृतिलाई पुरस्कृत गर्नभन्दा गुठियारले आफूलाई चर्चामा ल्याउन र आफू केन्द्रविन्दुमा रहनका लागि स्थापना गरिएको आरोप लाग्ने गरेको विषयमा तपाईंको धारणा के हो ?

जो पनि चर्चा त चाहन्छ नै। लेखकले पनि चर्चामा आउन लेख्ने हो। समस्त कलाको मूल लक्ष्य आत्मप्रकाशन हो। लेखन कला हो। आत्मप्रकाशन नचाहने कलाकार हुँदैन। गुठियारले पैसा दान गरेर चर्चामा आउन चाहेकै हुन् भने पनि उनीहरूको चाहना स्वाभाविक हो।

मूल कुरा के हेर्नुपर्छ भने पुरस्कारको स्थापना र संचालन गर्नेहरुले संस्थाको घोषित लक्ष्य अनुरूप न्याय गरेका छन् कि छैनन् रु छन् भने उनीहरू जति चर्चामा आए पनि हुन्छ। जति केन्द्रविन्दुमा रहे पनि हुन्छ ।  नोबेल प्राइज विश्वव्यापी चर्चामा छ । न्याय गर्छ भने चर्चा हुँदैमा के बिग्रन्छ र ?

नेपालका साहित्यिक पुरस्कारहरूको चर्चै पनि कति हुन्छ र ? जीवा लामिछानेले केही वर्षदेखि आफ्नो गोजीबाट दिन थालेको पद्मश्री पुरस्कार हाल डेढ लाख रुपैयाँको छ। नेपाली साहित्यको लागि दिइने यो ठूलो पुरस्कार हो। यस वर्ष त्यसको वितरणको समाचारका लागि प्रमुख छापा र संचारहरूले एक दुई कालममा एक सय शब्दभन्दा बढी खर्च गरेनन् होला। हाम्रा संचारमाध्यमहरूको प्राथमिकतामा यस्ता कुरा पर्दैनन् । संचारमाध्यममा त्योभन्दा धेरै बढी चर्चा नोबेल पुरस्कार पाउनेहरूको भयो । हाम्रा संचारमाध्यमहरूको प्राथमिकतामा नेपालका प्रतिष्ठित साहित्यिक पुरस्कार र गतिविधिहरूभन्दा बढी साँढे जुधेको जस्ता कुरा पर्छन्।

हालै रोटरीले हरेक दुई वर्षमा दशलाख रुयैयाँ नेपालको सबभन्दा ठूलो धनराशिको पुरस्कारको घोषणा गरेको छ। ठूला छापाहरूले त्यसलाई खासै महत्व दिएनन् । यौटा छापा राजधानी दैनिकले मात्र केही महत्व दिएर छापेको पढें। गोपाल(कमला राजभण्डारी रोटरी अवार्डु नामक सो पुरस्कारको न्यायपूर्ण सम्पादन हुने हो भने त्यसका लगानीकर्ता, संस्थापक वा गुठियारहरू चर्चामा आउनु जाति नै हुन्छ।

कहिलेकाहीं तपाईंले लेख्न खोजेको विषयले भाषा वा शैली नभेटेको घटना व्यहोर्नुभएको छ, त्यस्तो वेलामा के गर्नुहुन्छ ?

सबै कला र तिनको माध्यमका सीमा हुन्छन्। शब्दका सीमा हुन्छन्। सबै विधाका सीमा हुन्छन्। भाषा र शैलीका पनि आफ्नै सीमा हुन्छन्। तिनको परिधिभित्र रहेर नै सिर्जना गर्ने हो। सक्षम लेखकले तिनको परिधि फराकिलो पनि पार्छ।



from Online Khabar https://ift.tt/9XKnu4f

प्रितीले अन्तिम मिनेटमा गोल गरेपछि नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग खेल्ने

१५ फागुन, काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवानोन विरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ ।

जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितीबाट पुनरागमन गरेको हो ।

खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गर्दै लेवानोनले अग्रता लिएको थियो । डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुादा नेपाल पछि परेको थियो ।

दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास गर्‍यो । ७६औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरिन् । सावित्राले रश्मी कुमारी घिसिङको पासमा गरेको प्रहार लेवानोनी गोलकिर लमिटाले रोकेपनि पूर्ण रुपमा क्लियर गर्न सकिनन् । रिबाउन्ड बल डिफेण्डर अमिनाले क्लियर गर्ने प्रयास गरेपनि सावित्राले चलाखीपूर्वक अघि बढ्दै गोल गरेकी हुन् ।

जारी प्रतियोगितामा नेपालले खेलेको चारै खेलमा गोल गरेकी सावित्राको यो नवौँ गोल हो । उनले पहिलो खेलमा सिरिया विरुद्ध १ गोल गरेकी थिइन् भने त्यसपछि इराक विरुद्ध ५ र प्यालेस्टाइन विरुद्ध २ गोल गरेकी थिइन् ।

निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् । ५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । कर्नर बल लेवानोनका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सिधै गोलमा परिणत भयो ।

पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपाल अब उपाधिबाट एक कदम मात्र टाढा छ । तर नेपालको अबको प्रतिद्वन्दी सर्वाधिक ५ पटकको विजेता तथा साविक विजेता जोर्डन छ ।

फाइनल पुगेपछि नेपालकी फरवार्ड सावित्रा भण्डारीले मैदानका कारण पहिलो हाफमा राम्रो खेल्न नसकेको बताइन् ।  ‘पहिलो हाफमा मैदानमा एडजस्ट हुन सकेनौँ र बल कन्ट्रो गर्न सकेन । पहिलो हाफमा केही कठिन भयो र दोस्रो हाफमा शतप्रतिशत दियौँ र नतिजा निकाल्न सफल भयौँ ।’ उनले जोर्डन बलियो टिम भएको र नतिजाका लागि फाइट गर्ने बताइन् । उनले विपक्षीलाई सम्मान गर्दै खेल्ने बताइन् ।

यस्तै गोलकर्ता प्रितीले पनि पहिलो हाफमा खेल्न कठिन भएको र दोस्रो हाफमा खेल्न सहज भएको र नतिजा आएको बताइन् । यस्तै प्रितिले आफ्नो गोल फिजियो नविनालाई समर्पण गर्ने पनि बताइन् । आफ्नो कठिन समयमा नविनाले धेरै सहयोग गरेको प्रितिले बताइन् ।

नेपाल र जोर्डनबीचको फाइनल खेल बिहीबार हुनेछ ।



from Online Khabar https://ift.tt/oL9EJTA

Monday, February 26, 2024

अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना   

१५ फागुन, काठमाडौं । नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रुपमा सम्झिने गायन, सङ्गीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने ।

तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उनले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुनेका थिए । उक्त सपना अहिलेसम्म पूरा हुन सकेन ।

 उनको ८६औं जन्मजयन्ती मनाइरहँदा सङ्गीत साधकहरुले त्यही कुरालाई घच्घचयाइरहेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले उनको जन्मजयन्तीका अवसरमा सोमबार उनको सम्मानमा वरिष्ठ सङ्गीतकर्मीबीच काठमाडौंमा अन्तरक्रिया गरी स्मरण गरेको छ ।

उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका सङ्गीतकार हुन अम्बर गुरुङ । कार्यक्रममा उनको अर्केस्ट्रा बनाउने सपना पूरा हुन नसकेकामा सहभागीले चिन्ता प्रकट गरेका छन् ।

गुरुङसँग १५ वर्ष काम गरेका दीपक जङ्गम नेपाली अर्केस्ट्रा बनाउने उनको सपना पूरा गर्न सके त्योभन्दा ठूलो उपलब्धि अरू केही नहुने र उनको सच्चा सम्मान हुने बताउँछन् ।

उनले गुरुङ नेपाली गीत, सङ्गीत र नाट्य विधालाई अन्तर्राष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तनमनन गरिरहने व्यक्तिका रुपमा सम्झिए । ‘नेपालमा पनि गीत, सङ्गीताका धेरै विज्ञ हुनुहुन्छ, उहाँहरुको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाइको सोच केही प्रतिशत पूरा हुन्छु,’ उनले भने ।

विसं १९९४ फागुन १४ गतेका दिन दार्जिलिङको लालढिकीमा उनको जन्म भएको थियो । उनका हजुरबुबा भारतीय सेनाको जागिरे भएर भारत गएका थिए ।

उनका बुबा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खाएका थिए । उनको पुर्ख्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका सङ्गीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गरे । उनले स्मरण गरे, ‘अम्बर दाइको आफ्नै गायन, शब्द र सङ्गीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला… ले संवेदनामै हिर्काएको महसुस हुन्छ, अहाँकै शब्द र सङ्गीत रहेको ‘सम्हालेर राख…’ बज्दा दाइको विम्ब मेरा अगाडि आउँछ ।’

अम्बर गुरुङलाई सङ्गीतको ऋषिमुनि मान्ने कुलपति राई जीवनको उत्तरार्धमा उनीसामु सङ्गीत भर्न अनुरोधका लागिभन्दा पनि उनका कुरा सुन्न जाने गरेको सुनाए ।

गुरुङलाई सम्झँदा नेपाल प्रवेशअघिको ‘नौ लाखे तारा…’को समयलाई एउटा आयाम र नेपाल आएपछिको अवस्थालाई अर्काे आयामका रुपमा बुझ्नुपर्ने उनले उल्लेख गरे । उनले गुरुङलाई सङ्गीतकार भन्दै गर्दा गीतकार र निबन्धकारको परिचयलाई नभुल्न आग्रह गरे ।

‘त्यसैले उहाँ ऐतिहासिक कडी जोडिएको व्यक्ति हो भन्छु म, कोही एउटै गीत, कविताले चर्चित हुन्छन् तर अम्बर दाइ एउटा गीत होइन जुनसुकै गीत, सङ्गीत हेर्नुहोस् कस्तो छ’, उनले भने ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा प्रथम कुलपति गुरुङको स्मरण गर्दा उनको योगदानका साथै डिप्रेसनमा गएको कुरा भुल्न नहुने बताइन् ।

त्यसबेला नाट्य निर्देशक सुनिल पोखरेललगायत व्यक्तिहरुले गीत गाउन लगाएर उनलाई ‘डिप्रेसन’बाट छुटाएको कुरा बिर्सन नहुने उनी बताउँछिन् । त्यो बेला उनलाई धेरैले बिर्सिएको अनुभव उनले सुनाइन् ।

कुलपति शर्माले प्रतिष्ठानमा आफू काम गर्नका लागि आएको र सबैको राय, सुझाव र सल्लाहकै आधारमा सङ्गीत नाट्यलाई अघि बढाउने सोच आफ्नो रहेको सुनाइन् । उनले भनिन्, ‘आउनुहोस्, छलफल गरौँ, बसौँ, कसरी अघि बढाउन सकिन्छ, सरकारलाई घच्घच्याउन सँगै जाऔँ, काम गर्न सकियो भने अम्बर गुरुङजस्ता अग्रजहरुको सपना पूरा गर्न सकिन्छ ।’

उनले अम्बर गुरुङको नेपाली अर्केष्ट्रा बनाउने सपना पूरा गर्नका लागि बजेट माग गरेर मन्त्रालयमा योजना पेस गरेको पनि सुनाइन् ।

गुरुङको ८६औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्यसचिव कुस्मा महरा, सङ्गीतकार अमूल कार्की, पूर्वसदस्यसचिव तथा रचनाकार श्याम तमोटलगायतले गीत-सङ्गीतको क्षेत्रमा अमर गुरुङको योगदान अतुलनीय रहेको र उनको सपना पूरा गर्न सबैको एकसाथ पहल जरुरी रहेको औंल्याए ।

कार्यक्रममा गायक तथा सङ्गीताकार विष्णु अधिकारी र तबलावादक कुमार महराजले ‘मेरो यो गीतमा जुन मुर्छना छ…’, वरिष्ठ सङ्गीतकार एवं गायिका सङ्गीता प्रधानले ‘कति सम्हालौं चोटहरु…’ र गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला…’ गीत प्रस्तुत गर्दै अम्बर गुरुङको योगदानलाई स्मरण गरेका थिए ।



from Online Khabar https://ift.tt/xYBGw5K

जब विद्यार्थीले असफल भएँ भन्दै १८ वर्षपछि ट्युसन फि फिर्ता माग्छ…

१५ फागुन, पोखरा । जब कोही विद्यार्थी स्कुलबाट बिदा भएको १८ वर्षपछि हातमा प्रमाणपत्र बोकेर फर्किन्छ र आफूलाई पढाएका शिक्षकहरुसँग ट्युसन फि फिर्ता माग्छ ।

त्यो स्कुलमा पढेर आफूलाई कुनै शिक्षा प्राप्त नभएको सुनाउँछ । शैक्षिक प्रमाणपत्र बोकेर पनि आफू बेरोजगार भएर हिँड्नुपरेको सुनाउँछ । त्यो विद्यालयको शैक्षिक प्रणालीले असक्षम र गधा बनाएको सुनाउँछ ।

‘यदि म यहाँ पढेर धनी भएको भए यहाँ आउने थिएन । अहिले म गरिब छु । म मेरो ट्युसन फि फिर्ता माग्न आएको हुँ’, विद्यार्थीले हेडमास्टरलाई जंगिँदै भन्छ, ‘अहिले मेरो परीक्षा लिनुस् । म फेल हुन्छु ।’

अझ आफूलाई पैसा फिर्ता नदिए ‘युट्युबर’ बोलाएर पोल खोलिदिनेेसमेत धम्की दिन्छ ।

वर्षौंपछि स्कुलमा आएको एउटा विद्यार्थी, जो हेडमास्टरको स्मृतिबाट हराइसकेको हुन्छ । त्यही विद्यार्थीले विद्यालयमाथि नै प्रश्न उठाउँदै पैसा फिर्ता मागेपछि के हुन्छ होला ?

अल्छी र फोहोरी हेडमास्टर हड्बडाउँछ । र, तत्कालै सबै शिक्षक, कर्मचारीलाई ‘असाधारण बैठक’ डाक्छ । सबै शिक्षकले आआफ्नो योजना सुनाउँछन् । ‘बालानन्द फेल हुनुहुँदैन । हामीले गाह्रो प्रश्न गराउँदैनौं । ऊ फेल भयो भने ऊ सफल हुन्छ । सल्लाहमै उसलाई पास गराउनेछौं’, गणित पढाउने शिक्षकले योजना बनाउँछन्, ‘उसले पैसा फिर्ता पायो भने भोलि सबै आउनेछन् ।’

त्यसपछि ? बालानन्दका लागि पालैपालो नानाथरि प्रश्न सोधिन्छ । उसले सबैको गलत जवाफ दिन्छ । तर, सही भइरहेको हुन्छ । कसरी ? जवाफ थाहा पाउन सोमबारदेखि पोखरा नाटक घरमा सुरु भएको नाटक ‘रिफन्ड’ हेर्नुपर्छ ।

उक्त नाटक हंगेरियन लेखक पि|mज क्यारेन्थीले सन् १९३८ मा लेखेका हुन् । कक्षा ११ को पाठ्यपुस्तकमा समेटिएको उक्त नाटकलाई नेपालीमा नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका छन् भने परिवर्तनले निर्देशन गरेका छन् ।

कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको यो नाटक विद्यार्थी, शिक्षक, अभिभावकसहित नाटकपारखीका लागि उपयुक्त हुने परिवर्तनले जानकारी दिए । निर्देशक परिवर्तनले कमेडी जनरामा निर्माण हुने यो नाटकले सन्देशसमेत बोकेको बताए ।

‘नाटकले घोकन्ते शिक्षाभन्दा व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिएको छ’, निर्देशक परिवर्तनले भने, ‘विद्यार्थीलाई थियटरसम्म जोड्न पनि पाठ्यपुस्तकमा भएका नाटकलाई बढी जोड दिइरहेका छौं ।’

फागुन ३० गतेसम्म चल्ने नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुसन पौडेल, रोशनी रामदामले अभिनय गरेका छन् ।

बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि ३ सय र ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।



from Online Khabar https://ift.tt/lRODFv8

Sunday, February 25, 2024

एम्बुलेन्स र तेल बाेक्ने ट्याङ्करमा गाँजा तस्करी 

१४ फागुन, विराटनगर । एम्बुलेन्सबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ ।

नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुन्छ । धनकुटाबाट गाँजा तस्करले एम्बुलेन्स प्रयोग गरेका गाँजा ल्याएका हुन् ।

दुई जिल्लाबाट ३२५ किलो गाँजासहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको हो । केही दिनअघि गाँजा तस्करीमा प्रयोग भएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आइतबार सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो  गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले दिए ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको टोलीले  को१च २९३७ नम्बरको एम्बुलेन्समा गाँजा बरामद गरेको थियो । चालक भने फरार छन् । सशस्त्रले बरामद गाँजासहित एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

यस्तै, एम्बुलेन्समै धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको हो ।

शनिबार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे१च २०३२ नम्बर एम्बुलेन्समा ५२ किलो गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । एम्बुलेन्स चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पूर्व पहाडी जिल्ला धनकुटामा व्यावसायीक रुपमा गाँजा खेती हुन्छ । धनकुटासँगै उदयपुर, भोजपुर, खोटाङ र सङ्खुवासभा पनि गाँजा खेती हुन्छ ।

उत्पादित गाँजा मोटरसाइकल,एम्बुलेन्स, तेल बोक्ने ट्याक्टर, तरकारी बोक्ने गाडीलगायत साधन प्रयोग गरेर सुनसरी मोरङ हुँदै तस्करी हुने गरेको छ । प्रहरीका अनुसार सप्तकोशी नदीको ट्युबमा हालेर पनि गाँजा तस्करी हुने गरेको छ ।

प्रहरीले  गत २ फागुनमा धनकुटाको भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा लोड गरेको ५९४ किलो गाँजा बरामद गरेको थियो ।

विराटनगरबाट पेट्रोलियम पदार्थ बोकेर सप्तरी गएको  को१ख ७३२२ नम्बरको ट्याङ्कर सप्तरीमा इन्धन  खन्याएर गाँजा लिन  धनकुटा पुगेको थियो ।

धनकुटाबाट गाँजा लिएर विराटनगर आउँदै गर्दा भेडेटारबाट प्रहरीले चालक- सहचालकसहित ट्याङ्कर नियन्त्रणमा लिएको थियो ।

गत २३  पुसमा ३०० किलो गाँजासहित  को२त ६८९० नम्बरको ट्याक्टरमा नियन्त्रणमा लिएको थियो ।

ट्याक्टरमा लोड गरिएको गाँजा भोजपुरबाट सप्तकोशी नदी हुँदै कोशी गाउँपालिका ६ कोशी कटान भन्ने स्थानमा ल्याएर ट्याक्टरमा लोडगर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

१ फागुनमा पनि सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित कोशी किनारमा लुकाएको अवस्थामा १३ थान बोरामा ४०६ किलो ९४० ग्राम गाँजा बरामद भएको थियो ।  सो गाँजा पनि ट्युबमा राखेर कोशी नदी हुँदै ल्याइएको देखिएको प्रहरीको दाबी छ ।

गत असोजयता सुनसरीबाट मात्रै प्रहरीले १६९८ किलो ३४६ ग्राम गाँजा  र ओसारपसारमा संलग्न  ६० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ६० जनामध्ये २१ जना भारतीय हुन् ।

पहाडी जिल्लामा पाँच देखि सात हजार रुपैयाँमा खरिद भएको गाँजा भारत पुग्दा प्रतिकिलो १५ हजार माथि कारोबार हुन्छ ।

धरान धनकुटाबाट गाँजा भारत पुर्‍याउँदा भरियाले प्रति किलो एक हजारदेखि एक हजार पाँच सयसम्म पाउँछन् । ‘धरानबाट सामान हिडेको  जानकारी पछि रिसिभ गर्न बोर्डरमा मान्छे रेडि भएर बसेको हुन्छ,’ प्रहरी स्रोत भन्छ, ‘यस्तो काम राति बढी हुन्छ, जोखिम भए वा प्रहरी देखे तस्कर सामान छाडेर भाग्छन् ।’



from Online Khabar https://ift.tt/R3dhpgj

डेढ अर्बमा ठडियो दमक भ्यु-टावर, सञ्चालन मोडालिटी अन्योलमै

१४ फागुन, काठमाडौं । सरकारको डेढ अर्ब लगानीमा झापामा व्यावसायिक भ्यु-टावर निर्माण भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलका अनुसार आयोजनामा संरचना निर्माणतर्फ ९६ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

अब फिनिसिङको काम मात्र बाँकी रहेकाले संरचना निर्माणको काम पूरा भएको उनले जानकारी दिए । ‘संरचनातर्फको काम सकियो,’ पौडेलले अनलाइनखबरसँग भने, ‘अब फिनिसिङ गर्दैछौं, यो सकिँदा शतप्रतिशत काम पूरा हुन्छ ।’

सरकारले २०७६ सालमा एक अर्ब ३८ करोड रुपैयाँमा सक्ने गरी ठेक्का लगाएको यो टावरको लागत बढेर एक अर्ब ४५ करोड (भ्याट) बाहेक पुगेको आयोजनाले जनाएको छ ।

झापा दमकस्थित दापगाछीमा व्यावसायिक भ्यु-टावर बनाउने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार २०७६ मा शिलान्यास गरेका थिए । चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो टावर निर्माणको जिम्मा लिएका हुन् ।

कस्तो बन्यो टावर ?

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख पौडेलका अनुसार यो व्यावसायिक टावर कुल १ सय मिटर अग्लो बनेको छ । जसमध्ये १८औं तला ७२ मिटर उचाइमा निर्माण भएको छ । बाँकी २८ मिटरमा भने मेटल फ्रेमको टावर राखिएको छ । यसरी कुल एक सय मिटरको भवन निर्माण भएको उनले जानकारी दिए ।

वाहृय तथा आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्य राखेर दमक नगरपालिका-३ दापगाछीमा बनेको यो टावरमा पार्किङ, उद्यान, पार्क, बाल उद्यानसहितका संरचनासहित बनेको हो ।

भवनभित्र धेरै ‘पार्टेसन’ नगरिएको र व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकता अनुसार भवनमा आफ्नो संरचना राख्न सक्ने प्रमुख पौडेलले बताए ।

यो भवन काठमाडौंमा पुनर्निर्माण भएको धरहराभन्दा १६ मिटर अग्लो बनेको छ । टावरका हरेक तला चार मिटर उचाइमा बनेको छ । भूकम्प प्रतिरोधी यस भवनमा आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरिएको आयोजनाले जनाएको छ ।

चट्याङबाट बचाउने प्रविधि समेत भवनमा राखिएको छ । यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अनुसार भवनको पहिलो चार तलासम्म व्यापारिक प्रयोजनका पसल, पाँचौं तलामा सेमिनार हल, छैटौंदेखि नवौं तलासम्म बैंक, वित्तीय संस्था र व्यावसायिक संस्थाका कार्यालय रहने छन् ।

१०औं तलाभन्दा माथि १४औं तलासम्म कृषि तथा औद्योगिक सामग्री प्रदर्शनी हल, १५औं र १६औं तलामा रेस्टुरेन्ट बन्ने भएका छन् । १७औं र १८ औं तला भने दृष्यावलोकनका लागि उपयोग गर्ने गरी डीपीआर बनेको थियो ।

सञ्चालन मोडालिटी अझै अन्योलमा

सरकारी लगानीमा बनेको यो टावर सञ्चालनको मोडालिटी भने अझै अन्योलमा छ । सहरी विकास मन्त्रालयले सञ्चालन मोडालिटी बनाइरहेको भए पनि टुंगोमा पुग्न बाँकी छ । मन्त्रालयबाट मोडालिटी टुंगिएसँगै उद्घाटन र सञ्चालनमा ल्याउने तयारी आयोजनाले गरेको छ ।

‘कोभिड महामारीसहितका कारण निर्माण एक वर्ष पछाडि धकेलिएको छ,’ आयोजना प्रमुख पौडेल भन्छन्, ‘त्यसकारण हामी सकेसम्म छिटो काम सकेर उद्घाटन तथा सञ्चालन तयारीमा पनि छौं ।’

मोडालिटीको काम जति छिटो सकिन्छ, त्यति छिटो उद्घाटन हुने समेत उनले बताए । अर्कातर्फ, ठेकेदारले बाँकी भुक्तानी छिटो दिनसमेत दबाब दिइरहेको छ । यस आयोजनाले ठेकेदार कम्पनीलाई करिब २० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

विवादको घेरामा दमक टावर

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उद्घाटन गरेसँगै चर्चामा आएको यो आयोजना विवादमुक्त भने छैन ।

महालेखा परीक्षकको कार्यालयले औचित्यमाथि प्रश्न गरेको यो आयोजना ‘सेतो हात्ती’ बन्ने जोखिम कारण धेरै आलोचना हुने देखिन्छ । यही आयोजनाका कारण पूर्वप्रधानमन्त्री ओलीले टावरमाथि हुने सरकारी लगानीलाई बचाउ समेत गर्दै आएका छन् ।



from Online Khabar https://ift.tt/7HVXmMb

सुर्खेतमा मोटरसाइक दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

१४ फागुन, सुर्खेत । सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेको अस्थायी प्रहरी पोष्ट बादेपिपलका प्रहरी जवान वीरेन्द्र विकले जानकारी दिए ।

सिम्ता गाउँपालिका–६, जामुनेबजारमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा रानाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा९५प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे१त४५ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएका थिए ।

रानाको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरीको अवस्था गम्भीर छ ।उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक र साहु भने फरार रहेका छन् ।



from Online Khabar https://ift.tt/OdZvFIM

Saturday, February 24, 2024

बाघ मारेर गाडेको अवस्थामा भेटियो 

१२ फागुन, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।

मध्यविन्दु नगरपालिका-१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए ।

‘रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर दक्षिण जङ्गलमा भेटिएको हो’, उनले भने, ‘स्थानीयले बाघ गाडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।’

यसअघि यही फागुन ४ गते मध्यविन्दु नगरपालिका-१० अरुणखोला जङ्गल क्षेत्रमा भाले प्रजातिको पाटे बाघ मृत अवस्थामा फेला परेको थियो । आठ दिनको अन्तरमा सोही जङ्गल क्षेत्रमा अर्को पाटे बाघ मृत फेला परेको हो ।



from Online Khabar https://ift.tt/lw2ONPT

प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा लेवानोनसँग खेल्ने

१२ फागुन, काठमाडौं । सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ ।

साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक-एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो ।

समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ए को उपविजेता लेवानोनसँग खेल्नेछ । यस्तै नेपालसँग हारेपछि समूह बी को उपविजेता बनेको प्यालेस्टाइनले समूह ए को विजेता तथा सर्वाधिक ५ पटकको च्याम्पियन जोर्डनको सामना गर्नेछ ।

नेपाल र प्यालेस्टाइन यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । त्यसैले यो खेल समूह विजेताको बन्नको लागि थियो ।

खेलको सुरुवात देखि नै नेपालले लगातार आक्रमण गरेपनि गोल गर्न ४१ मिनेटसम्म कुर्नुपरेको थियो ।

४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्द नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको लामो पासमा सावित्राले गोल गरेकी हुन् । दोस्रो हाफमा नेपालले तीन गोल थप्यो । ५९औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्रा भण्डारीले बक्स भित्र बाट हानेको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले रिबाउन्डमा गोल गरिन् ।

त्यसपछि सावित्राले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालको लागि तेस्रो गोल गरिन् । उनले रश्मि कुमारी घिसिङको पासलाई सदुपयोग गर्दै गोल गरिन् ।

जारी प्रतियोगितामा सावित्राको यो आठौं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् । अघिल्लो खेलमा इराक विरुद्ध ५ गोल गर्दै नेपालका लागि ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेकी सावित्राले यो दुई गोल पछि नेपालका लागि गोल संख्या ५२ पुर्‍याएकी छन् ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४-१ ले तथा दोस्रो खेलमा इराकलाई ५-० ले पारजित गरेको थियो ।

इन्जुरी टाइममा सावित्रालाई प्यालेस्टाइनी गोलकिपरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो र सावित्रालाई ह्याट्रिक गर्ने अवसर थियो । तर नेपालका लागि गीता रानाले पेनाल्टी प्रहार गर्दै गोल गरिन् ।

खेलपछि सावित्राले नेपालले राम्रो खेलेको र अब सेमिफाइनल खेलमा फोकस हुनुपर्ने बताइन् । ‘हामीले राम्रो खेल्यौँ । कोचले पनि यही अनुसार खेल्नुपर्छ भन्नुभयो र मैदानमा पनि हामीले त्यसरी नै खेल्यौँ । सेमिफाइनलमा हाम्रो कठिन म्याच हुनेछ । उनीहरु राम्रो टिम हो र हामी अब त्यही खेलमा केन्द्रित हुनेछौँ ।’

नेपालले अब मंगबलार हुने दोस्रो सेमिफाइनलमा लेवानोनसँग खेल्नेछ । त्यसअघि मंगलबारै जोर्डन र प्यालेस्टाइनबीच पहिलो सेमिफाइनल हुनेछ ।



from Online Khabar https://ift.tt/LtaS8Ev

Friday, February 23, 2024

बागी डम्फुको आवाज : मासिन्या

संघर्षपूर्ण थियो जीवन, सारा सुख–सुविधाबाट वञ्चित। तैपनि राजधानी नजिकैको तामाङ गाउँ ‘गाङनाम्सा’ का बासिन्दाहरू खुसी नै देखिन्थे। तामाङ भाषामा गाङ भनेको डाँडो हो र नाम्सा भनेको खुला आकाश।

गाउँको नाम जस्तै खुला आकाशमुनि ती तामाङहरू कर्मशील जीवन बाँचिरहेका, फुर्सदमा डम्फुको तालमा नाचिरहेका थिए। स–साना खुसी सँगालेर रमाउने जनजातीय विशेषता नै हो, फराकिलो मन, फरासिलो बोली। उनीहरूसँग आफ्नै जमिन थियो। आफ्नै भाषा, परम्परा, संस्कार र संस्कृति थियो। सबैभन्दा ठूलो कुरा उनीहरूसँग सपना थियो।

त्यही गाउँको एक युवक च्याङ्बा आफ्ना आपा आमाको सपना पूरा गर्न छ्योर्तेन बनाइरहेको हुन्छ। अब यो छ्योर्तेन उसको सपना बन्छ। त्यसैले ध्यान धुन सबै यसैमा लगाइरहेको छ।

सपना अर्को पनि छ, उ र उसकी मायालु प्रेमिका साङ्मोले देखेको साझा सपना। उनीहरू मायाको संसार सजाउँदै सुन्दर जीवनको परिकल्पना गर्न थाल्छन् बिहे गर्ने, बच्चा जन्माउने।

तर, त्यो सुन्दर गाउँ सधैं सुन्दर रहँदैन। अधुरो छ्योर्तेन जस्तै अधुरै रहन्छ, च्याङ्बा र साङ्मोको सपना। जब तामाङ गाउँमा राज्यसत्ताको दमनले प्रवेश गर्छ, सबथोक तहसनहस गरिदिन्छ। तामाङ बस्तीका बासिन्दालाई आफ्नो भूमिबाट विस्थापित गरिदिन्छ। छ्योर्तेनहरू भत्काइन्छ। हिकी (ढुङ्गामा कुँदेको अक्षर) हरू मेटाइन्छ। मानौं, गाउँमा कहालीलाग्दो बाढी आएको हो।

यो संक्षिप्त कथा यतिबेला मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ को हो। मासिन्या नाटकले उत्पीडित समुदायको साझा कथा बोल्छ। राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतले लेखेको नाटकलाई बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गरेका हुन्।

नाटकको लेखक, निर्देशक र अधिकांश कलाकार पनि तामाङ समुदायबाटै छन्, त्यसैले यो व्यक्ति स्वयंले भोगेको पीडाको अभिव्यक्ति हो। साहित्य, अभिनय कौशल र संगीतको त्रिवेणी बनेको यो नाटक सिर्जनात्मक विद्रोहको उद्घोष हो। अन्याय विरुद्ध बजेको डम्फुको आवाज पनि हो। मासिन्या उत्पीडित समुदायको प्रतिरोधी हस्तक्षेप भएकाले यसमा राजनीति छ। यसले रिस र आवेग बोकेको छ, तर सँगसँगै ठट्टा र प्रेम छ।

नाटकले दर्शकलाई डेढ घण्टाभरि तानिरहन्छ, अब के होला भन्ने भावसहित। किनभने एक अभियान या आन्दोलन हुँदाहुँदै पनि यसले रुखासुक्खा नारा बोकेको छैन। कलात्मक बान्की, आदिवासी गीत, संगीतको माधुर्य, कलाकारहरूको अभिनय कौशल आदिले यसलाई झनै सशक्त बनाएको छ।

नाटकमा महिला पात्रहरूको भूमिका सशक्त छ। यसले आदिवासी जनजाति समुदायका महिलाहरूले गर्दै आएको नेतृत्वदायी भूमिकालाई पनि देखाउँछ। १९ वर्षकी सानुमाया तामाङले ७९ वर्षको माम (हजुरआमा) को भूमिका सशक्त तरिकाले निर्वाह गरेकी छन्। उनलाई हेर्दा आफ्नो हजुरआमाको सम्झना पटक–पटक आउँछ।

तामाङ बहुल बस्ती भए पनि त्यस गाउँ विकास समितिको अध्यक्ष खस आर्य समुदायको शोभाकान्त बनेको थियो। ऊ सम्पन्न छ, सदरमुकाममा घर भाडामा लगाई गाउँमा सुखी जीवन बिताइरहेको छ। उसले च्याङ्बाको आस्याङलाई गाई पाल्न दिन्छ। तर त्यो गाई भीरबाट लडेर मर्छ, र गाउँलेले मरेको गाईको मासु खान्छन्।

प्रहरी चौकीमा गाई मारेर खाएको उजुरी पर्छ। सोधपुछ गर्दा च्याङ्बा भन्छ, ‘गाई मारेर खाएको होइन, गाई मर्‍यो खायो।’ अर्थात् गाई मर्‍यो र खायो। तामाङ लवजमा खस बोली बोल्दा मर्‍यो पनि मार्‍यो भन्ने सुनिन्छ। यसरी लवजको भिन्नताले उसले गाई मारेर खाएको ठहर्छ र गौ हत्याको मुद्दा लाग्छ।

त्यसपछि देखिन्छ, दमनको डर लाग्दो स्वरूप। मान्छेको जीवनको मूल्य एउटा जनावरको भन्दा कम ठानिन्छ र निरपराध च्याङ्बाहरू सजाय भोग्न अभिशप्त हुन्छन्।

शोभाकान्त गाउँको चल्तापुर्जा व्यक्ति हुनाले उसैको शरणमा न्याय माग्न जान्छन् गाउँलेहरू। किनभने उसको भाषा र राज्यको भाषा एकै छ। प्रहरीले समातेको च्याङ्बालाई छुटाउन शोभाकान्तलाई लालपुर्जा र गहना बुझाउन पनि तयार हुन्छन् च्याङ्बाका आफन्तहरू। नियति र विभेदका यस्तै अनेकन् कारणले उनीहरू आफ्नो भूमिबाट विस्थापित हुन बाध्य हुन्छन्।

जसरी नाटक फ्ल्यासब्याक शैलीसँगै अगाडि बढ्छ, त्यसरी नै म विगतका गल्लीहरूमा भौंतारिन्छु। उहिले उहिले हाम्रो गाउँतिरका एपी, मि (बज्यै बाजे) हरूको तामे (कथा) मा ‘गाईमारा मुद्दा’ को प्रसंग पटक–पटक आउँथ्यो। त्यतिबेला हामी तामे सुन्ने बच्चाहरू गाईमारा मुद्दा भनेको के हो, बुझ्दैनथ्यौं। तर, नाटक हेर्दै गर्दा लाग्यो- एपी र मिले सुनाउने तामे नै नाटकको रूपमा हेर्दैछु।

म ती दिनहरू सम्झिंदै थिएँ। केही समय पहिले एकजना मिले भनेको कुरा सम्झिन्छु, उनले भनेका थिए– ‘उबेला मरेको गाईको मासु खाएपछि पनि हड्डी र टाउको रातारात कि त जमिनमा गाड्नु पर्थ्यो कि खोलामा बगाउनुपर्थ्यो। गाईको मासु खाने हुनाले हामीलाई गाई खाने भोटे भनेर हेयको नजरले हेर्थे र हामीले छोएको ठकुरीहरूले खाँदैनथे। हामी उनीहरूको घरमा पस्न पनि पाउँदैनथ्यौं। उनीहरू पनि हाम्रोमा पस्दैनथे। पुलिस सँगसँगै ठकुरीहरूको पनि निकै डर हुन्थ्यो। डरैडरमा बाँचेका थियौं हामी।’

उनले थपे, ‘गौ हत्याको मुद्दा लागेपछि छिमेकी देशमा भागेर गएको मान्छे आफ्नो देश फर्किनै नपाई उतै मर्‍यो, यता बाआमाको जीवन छोराको पर्खाइमा सकियो।’ राजधानी नजिकैको तामाङ समुदायको वरिपरि बुनेको नाटकमा राजधानीभन्दा कोसौं परको हुम्लाका सीमान्तकृत समुदायले भोगेको पीडा महसुस गरिरहेकी थिएँ म।

मासिन्याले आफ्नै थातथलोबाट विस्थापित हुन बाध्य भएको समुदायको कथा मात्रै खोतल्दैन, यसले वर्षौंदेखि दमन र उत्पीडनबाट पछाडि पारिएका समुदायको जीवन्त तस्बिर पनि देखाउँछ। भाषिक दमन तीमध्ये एक हो।

नेपाली शासक वर्गले अन्य समुदायमाथि लादेको एकल भाषा नीति एक समस्या हो। राज्यसत्ताले आफूले बोल्ने भाषा नै गैर खस नेपाली भाषीमाथि लादेर एकल भाषाको प्रभुत्व कायम गर्‍यो र यसले सीमान्त समुदायका मान्छेहरूलाई झनै सीमान्तमा पुर्‍याउने काम गर्‍यो। अनि समान अवसरबाट वञ्चित गरायो। भाषिक रूपमा पछाडि पारेपछि राज्यको साधन–स्रोत पनि टाढा हुने नै भए।

आज राज्य संरचनाको महत्वपूर्ण निकायहरूमा सीमान्तकृत समुदायको प्रतिनिधित्व किन न्यून छ ? के यसमा एकल भाषा, एकल संस्कृतिको प्रभुत्वले असर गरेन होला ? किन आज पनि च्याङ्बाहरू गौ हत्याको आरोपमा पक्राउ पर्छन् ? किन आदिवासीहरूको भूमि विभिन्न बहानामा खोसिंदैछ ?

भाषाको राजनीति पनि डरलाग्दो छ। भाषाकै कारणले भोग्नु परेको पीडाको परिपूर्ति कसले गर्छ ? यी अहिलेको नेपालका जटिल प्रश्नहरू हुन्।

मासिन्या नाटकले भाषाको विभेदले गर्दा कसरी सोझो मान्छे परिबन्दमा फस्छ भन्ने त देखाएको छ नै, सँगसँगै विकास र आदिवासीको सम्बन्ध पनि उजागर गरेको छ। विकास भनेको के हो ? केलाई विकास भन्ने ? नाटक हेर्दै गर्दा पटक–पटक यस्ता प्रश्नहरू दिमागमा आउँछन्। गाउँमा बाटो, बिजुली आदि चाहिएको त छ तर, विकासले विकास मात्र ल्याउँदैन बेथिति पनि लिएर आउँछ। यसले समुदाय सँगसँगै पर्यावरणमा कस्तो प्रभाव पार्‍यो भन्ने प्रश्न पनि अहम् छ।

विकासको नाममा साङ्मो र च्याङ्बाहरूको जल, जमिन र जङ्गल कसले खोसिरहेको छ ? कसले उनीहरूलाई आफ्नो भूमिबाट विस्थापित हुन बाध्य पारेको छ ? मासिन्याले यस्ता अनेकौं प्रश्नबारे सोच्न पनि बाध्य बनाउँछ।



from Online Khabar https://ift.tt/z2HjSO6

जाजरकोट भूकम्प : रुकुम पश्चिममा २८ हजार अस्थायी आवस निर्माण

१२ फागुन, त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ ।

सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

जिल्लाभर सात हजार तीन हजार नौ सय १२ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार नौ सय ६२ मध्ये अझै तीन हजार नौ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको सहायक प्रजिअ बढुवालले बताए ।

हालसम्मम सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा आठ हजार नौ सय ३३ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा सात सय आठ अस्थायी आवास निर्माण गरिएको छ ।

चौरजहारी नगरपालिकामा छ हजार एक सय ९४, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणी गाउँपालिकामा तीन हजार ४९४ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण गरिएको सहायक प्रजिअ बढुवालले जानकारी दिए ।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीका लागि स्थानीय विपद न्युनिकरण कोषमा २५ हजारका दरले ७९ करोड ९० लाख पठाएको छ ।

स्थानीय विपद् कोषबाट भने ३० हजार दुई सय ३१ लाभग्राहीले रु २५ हजारका दरले ७५ करोड ७५ हजार रकम प्राप्त गरेका छन् ।

अब जिल्लामा पहिचान भएका एक हजार सात सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।



from Online Khabar https://ift.tt/MD9punq

एमाले कैलालीको अध्यक्षमा ढुंगाना विजयी

१२ फागुन, धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् ।

पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

ढुंगानाले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । उनीहरू तीनै जना  प्यानलसहित उम्मेदवारी दिएका थिए ।

यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए ।

उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।

उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् । भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।

उपसचिव (महिला) मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् । फागुन ६ गते सुरू भएको एमाले नवौं अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो ।

शनिबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ।



from Online Khabar https://ift.tt/iCPHtoT

प्रसुति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, महिला नियन्त्रणमा

११ फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले शिशुलाई काँडाबारीमा फेला पारिएको अनलाइनखबरसँग पुष्टि गरेका छन् । बच्चा लिएर जाने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु एक जना संदिग्ध महिलाले लिएर गएकी थिइन् । प्रहरीले शिशुसहित उनलाई नियन्त्रणमा लिएपनि नाम सार्वजनिक गरेको छैन ।

शिशु लैजानुको कारण पनि प्रहरीले बताएको छैन । सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको देखिएको थियो ।

अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी गरेका थिए ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताएका थिए ।

यो पनि पढ्नुस्

प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी

मास्क लगाएकी महिलाले प्रसूति गृहबाट लगेकी थिइन् शिशु



from Online Khabar https://ift.tt/wkz6WSl

Thursday, February 22, 2024

बस कुछ दिन और रगड़ लें पुराना फोन, मार्च में दस्तक देने वाले हैं ये धांसू मॉडल

मार्च में Realme, Samsung और Nothing जैसी कई बड़ी कंपनियों के स्मार्टफोन्स दस्तक देने वाले हैं. यहां देखें लिस्ट.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/diL3qBs

नवनियुक्त उपकुलपति बरालले सुनाए त्रिभुवन विश्वविद्यालय सुधार्ने ३ प्राथमिकता

११ फागुन, पोखरा । देशकै प्रमुख विश्वविद्यालय कसरी सुधार्ने र कसरी यसको गुमेको साख फर्काउने भन्ने बहस सिर्जना भइरहेका बेला त्रिभुवन विश्वविद्याल (त्रिवि) मा उपकुलपति नियुक्त भएका छन्, प्रा.डा. केशरजंग बराल ।

राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालय बनाउन प्रतिस्पर्धाबाट नेतृत्व छानिनुपर्ने प्राज्ञिक व्यक्तिहरुको दबाबकाबीच ४३ जनाबाट १४ जना, ३ जना हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उपकुलपतिमा बराल नियुक्त भएका छन् ।

विश्वविद्यालयलाई राजनीतिमुक्त गराउने, गुमेको साख फर्काउने, अनुसन्धान केन्द्रित शैक्षिक कार्यक्रम चलाउने, सम्बन्धन र बजेटलाई व्यवस्थित गर्ने काम नगरी सजिलै त्रिवि नसुध्रने प्राज्ञिक जगतले आवाज निकालिरहेका बेला बराल नेतृत्वमा आइपुगेका छन् ।

पाल्पामा जन्मिएर अहिले पोखरा घर भएका बरालले २०३९ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन सुरु गरेका थिए । त्यसपछि पोखराकै पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन थाले । पोखराबाटै भारत गएर विद्यावारिधी गरी फर्केका बरालले विभिन्न दातृ नियोगको वित्त क्षेत्रमा जागिर खाँदै फेरि त्रिवि सेवामै फर्किए  ।

२०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएर अनुभव लिएका बराल २०६८ मा कार्यक्रम पूरा गरेपछि फेरि त्रिविमै फर्किएर सेवा थालेका हुन् । प्रोफेसरकै रुपमा विभिन्न देशमा पुगेका बराल २०७७ मा निवृत्त भएपछि विश्वविद्यालय क्षेत्रकै विभिन्न आयोग र समितिमा बसेर विशेषज्ञका रुपमा काम गरिरहेका थिए । यही शिलशिलामा बराल त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपति हुन आइपुगेका छन् ।

विश्वविद्यालयका बेथिति सुधार्न कतिपय आन्तरिक व्यवस्थापन र कतिपय बाहिरी वातावरणबाट काम हुने बरालले बताए ।

प्रधानमन्त्री प्रचण्डले उपकुलपतिमा नियुक्त गर्दा बराल पोखरामै थिए । नियुक्ती पत्र ग्रहण गर्न काठमाडौं उड्नुअघि बराललाई चुनौतिमा चाङमा उभिएको त्रिभुवन विश्वविद्यालय सुधार्ने योजनाबारे सोधेका थियौं । राजनीतिले ग्रसित, शैक्षिक कार्यक्रम नै अस्तव्यस्त र विद्यार्थीबाटै साख गिरिरहेको त्रिविलाई सुधार्न उपकुलपति एक्लैले नसक्ने बरालले बताए ।

‘विश्वविद्यालय चुनौतिको चाङमा छ, यो सत्य कुरा हो । यो चुनौति समाधान गर्न एउटा भिसीले मात्रै गर्न सक्ने कुरा हुँदैन । सबै राजनीतिक दलको संयोजन र सहयोगविना सुधार्न सकिँदैन,’ बरालले अनलाइनखबरसँग भने, ‘किनभने विश्वविद्यालयको सबैभन्दा डिस्टर्बिङ फ्याक्टर्स नै विभिन्न दलका भातृ संगठन छन् । ती भातृ संगठनले टियुको पक्षमा शैक्षिक वातावरण बनाउनका निम्ति विभिन्न राजनीतिक दलहरुको सहयोगविना सम्भव छैन ।’

राजनीतिक दलहरुमा त्रिभुवन विद्यालयलाई एउटा राम्रो वातावरण बनाउँ र सुधारौं भन्ने भावना विकास नहुँदासम्म भिसी एक्लैले मात्रै सुधार्न सम्भव नभएको उनको निश्कर्ष छ । विश्वविद्यालयका बेथिति सुधार्न कतिपय आन्तरिक व्यवस्थापन र कतिपय बाहिरी वातावरणबाट काम हुने बरालले बताए ।

विश्वविद्यालयलाई गति दिन अहिलेसम्मका अनुभव लगाएर विश्वास गर्न लायक बनाउने बरालले बताए । विश्वविद्यालयमा शैक्षिक वातावरण बनाउन एक जना उपकुलपतिले धेरै गर्न नसक्ने तर सहकार्य र समन्वयनमा सुधारको रिजल्ट भने दिने उनको भनाइ थियो ।

‘शैक्षिक वातावरण उपकुलपतिलेमात्रै बनाउन सक्दैन । यसमा सरकार, विभिन्न राजनीतिक दलको पनि सहयोग चाहिन्छ,’ बरालले भने, ‘सधैंभरि सबैलाई शंकामात्रै गरेर हुँदैन, रिजल्टबाटै त्यो शंका हटाउने हो ।’

त्यसो हो भने चुनौतिको चाङबाट त्रिविलाई निकाल्न कहाँबाट सुरु हुन्छ त ? बरालले उपकुलपति भएसँगै सुरु गर्ने ३ वटा प्राथमिकता सुनाए । बरालले पहिलो प्राथमिकता शैक्षिक क्यालेन्डर बनाउने बताए ।

‘मेरो पहिलो प्राथमिकता के हो भने एकेडेमिक क्यालेन्डर बनाएर कार्यान्वयन गर्ने र शैक्षिक कार्यक्रमलाई ट्र्याकमा ल्याउने हुनेछ,’ बरालले भने, ‘विद्यार्थीले शैक्षिक क्यालेन्डर मागिरहेका छन्, त्यसको कार्यान्वयन भइराखेको छैन । जसका कारण समयमै शैक्षिक कार्यक्रम हुन सकिरहेका छैनन् ।’

बरालको दोस्रो प्राथमिकतामा परीक्षाको नतिजा समयमै निकाल्ने छ । परीक्षाको नतिजामा समयमै नआउँदा पनि विश्वविद्यालयप्रति धेरैको विश्वास घटेको उनको भनाइ छ । समयमै नतिजा प्रकाशन गर्न नसक्नुमा विभिन्न कारणहरु रहेको र त्यसको पुनर्संरचना गर्नुपर्ने बरालले बताए । केही संस्थागत विकास पनि गर्ने योजना बरालले सुनाए ।

बरालले तेस्रो प्राथमिकतामा पाठ्यक्रम सुधारलाई राखेका छन् । ‘त्रिभुवन विश्वविद्यालयमा मेरो तेस्रो प्राथमिकताको विषय पाठ्यक्रमको सुधार हो । धेरै वर्षसम्म पनि पाठ्यक्रम अध्यावधिक भइराखेको छैन,’ बरालले भने, ‘श्रम बजार र मागअनुसार पाठ्यक्रमलाई अध्यावधिक गर्नुपर्ने छ । यी ३ कुरा हुनेवित्तिकै विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्छ ।’



from Online Khabar https://ift.tt/km0tIKA

संसदका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्तावको माओवादी विपक्षमा

११ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय संसद सचिवालयका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव उचित नरहेको बताएको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ सरकारी सेवामा २० वर्ष सेवा गरेपछि निवृत्तिभरण पाउने व्यवस्था रहेको र यो मापदण्ड सबैतिर एकै हुनुपर्ने बताउँछन् । ‘संसद सचिवलयका कर्मचारी पनि सरकारकै हुन् । अन्य सरकारी सेवाको विषय पनि सरकारकै हुन् । त्यसकारण सबैतिर एउटै स्ट्यान्डर्ड हुनुपर्छ’, गुरुङले अनलाइनखबरसँग भने ।

संघीय संसद सचिवालय सम्बन्धी ऐन २०६४ को ५० मा २० वर्ष वा सोभन्दा बढी अवधिसम्म सेवा गरेका कर्मचारीले निवृत्तिभरण पाउने व्यवस्था छ । दफा ५० को उपदफा १ अनुसार जम्मा सेवा गरेको वर्षसँग आखिरी तलबले गुणा गरी ५० ले भाग गर्दा आउने भागफल पेन्सनको रुपमा कर्मचारीले पाउँछन् ।

यो व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र समेत गरी १७ जना सांसदले छुट्टाछुट्टै रुपमा एउटै व्यहोराको संशोधन प्रस्ताव दर्ता गराएका छन् । उनीहरुले संसद सेवामा पुगेका कर्मचारीले १५ वर्षमै पेन्सन पाउने व्यवस्था प्रस्ताव गरेका हुन् ।

‘उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवा प्रवेशको लागि अधिकतम उमेर ४५ वर्ष तोकिएको पदमा नियुक्त भएका कर्मचारी अनिवार्य अवकाश हुँदा निजको सेवा अवधि निवृत्तिभरण पाउने अवस्था रहेनछ भने त्यस्तो कर्मचारीलाई बढीमा पाँच वर्षसम्म सेवा अवधि थप गरी निवृत्तिभरण प्रदान गरिनेछ’, सांसदहरुको संशोधन प्रस्ताव छ ।

कांग्रेसका राजेन्द्रकुमार केसी, एमालेका ठाकुरप्रसाद गैरे, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दीपा शर्मा, ईश्वरी घर्र्ती, रणकुमारी बलम्पाकी, एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे, भानुभक्त जोशी, अम्मरबहादुर थापा, शेरबहादुर कुँवर, जसपाका प्रदीप यादव, रञ्जुकुमारी झा, राप्रपाका दीपकबहादुर सिंह, रास्वपाका सन्तोष परियार र सुमना श्रेष्ठ तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले यस्तो व्यवस्थाको प्रस्ताव राखेका हुन् ।

सांसदहरुको संशोधन प्रस्ताव स्वीकृत भए संसद सचिवालयमा हाल कार्यरत केही कर्मचारीले लाभ पाउनेछन् ।

केही नेपाल ऐन संशोधन विधेयकमा सरकारले ‘स्थानीय निकाय’ भन्ने शब्दको सट्टा ‘स्थानीय तह’ भन्ने शब्द लेख्नेगरी संघीय संसद सचिवालय सम्बन्धी ऐनमा संशोधनको प्रस्ताव राखेको छ ।

संविधान अनुकुल भाषा मिलाउने गरी सरकारले ल्याएको प्रस्तावमा सांसदहरुले संसद सेवाका कर्मचारीहरुको पेन्सन पाउने सेवा अवधिको विषयमा संशोधन प्रस्ताव राखेका हुन् ।

यो विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा दफावार छलफलमा छ ।

 



from Online Khabar https://ift.tt/pFuQ3ni

Wednesday, February 21, 2024

गोर्खाली रग्बीको लगातार दोस्रो जित

१० फागुन, काठमाडौं । काठमाडौंमा जारी फिफ्टिन्स रग्बी लिगमा गोर्खाली रग्बी क्लबले लगातार दोस्रो जित निकालेको छ ।

बुधबार दशरथ रंगशालामा लिग चरणको दोस्रो खेलमा गोर्खाली रग्बीले एपीएफ क्लबलाई पराजित गर्‍यो । लगातार दोस्रो जित निकाल्ने क्रममा गोर्खाली रग्बीले एपीएफलाई ४९–२० को स्कोरमा   हरायो । गोर्खाली ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफ ४ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्‍यो । आर्मीले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा पुलिसलाई ५३-७ ले पन्छायो । जित सहित आर्मी ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एपीएफसँग समान अंक भए पनि आर्मी स्कोरका आधारमा दोस्रो स्थानमा छ । पुलिस २ अंक सहित चौथौं बनेर पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत शनिबार लिग चरणका अन्तिम खेलहरु हुनेछन् । अन्तिम चरणमा पुलिस र एपीएफ तथा गोर्खाली रग्बी र आर्मी क्लब भिड्ने छन् ।

नेपाल रग्बी संघले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ र गोर्खाली रग्बी क्लब गरी चार टिम सहभागी छन् ।

प्रतियोगिताको विजेता टिमले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरेर राष्ट्रिय टिम निर्माण गर्ने नेपाल रग्बी संघले जनाएको छ ।



from Online Khabar https://ift.tt/LTRWfu2

बस 12,999 रुपये में मिल रहा है Vivo का ये 5G फोन, मिलेगा 50MP कैमरा

अगर आप बजट में एक नया 5G स्मार्टफोन खरीदना चाहते हैं. तो आपके लिए अच्छी खबर है क्योंकि फ्लिपकार्ट की सेल में Vivo के जबरदस्त फोन पर बड़ी छूट दी जा रही है. आइए जानते हैं डिटेल.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/L6RNZ3y

सुझाव प्रस्तुत भएसँग कांग्रेस महासमिति बैठक आज सकिंदै

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । छलफलबाट प्राप्त सुझाव प्रस्तुत भएसँगै ७ गतेदेखि सुरु भएको बैठक आजै सकिनेछ ।

महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राससलाई जानकारी दिए ।

बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकको तेस्रो दिन बुधबार विभिन्न पाँच प्रतिवेदनमासमूहगत रुपमा छलफल भएको थियो । बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्य सहभागी छन् । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, कांग्रेसको नीतिगत प्रतिबद्धता’ का साथ बैठकको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

भ्रष्टाचार नियन्त्रणदेखि जलवायुका सङ्कट समाधानसम्मका सुझाव
छलफलका क्रममा महासमिति सदस्यहरुले कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रात्मक पद्धतिमाथि निरन्तर भइरहेका प्रहारलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिनुपर्नेलगायत विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

महासमिति सदस्यहरुले सामाजिक न्यायका लागि कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै देशको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने, ऊर्जा र जलस्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्नुपर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसहरु बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने, सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्नेलगायत विषयमा सुझाव दिएका छन् ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने, खेलकुदका पूर्वधार विकास गरी खेल पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने, जलवायु परिवर्तनको सङ्कटविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान गर्नुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने, सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चार नीति संशोधन गर्नुपर्ने, सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्नुपर्ने सुझाव प्राप्त भएको विभागीय प्रमुख विश्वकर्माले बताए ।

-राससको सहयोगमा



from Online Khabar https://ift.tt/S2CzwOB

Tuesday, February 20, 2024

आधी कीमत पर मिल रहा है Motorola का ये फोल्डेबल फोन, ऑफर केवल 26 तक

Motorola razr 40 Ultra: अगर आप एक नया फोल्डेबल फोन खरीदना चाहते हैं. तो आपके लिए अच्छी खबर है क्योंकि, मोटोरोला के एक फोल्डेबल फोन पर भारी छूट दी जा रही है. ये छूट अमेजन पर दी जा रही है. आइए जानते हैं डिटेल.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/KA9LNP4

नेपालले आज नामिवियासँग खेल्दै

९ फागुन, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।

नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् ।

नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो । नेपालका भीम सार्कीले ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । नेपालले बलिङमा कडा प्रतिस्पर्धा गर्दै ३३.१ ओभरमा खेल पुर्याउँदै ६ विकेट लिएको थियो ।

दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको थियो । अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए ।

पहिलो खेलमा हारे पनि नेदरल्यान्ड्सविरुद्ध पुनरागमन जितले नेपालको मनोबल उच्च छ । उच्च मनोबलसँगै घरेलु मैदान, कन्डिसन र दर्शकको फाइदा उठाउँदै नेपाल नामिवियासँग हारको बदला लिन चाहन्छ । उता नामिविया नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा हुनेछ ।

सुरुवाती तीन खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली नै पराजित भएका छन् । पहिला ब्याटिङ गर्ने तीन टोली १४० रन भन्दा कम रनमा अल आउट भएका छन् । टस हार्ने टोलीलाई ब्याटिङ गर्न सुरुवातमा चुनौतीपूर्ण हुनेछ । त्यसैले आजको खेलमा पनि टस निर्णायक बन्न सक्छ ।

नेपालले प्लेइङ ११ मा एक परिवर्तन गर्न सक्ने सम्भावना देखिन्छ । अनुभवी तीव्र गतिका बलर करण केसी टोलीमा फर्किदा देव खनाल बाहिर हुने सम्भावना रहन्छ । अन्य परिवर्तनको सम्भावना देखिदैन । नेपालले नेदरल्यान्ड्सविरुद्ध करणलाई विश्राम दिँदै देवलाई खेलाएको थियो । देवलाई खेलाउन सक्ने पाँचौं नम्बर मात्रै छ । त्यहाँ भीम सार्की हुनेछन् । त्यसैले देव पुन: बेन्चमा बस्ने सम्भावना रहन्छ ।

ओपनर कुशल भुर्तेल आक्रामक र आसिफ शेख संयमित खेल्नुपर्ने हुन्छ । पहिला ब्याटिङ गर्नु परेमा दुबै ओपनरले २० ओभरसम्म संयमित हुँदै खेल्नुपर्ने हुन्छ ।

तेस्रो नम्बरमा अनिल साह हुनेछन् । अनिल राम्रो लयमा छन् । नेदरल्यान्ड्सविरुद्ध अनिलले ३६ बलमा ६ चौका र ४ छक्कासहित ५७ रनको आक्रामक इनिङ खेलेका थिए । क्यानडासँग ५० र ११२ रनको इनिङ खेलेका थिए ।

चौथो नम्बरमा रोहित पौडेल हुनेछन् । पाँचौं नम्बरमा भीम सार्की हुनेछन् । यी पाँच मध्य एक ब्याटरले ठूलो इनिङ खेल्नुपर्छ । त्यसपछि कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा र करण हुनेछन् । टोलीको आवश्यकता र अवस्था अनुसार तल्लोक्रममा ब्याटिङक्रम टोलीले पठाउने छ ।

तीव्र गतिका बलरमा करण र सोमपाल कामी हुनेछन् । गुशनल पार्टटाइम हुनेछन् । ललित प्रमुख स्पिनर हुन् । पार्टटाइममा कुशल मल्ल, रोहित र कुशल भुर्तेल हुनेछन् ।

उता नामिवियाको ब्याटिङ मजबुत छ । ओपनरमा निकोलस डेभिन र जेपी कोट्जी हुनेछन् । तेस्रो नम्बरमा माइकल भान लिंगेन हुनेछन् । लिंगेनले गत वर्ष लिग २ मा लगातार नेपालविरुद्ध दुई शतक हानेका थिए ।

जेराल्ड इरास्मस चौथो नम्बरमा खेल्नेछन् । त्यसपछि जेन फ्रेलिंक, जेजे स्मिथ र जेन ग्रीन हुनेछन् । जेराल्ड, लिंगेन र जेजे प्रमुख ब्याटर हुन् ।

तल्लोक्रममा जान निकोल लोफ्टी एटन र रुवेन ट्रम्पलम्यान हुनेछन् । बायाँ हाते ट्रम्पलम्यान र ज्याक ब्रासेल प्रमुख तीव्र गतिका बलर हुन् । जेराल्ड र बेर्नार्ड स्कोल्ट्ज स्पिनर हुन् । जेजेले बलिङ गर्ने सम्भावना कम छ ।

नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।



from Online Khabar https://ift.tt/6YnkiGA

Monday, February 19, 2024

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज सिरियासँग खेल्दै

८ फागुन, काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ ।

समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।

नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका राष्ट्रहरु सम्मिलित यस प्रतियोगितामा सहभागिता जनाएको हो ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली साउदी पुगिसकेको छ । जसमा फ्रेन्च लिग खेल्दै यतिहास बनाएकी फरवार्ड सावित्रा भण्डारी पनि समावेश छिन् । उनी फ्रान्सबाटै साउदी गएकी हुन् ।

सावित्रा बाहेक नेपालमी टिममा भारतीय लिग खेलिरहेका कप्तान एनिज्लासहित ६ खेलाडी पनि छन् । उनीहरु लिगबाट ब्रेक लिंदै राष्ट्रिय टिमका लागि खेल्न आएका हुन् ।

भारत र फ्रान्सको लिग खेलेका खेलाडीहरु हुँदा नेपाली टोलीलाई फाइदा पुग्ने कप्तान एन्जिला र मुख्य प्रशिक्षक राजेन्द्र तामाङको विश्वास छ । तामाङले पहिलोपटक महिला टिमको जिम्मेवारी सम्हालेका हुन् ।

नेपालको पहिलो प्रतिद्वन्द्वी सिरिया भने यसअघि दुई पटक वाफ वुमन्स च्याम्पियनसिपमा तेस्रो भएको थियो । सन् २००५ मा पहिलो संस्करणमै तेस्रो भएको सिरिया पछिल्लो पटक २०२२ मा भएको च्याम्पियनसिपमा पनि तेस्रो भएको थियो ।

यस्तै गत वर्ष नोभेम्बरमा भएको वाफ यू-१७ वुमन्स च्याम्पियनसिपमा भने सिरिया टिम च्याम्पियन बनेको थियो ।

नेपालले सिरियासँग पहिलो पटक खेल्न लागेको हो । नयाँ प्रतियोगिता नयाँ परिवेश र नयाँ वातावरणमा खेल्न नेपाली टोली उत्साहित छ ।

नेपालको पहिलो लक्ष्य समूह चरण पार गर्दै सेमिफाइनल पुग्ने र त्यसपछि उपाधि जित्ने रहेको छ ।

करिब चार दशक लामो नेपाली अन्तर्राष्ट्रिय महिला फुटबलको इतिहासमा नेपाललाई पहिलो पटक उपाधि जित्ने अवसर समेत छ ।



from Online Khabar https://ift.tt/8qkCaKh

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, ६ कार्यसूचीमा छलफल हुने

८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमाले केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ ।

बैठकमा ६ कार्यसूची तय भएका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय पनि छन् । जनपरिचालन र जनदबाबका एजेन्डाहरु पनि तय भएका छन् ।

गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले जनपरिचालन गर्ने र दबाव दिने अभियानलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाएको हो ।

गत बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो ।



from Online Khabar https://ift.tt/EDQqptd

अन्तिमपटक मनाइयो हजारौं निर्वस्त्र पुरुष भेला हुने पर्व

पसिनाले लतपतिएका हजारौं संख्याका निर्वस्त्र पुरुषहरु एउटा विशेष पर्व मनाउनका लागि मन्दिरमा पुगे । यो दृश्य जापानको हो । अनि सो पर्वको नाम हो, हाडिका मात्सुरी ।

१२ सय ५० वर्ष पुरानो यो पर्व सबैभन्दा पहिले ओकायामामा रहेको प्रसिद्ध सैदाइजी मन्दिरमा मनाइएको थियो ।

चिसो मौसमका बाबजुत पर्वमा सामेल हजारौं मानिसहरु पानीमा डुब्दै अघि बढ्छन्। यसरी जलमार्गमा हिड्नुलाई त्यहाँ पवित्र मानिन्छ ।

हरेक वर्ष फेब्रुअरी महिनामा हाडिका मात्सुरी पर्व मनाइन्छ र हालै यो वर्षको पर्व मनाइएको छ ।

जापानको दक्षिणी भागमा रहेको होन्सुटापुमा मनाइने नेकेड फेस्टिभल अर्थात् नग्न पर्वसमेत भनिने यो पर्वमा पछिल्लो समय सहभागिता घट्दै गएको छ ।

जापानमा तन्नेरीहरुको घट्दो जनसंख्याका कारण पर्वको बोझ पाका मानिसहरुको काँधमा परेको हुँदा यसको रौनक हराउँदै गएकोमा यो वर्ष अन्तिम पटक मनाइएको छ ।

होन्सु टापुमा रहेको सैदाइजी केनोनिन मन्दिरमा मनाइने यो पर्वमा सहभागी पुरुषहरुले केवल लंगौटी मात्र लगाउन पाउँछन् । पर्वको सुरुआत चाहिं महिलाहरुको नृत्यबाट हुन्छ ।

बेलुकीको समयमा मानिसहरु मन्दिरको चारैतर्फ परिक्रमा गर्दछन् । रातको समयमा पुजारीले मन्दिरको अग्लो झ्यालबाट मानिसहरुमाथि काठका लठ्ठी तथा मुठ्ठा फ्याँक्छन् ।

त्यसरी फ्याँकिएका चिज जसको हातमा पर्छन् उसका लागि यो वर्ष शुभ हुने मानिन्छ । पर्वका बेला एकजना स्थानीय व्यक्तिलाई मानव देवताको रुपमा छनोट गरिन्छ र मन्दिरमा राखिन्छ ।

मन्दिरमा आएका भक्तजनहरुले ती मानव भगवानलाई छुने गर्दछन् । पर्वका बेला मन्दिरमा हजारौं मानिसहरु जापानभरबाट आउँछन् । जापानमा युवाहरुको जनसंख्या तीव्र रुपमा घटिरहेको परिप्रेक्ष्यमा १२ सय ५० वर्ष पूरानो यो पर्वको इतिहास अन्ततः समाप्त भएको छ यही वर्षदेखि ।

सन् ७२९ मा स्थापित उक्त मन्दिरका भिक्षु दाइगो फुजिनामी भन्छन्, ‘यो ठूलो पर्व आयोजना गर्नु निकै कठिन काम हो । तपाईंले देख्न सक्नुहुन्छ कि आज के भयो । यतिधेरै मानिसहरु यहाँ छन् र यो रोमान्चक पनि छ । तर पर्दा पछाडि धेरै रीतिरिवाज तथा कामहरु हुन्छन् जसलाई गर्नैपर्छ । मैले यो कठिन वास्तविक लुकाउन चाहन्न ।’



from Online Khabar https://ift.tt/ZU3Palc

गुल्मीमा ‘वनसँग सेलिब्रेटी’ कार्यक्रम

८ फागुन, गुल्मी । वन वातावरणको संरक्षण गर्ने उद्देश्यले गुल्मीमा ‘वनसँग सेलिब्रेटी’ कार्यक्रम गरिएको छ ।

डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा ‘वनसँग सेलीब्रेटी’अन्तर्गत विविध सांस्कृतिक तथा प्रवचन कार्यक्रम गरिएको हो ।

सेलिब्रेटीहरुका माध्यमबाट वन वातावरण संरक्षण सम्बन्धित जनचेतना फैलाउने उद्देश्य कार्यक्रमको रहेको छ । ‘वनसँग सेलिब्रेटी’ कार्यक्रममा नेपाली हांस्यव्यग्य क्षेत्रका कलाकार मनोज गजुरेल, गायक हरि खत्री, धार्मिक तथा आध्यात्मिक ओशोका आचार्य प्रवचक विवेक खत्री (विनयी) आचार्य, महेन्द्र भट्टराई वशिष्ट लगायतको वनसँगसम्बन्धी प्रस्तुति राखेका थिए ।

कलाकार मनोज गजुरेलले हांस्यव्यग्यका माध्यमबाट विभिन्न वन संरक्षण र वनको महत्व जस्ता विषयमा परिघटना बनाएर प्रस्तुती राखेका थिए । त्यस्तै लोक तथा दोहोरी गायक हरि खत्रीले गीतका माध्यमबाट वनसँग सम्बन्धी गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा धार्मिक तथा आध्यात्मिक ओशोका आचार्य प्रवचक विवेक खत्री (विनयी) आचार्य, महेन्द्र भट्टराई वशिष्टले मावन जीवन र वनको महत्वलगायतका विषयमा प्रवचन दिएका थिए । प्रवचनका स्थानीय नागरिकसँगै विभिन्न कार्यलयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

वन वातारण तथा वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले विभिन्न प्रवचनसँगै विविध सांस्कृतिक कार्यक्रम राखिएको सहायक वन अधिकृत पंकज ठाकुरले बताए ।

वन वातावरणको विनासंरक्षणको असम्भव रहेकाले सबै मिलेर वन संरक्षण गर्ने र वन डढेलो नियन्त्रणका महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले यस्तो खालको कार्यक्रम गरिएको ठाकुरले बताए ।

गुल्मी जिल्लामा ४६ हजार ९८ हेक्टर क्षेत्रफल वन रहेको छ । जिल्लाको कुल क्षेत्रफलको ४१ दशमलव ७३ प्रतिशत क्षेत्र वन रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा बर्सेनि एक हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेलो लाग्ने गरेको छ ।

सेलीब्रेटीका माध्यमबाट जनचेतना मुलक कार्यक्रमहरु गर्दा त्यसको प्रचारप्रसार द्रुत हुने भएकाले यस्तो खालको कार्यक्रम राखिएको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत जीवन पगेनीले बताए ।

यस वर्ष हिउँदको समयमा वषर्ात पनि नभएकाले वनडढेलो बढ्ने प्रवल सम्भावना रहेको छ । गर्मी र सुख्खा सिजनमा वनमा डढेलो लाग्नाले करोडौं मूल्यको क्षति हुँदै आएको छ ।

वनमा लागेकोेेे डढेलो बस्तीमा पुग्दा बर्सेनि जनधनको क्षति हुने गरेको छ । डिभिजन वन कार्यालयले वन डढेलो निन्त्रणमा गर्न जनचेतना मुलक कार्यक्रमहरु गर्ने गरेको छ ।

गत वर्षबाट कार्यालयले ‘वनसँग सेलिब्रेटी’ कार्यक्रममा गर्ने गरेको छ । अधिल्लो वर्ष लोक तथा दोहोरी गीत क्षेत्रका राष्ट्रिय कलाकारहरुसँग कार्यक्रम गरिएको थियो ।

मानवीय त्रुटिका कारणले वन क्षेत्रमा आगलागीका घटनाहरु हुने गरेको पाइएको छ । बर्सेनि वन डढेलो लाग्ने गरेता पनि लगाउने मानिस पक्राउ पर्ने गरेको पाइँदैन ।



from Online Khabar https://ift.tt/L1f69zk

Sunday, February 18, 2024

गोदावरीमा कांग्रेस महासमिति बैठक : प्रवेश शुल्क ३ हजार, निवाससम्म फर्किन निःशुल्क बस

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।

‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित चार दिनसम्म चल्ने महासमिति बैठकको पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो एक बजे उदघाटन गर्ने छन् ।

बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।

यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल गर्ने तयारी छ ।

बैठकमा आधिकारिक प्रतिनिधिको संख्या २ हजार १०५ भए पनि सहभागीको संख्या २ हजार ५ सय बढी पुग्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

केन्द्रीय समितिका १६५, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना बैठकमा सहभागी हुने छन् । ७७ जिल्लाका पार्टी सभापतिहरु बैठकमा सहभागी हुनेछन् ।

महासमिति सदस्य नभएका ४६ जिल्लाका सभापतिलाई आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी गराउने पार्टीले निर्णय गरेको छ । प्रतिनिधि छनोट हुन बाँकी रहेका तीन जिल्लाका सदस्य टुंगो लगाउन निर्वाचन समिति प्रयासरत रहेको विश्वकर्माले जानकारी दिए ।

महासमिति बैठकमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । महासमिति बैठकमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ । त्यसैले पार्टीका व्यवसायिक व्यक्तिहरुबाट चन्दा संकलन पनि गरिएको कांग्रेसले जनाएको छ ।

महासमिति बैठकमा सहभागी हुनेले आवासको व्यवस्था आफैंले गर्नुपर्ने छ । उदघाटन र समापन हुने दिनको नास्ता र खानाको व्यवस्था पनि सहभागी आफैंले गर्नुपर्ने छ । अन्य दिनमा भने बिहानको नास्ता र खाना पार्टीले खुवाउने छ ।
महासमिति बैठकस्थलबाट आवाससम्म पुग्नका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ ।



from Online Khabar https://ift.tt/iK08XUa

Saturday, February 17, 2024

एमाले कैलालीको अधिवेशन आजदेखि, पदाधिकारीमा पहिले नै सहमति खोजिंदै

६ फागुन, धनगढी । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।

घोडाघोडी नगरपालिकाको सुखडमा हुने अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

सोमबारसम्म चल्ने अधिवेशनले एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले नेताहरुले सहमतिमै नेतृत्व चयन गरिने बताइरहेका छन् ।

सोही प्रयास अन्तरगत एमालेले कैलालीमा पहिलोपटक नयाँ अभ्यास गरेको छ । एमालेले अधिवेशन सुरु हुनुअगावै अध्यक्षसहितका पाँच पदाधिकारीमा आकांक्षीहरुलाई इच्छापत्र पेस गर्न भनेको थियो ।

पार्टीका पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नालाई अध्यक्षसहित पाँच पदका लागि ५३ जनाले सोही दिन इच्छापत्र बुझाइसकेका छन् ।

अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीसहितका तीन जनाले इच्छापत्र पेस गर्दा उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकांक्षा प्रस्तुत गर्दै इच्छापत्र दर्ता गरेका छन् ।

एमाले कैलालीले पदाधिकारीमा आकांक्षीहरुबीच सहमति खोज्न र नभए चुनाव गरेरै भए पनि छिटोछरितो अधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि उद्घाटन पूर्व नै इच्छापत्र माग गरेको बताइरहेको छ ।

एमालेले ३ गते आकांक्षीबाट इच्छापत्र मागेर ४ र ५ गते उनीहरुबीच सहमति खोज्ने जनाएको छ तर अहिलेसम्म आकांक्षीकाबीचमा सहमती भइसकेको अवस्था छैन ।

अध्यक्षका लागि इच्छापत्र दर्ता गरेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाबीच सहमति हुन सकेको छैन भने अन्य पदाधिकारीमा पनि उस्तै छ ।

पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले पदाधिकारीमा इच्छापत्र पेस गरेका नेताहरुबीच सहमतिको प्रयास भइरहेको बताए तर अहिलेसम्म कुनै पदमा पनि सहमति नभएको ठगुन्ना बताउँछन् ।

‘अध्यक्षका लागि दाबी पेस गर्दै इच्छापत्र दिएका तीन जनासँग बसेर छलफल गरेका छौँ । उहाँहरु तीनै जनाकाबीचमा विभिन्न ढंगले कुराकानी भएको छ,’ ठगुन्नाले भने, ‘तर कुरा मिलिसकेको अवस्था छैन । हामी अन्य पदाधिकारीका आकांक्षीबीच पनि छलफल गरिरहेका छौं ।’

ठगुन्नाले आइतबार अधिवेशन उद्घाटनपछि समेत आकांक्षीबीच सहमतिका लागि प्रयास गरिने तर सहमति नहुने अवस्थामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने समेत बताएका छन् ।

नेताहरुकाअनुसार अध्यक्षमा पूर्वप्रदेश सचिवालय सदस्य ढुंगानाले समेत दाबी गरेको अवस्था भएका कारण सहमति हुने सम्भावना कम देखिएको छ ।



from Online Khabar https://ift.tt/Whm15PB

‘जीवन चुचुरोमा पुग्ने खेल होइन, पहाड चढ्ने खेल हो’

६ फागुन, सुर्खेत । नाबालक छोराको उपचारका लागि गएकी आमासँग अस्पतालले बचाउन नसकेको सुनाउँछ । आमाले अस्पतालका मान्छेले भनेको कुरामा कुनै पनि प्रतिक्रिया दिन्नन्। मृत छोरा काखमा च्यापेर घर जाने उकालो लाग्छिन् । घरनजिकै पुगेपछि एक्लैले जमिनमा गाड्छिन् र मनभरी बह र निराशाको भारी बोकेर घर पुग्छिन् ।

घर पुगेपछि उनकी सासुआमाले नाती बचाउन अस्पताल गएकी बुहारी रित्तै फर्किएको देख्छिन् । हौसला दिंदै भन्छिन्, ‘चिन्ता नगर्, यो जस्तै छोरा फेरि जन्मिन्छ, तेरो भरोसा टुट्दैन।’

पुत्रशोक भुल्दै सामान्य जीवन बिताइरहेकी उनको कोखबाट त्यसपछिको सन्तानको रुपमा पनि छोरा नै जन्मिन्छ । ती छोरा हुर्कंदै जान्छन् । साधारण लेखपढ गर्न नजान्ने बुवाआमा उनलाई पढाउन जरुरी ठान्छन् । गाउँदेखि सदरमुकामका विद्यालयसम्म जेनतेन गरेर एसएलसीसम्म पढाउँछन् । त्यसपछिको शिक्षा पूरा गर्न छोराले आफैंले मिहिनेत गर्छन् । आफ्नो जीवनमा उनी देश-विदेशमा पुगेर सामाजिक अभियानताका रुपमा सक्रिय भएर काम गर्छन् ।

उनी हुन् जाजरकोटका नरबहादुर कार्की । वीरेन्द्रनगरमा भइरहेको कर्णाली उत्सवको पाँचौ संस्करणको पहिलो दिन उनले आफ्नो कथा सुनाए । उत्सवमा उनले कर्णालीको पैकेलो (हिरो) का रुपमा कथा सुनाएका हुन् ।

‘मलाई आमाबुवाले पढाउन जरुरी ठान्नुभयो, बुवा गोठालो हुनुहुन्थ्यो, उहाँले गोठालाको छोरा पनि पढोस् न त भनेर ठान्नुभयो र मलाई पढाउनुभयो,’ उनले आफ्नो कथाको सुरुमा सुनाए, ‘बाबा र आमा दुवैलाई नाम लेख्न आउँथेन, म जान्दथेँ, त्यही नै मेरा बाबाआमाका लागि ठूलो कुरा थियो ।’

घट्टदेखि कालापहाड

सदरमुकामको विद्यालयमा एसएलसी पढ्दै गरेका उनी घरमा भएका बेला साथीभाइसँग घट्ट गए। त्यतिबेला साथीभाइहरुले पैसा कमाउन कालापहाड जानुपर्छ भनेर कुरा गरे। नरबहादुर पनि साथीभाइको लहडमा लागेर भारत जाने कुरामा सहमत भए।

उनीहरु घट्टबाट घर नफर्किएर भारततिर सोझिए। रुपैडिहादेखि सुरु हुने भारतका सडकहरुमा कतै बस, कतै रेल चढ्दै कमाउन सकिने गन्तव्यसम्म उनीहरु पुगे । भारतमा ६ महिना काम गरेपछि उनको हातमा तीन हजार ३०० भारु पर्‍यो ।

‘त्यतिबेला धेरै पैसा कमाउनुपर्छ भन्ने लाग्यो, फर्किएर रुपैडिहामा भारु साटेर नेपाली लिंदा मैंले १० र २० का नोट मागेर ल्याएँ। किन भने मैंले गाउँमा फर्किएर धेरै पैसा देखाउनु थियो,’ उनले आफ्नो विगत सुनाउँदै भने।

बसपार्कमा समोसा बेचेर पढे

भारतबाट फर्किएपछि नरबहादुरलाई फेरि पढ्नुपर्छ भन्ने लाग्यो। एसएलसी पास गरेपछि उनी तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा आए । सँगै पढ्ने साथीहरुसँग पैसा थियो, उनीहरु डेरा लिएर सुर्खेतमा बस्थे। नरबहादुरसँग थिएन, उनले बसपार्कमा खरको छाप्रो बनाएर बसे ।

‘भेरी नदीको छेउमा गएर खर ल्याएँ, बसपार्कनजिक छाप्रो बनाएँ,’ उनले सुनाए, ‘बिहान बेलुका जेरी र समोसा बनाएर बेचेँ, दिनभर पढ्थेँ। मैंले त्यो बेला समोसा कसरी बनाउने, कसरी बेच्ने, गाडी चालकलाई ग्राहकका रुपमा कसरी खुशी बनाउने भनेर अर्को शिक्षा सिकेँ।’

उनी त्यही जुगाडमा आफ्नो अध्ययन उद्देश्य पूरा गर्दै थिए। बीचमा नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्ने योजना ल्यायो। नरबहादुरले छाप्रो हटाउन आएका डोजरको प्रतिकार गरे। मेयरलाई आफ्नो समस्या राखे। तत्कालीन मेयरले उनका समस्या बुझे र त्यही जुगाडमा बसेर पढ्न दिए ।

अध्ययन जीवनमा उनी हरेक समस्यासँग जुधे। समस्या समाधान भएपछि जीवनको सुरुआत् हुन्छ भन्ने अपेक्षा राखिरहे।

आफूले सोचेको जस्तो जीवनको सुरुआत् भने कहिल्यै नभएको उनी बताउँछन्।‘सानोमा ठूलो भएपछि जिन्दगी सुरु होला भन्ने लाग्थ्यो, थोरै पढेको थिएँ, धेरै पढेपछि जीवन सुरु होला भन्ने लाग्थ्यो,’ उनले भने, ‘विभिन्न समस्या आउँथ्यो, समाधान भएपछि जीवन सुरु होला भन्ने लाग्थ्यो, तर कहिल्यै सोचेको जस्तो जीवन सुरु भएन, जीवनमा संघर्ष गरिरहनुपर्‍यो ।’

सामाजिक अभियान

उनले जीवनमा आफ्ना लागि मात्र संघर्ष गरेनन्। समाजका लागि अभियान चलाए। उनले जीवनमा मातृ स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरे ।

कुनै बेला नेपाल सरकारले दूरदराजका गाउँमा एक हजार ४०० वटा बर्थिङ सेन्टर बनाउन अभियान चलाएको थियो। त्यो अभियानमा उनी पनि एक मुख्य अभियानतामध्येका थिए। उनी पनि अभियानका क्रममा दूरदराज पुगे र सरकारको उद्देश्य प्राप्तिमा भूमिका निर्वाह गरे।

जीवन प्रशिक्षकका रुपमा पहिचान बनाएका नरबहादुरले नेपाललाई पूर्ण खोपयुक्त बनाउने अभियान पनि चलाए ।

सामाजिक कार्य गर्दैगर्दा उनी युद्धले जर्जर बनाएका अफगानिस्तान, इराक, सेयरालियोनदगायत देशका विभिन्न बस्तीहरुमा पुगेर पनि काम गरे।

नरबहादुर भन्छन्, ‘मेरो अभियानका क्रममा कर्णालीवासीले दिएका साथ र माया मेरा प्रेरणाका स्रोतहरु हुन्।’

नरबहादुर आफूसँग नभएको भन्दा पनि भएका कुराहरुलाई हेरेर खुशी हुन सुझाउँछन्। जीवन चुचुरोमा पुग्ने खेल हो भन्ने उनलाई लाग्दैन।‘मैले जीवनमा सिकेको कुरा भनेको जीवनको ढाँचा बदल्न सकिन्छ, हाम्रो जीवनमा एउटै कथा रहँदैन, बदल्न पनि सक्छौं,’ उनी भन्छन्, ‘जीवन कुनै चुचुरोमा पुग्ने खेल होइन, जीवन त्यो पहाडमा चढ्ने खेल हो, जसको कुनै चुचुरो नै हुँदैन।’



from Online Khabar https://ift.tt/CRMdh0Q

Friday, February 16, 2024

भरतपुर विमानस्थल विस्तारका लागि सोमबारदेखि सर्भे गरिने

५ फागुन, चितवन । चितवनको भरतपुर विमानस्थलको विस्तारको प्रकि्रया अगाडि बढाउन सोमबारदेखि सर्भेको काम सुरु हुने भएको छ ।

सर्भे एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल बढाउने सहमति भएको हो ।

समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति गरिएको छ ।

विस्तारका लागि सर्भे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरूप ओएलएस -अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिए ।

सर्भेको रिपोर्ट आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढ्ने छ ।

नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित बसेको बैठकले विमानस्थल विस्तारको काम र घोडा प्रजनन् केन्द्रको शक्तिखोरमा स्थान्तरण गर्ने कार्य एक साथ अगाडि बढ्ने बताइएको छ ।

गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैंठकले विमानस्थलको रनवे विस्तारका लागि हाल रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्ने निर्णय गरेको हो ।

विमानस्थलको पूर्वतर्फ नीजि जमिन भएकोले विस्तार गर्न सक्ने अवस्था छैन । ती जग्गामा प्राधिकरणले भवन निर्माणको काम र तला थप गर्न रोक लागएको छ ।

विमानस्थलको पश्चिमतर्फ रहेको पश्चिम चितवन जाने सडकलाई पनि विस्तारित विमानस्थलको छेउमा सार्नुपर्दछ ।

संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले ब्यहोर्ने छ । विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलगायत संरचना छन् ।

हाल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर-पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ ।

पूर्वतर्फका मानवीय संरचनाका कारणले विमानहरुले १२ सय सय मिटर रनवे पनि प्रयोग गर्न सक्दैनन् । विस्तार गरेपछि विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटर बन्नेछ ।

विमानस्थल विस्तार हुँदा ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ । यसको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान-अवतरण गर्न सक्दैनन् ।

विमानस्थल विस्तार भएपछि ठूला क्षमताका जहाज आउने, महँगो भाडा घट्ने, रात्रिकालीन उडान हुने अपेक्षा गरिएको छ । विमानस्थल विस्तार पछि जहाजको ˆयुल पम्प यहीँ निर्माण हुनेछ ।

अहिले भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँको लागतमा विमानस्थलको नयाँ टर्मिनल भवन पनि बनिरहेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, अन्तर्राष्ट्रिय सिटी हल, देशकै तेस्रो पर्यटकीय गन्तब्य, आर्थिक राजधानी, मेडिकल सिटी भएको कारणले विमानस्थलको विस्तार अति आवश्यक भएको बताइन् ।



from Online Khabar https://ift.tt/KRg724S

नेपालमा लगानी बढाउन अमेरिकामा गोलमेच सम्मेलन

न्यूयोर्क । नेपालमा व्यापार, पर्यटन र लगानी बढाउने उद्देश्यसहित नेपाल महावाणिज्य दूतावास न्यूयोर्कले गोलमेच सम्मेलन गरेको छ ।

ब्रुकलिन चेम्बर अफ कमर्शसँगको सहकार्यमा महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा ५० भन्दा बढी अमेरिकी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

‘नेपालमा व्यापार, पर्यटन र लगानीका अवसरहरू’ विषयक गोलमेच छलफलमा अमेरिकी व्यवसायीहरुले नेपालमा हुन लागेको तेस्रो लगानी शिखर सम्मेलनका बारेमा चासो राखेका थिए ।

उनीहरुले नेपालमा लगानीको सम्भावना, पर्यटकीय गन्तव्य र त्यसका चुनौतीका बारेमा समेत चासो व्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यवहाक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले व्यवसायीहरुलाई नेपाल भ्रमण गर्न र लगानी बढाउन आग्रह गरे ।

उनले लगानी विस्तारका लागि सहजिकरण गर्न नेपाली महावाणिज्य दूतावास सधै तयार रहेको पनि जानकारी दिए ।

ब्रुकलिन चेम्बर अफ कमर्शसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमका मुख्य वक्ता संयुक्त राष्ट्संघ स्थायी नियोगका प्रतिनिधि एवं राजदुत लोकबहादुर थापाले नेपालमा राजनीति स्थायीत्वसँगै लगानीको राम्रो वातावरण बनेको भन्दै अमेरिकी लगानीकर्ताहरुका लागि लगानी गर्न उत्कृष्ट समय रहेको बताए ।

उनले लगानीकर्ताहरुका लागि सहजिकरण गर्न नेपाल सरकार सधैं तत्पर रहेको भन्दै अमेरिका र नेपालबीचको परस्पर सम्बन्धलाई लगानीले थप मजबुत बनाउने दाबी गरे ।

उनले नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी नीति, कानुनी संस्थागत ढाँचा र रणनीतिहरू सहज बनाएको जानकारी दिंदै नेपालमा लगानी गरेकोमा अमेरिकी तथा गैरआवासीय नेपाली उद्यमीहरुको प्रशंसा पनि गरे ।

कार्यक्रममा अमेरिकी विदेश विभागकी प्रतिनिधि ओलिभिया स्नाजाले नेपालप्रति अमेरिकी चासो अझै बढिरहेको भन्दै नेपालको विकासमा अमेरिकी सहयोग जारी रहने बताए ।

त्यस्तै ग्रेटर न्यूयोर्क च्याम्बर अफ कमर्शका अध्यक्ष एवं सीईओ मार्क जाफ, ब्रुकलिन चेम्बर अफ कमर्सका उपाध्यक्ष डिना रबिनर सोर्स एटलान्टिकमा अध्यक्ष एवं सिईयो विलियम म्याकगोवेन, मिडास क्यापिटल इन्भेष्टमेन्टका अध्यक्ष डेभिड जे. मार्टिनले नेपालसँग थप व्यापारिक सम्बन्ध विस्तार गर्न आफूहरु आतुर रहेको बताए ।

कार्यक्रमको दोस्रो चरणमा व्यवसायी एवं विज्ञहरुबीच गोलमेच छलफल गरिएको थियो । अमरिकी बरिष्ठ सञ्चारकर्मी किरण क्षेत्रीले सहजीकरण गरेको पहिलो चरणको छलफलमा नेपाली गार्डेन न्यूयोर्कका सिईओ अनिल रौनियार, नेपाल टि कलेक्टीभ न्यूयोर्कका संस्थापक एव निश्चल बाँस्कोटा, ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शका अध्यक्ष प्रदीप श्रेष्ठ, माउन्टेन लिगेसी इन्टरनेशनलका सिईओ एवं सनराईज पश्मिनाका संचालक डा. सेथ सिक्रोफ र स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका पूर्व सिईओ शैलेश मिश्रले सहभागिता जनाएका थिए ।

उनीहरुले नेपालमा गरिएको लगानी, व्यापार अनुभव र चुनौतीका बारेमा छलफल गरेका थिए ।सारांशमा नेपाल लगानीको निकै सम्भावना भएको क्षेत्रको रुपमा टिप्पणी गरिएको थियो ।

त्यस्तै अमेरिकी एक्सप्रेसकी बरिष्ठ जोखिम प्रबन्धक स्नेहा शर्माले सहजिकरण गरेको दोस्रो गोलमेच छलफलमा युएस-नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष वेद खरेल, एभरेष्ट फेडरल क्रेडिट युनियनका सीईओ विराज रिजाल, क्रस बोर्डर पेमेन्ट तथा स्थार्टप माच्नेटका सिईओ जय दाहाल, कोलम्बीया युनिभर्सिटीका एसिस्टेन्ट प्रोफेशर डा. समिर मास्के र क्रस रिभर बैंकका क्वान्टीटिभ रणनीति प्रमुख प्रवेश रिजालको सहभागिता रहेको थियो ।

उनीहरुले आफ्नो सफलताका कथा सुनाउँदै अवको दुनियाँ सूचना प्रविधिको भएको र त्यसका लागि आफूहरुले नेपालमा योगदान गर्न सक्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा व्यवसायीहरुले नेपाल सरकारको नीतिका बारेमा चासो राखेका थिए भने कार्यवहाक महावाणिज्य दूत गौतमले सम्बन्धित प्रश्नको जवाफ दिएका थिए ।

सहभागिहरुले आगामी अप्रिलमा हुन लागेको तेस्रो लगानी शिखर सम्मेलनमा सहभागिताका लागि चासो व्यक्त गरेका थिए ।



from Online Khabar https://ift.tt/pr4WfKm

भारतविरुद्ध इंग्ल्यान्ड : दुई दिनमै तीन शतक र ६५२ रन

एजेन्सी । भारतले पहिलो इनिङमा विशाल योगफल बनाए पनि इंग्ल्यान्डले आफ्नो आक्रामक क्रिकेटलाई निरन्तरता दिएपछि तेस्रो टेस्टमा दोस्रो दिन नै रोचकता थपिएको छ ।

राजकोटमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो इनिङमा ४४५ रनमा अल आउट भयो । भारतका कप्तान रोहित शर्माले १९६ बलमा १४ चौका र ३ छक्कासहित १३१ रनको शतकीय इनिङ खेले । रविन्द्र जडेजाले २२५ बलमा ९ चौका र २ छक्कासहित ११२ रनको शतकीय इनिङ खेलेका थिए ।

एक समय ३३-३ को अवस्थामा पुगेपनि जडेजा र रोहितले चौथो विकेटका लागि २०४ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

भारतीय घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका शरफराज खानले डेब्यूमा ६६ बलमा ९ चौका र १ छक्कासहित ६२ रन बनाए । जडेजाको गलत कलको कारण उनी रन आउट भएका थिए ।

डेब्यू खेलाडी ध्रुब जुरेल ४६, रविचन्द्रन आश्विन ३७ र जस्प्रित बुमराह २६ रनमा आउट भए । इंग्ल्यान्डका मार्क वुडले सर्वाधिक ४ विकेट लिए । रेहान अहमद २, जेम्श एन्डरसन, टम हार्टली र जो रुटले १/१ विकेट लिए ।

दोस्रो दिन अन्तिम सेसन पहिलो इनिङ ब्याटिङ गरेको इंग्ल्यान्डले मात्रै ३५ ओभरमा २ विकेट गुमाउँदै २०७ रन बनाएको छ । पहिलो इनिङमा २३८ रनले पछि परेपनि इंग्ल्यान्डले भारतलाई गतिलो जवाफ फर्काएको छ ।

ओपनर बेन डकेट ११८ बलमा २१ चौका र २ छक्कासहित १३३ रनमा नट आउट छन् । उनले मात्रै ८८ बलमा शतक पूरा गरेका थिए । ओली पोप ३९ र ज्याक क्रली १५ रनमा आउट भए । जो रुट ९ रनमा क्रिजमा छन् । पाँच टेस्टको सिरिज १/१ को बराबरीमा छ । पहिलो खेलमा इंग्ल्यान्ड २८ रन र दोस्रो खेलमा भारत १०६ रनले विजयी भएका थिए ।



from Online Khabar https://ift.tt/ht2dISM

नेपालले आज नेदरल्यान्ड्सँग खेल्दै

५ फागुन काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालको रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले कप्तानी गर्नेछन् । पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । सट बलमा नेपाललाई फसाउँदै डच टोलीले १६७ रनमा अल आउट गरेको थियो ।

त्यस खेलमा ४ विकेट लिएका लोगन भान बिक यस पटक टोलीमा छैनन् । उक्त लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो । ७५ बलमा ८ चौका र ४ छक्कासहित ९० रनको इनिङ खेलेका ओपनर म्याक्स ओडाउड नेपालको कन्डिसन बारे जानकार छन् ।

२०२१ को त्रिकोणात्मक टी-२० आई शृङ्खलामा उनले मलेसियाविरुद्ध टी-युमा १३३ रनको शतकीय इनिङ खेलेका थिए । बास डि लिडे, म्याक्स ओडाउड, तेजा निडामानिरु, स्कट एडवार्ड्स र विक्रमजित सिंह जस्ता ब्याटरले नेदरल्यान्ड्सको ब्याटिङ मजबुत बनेको छ । अलराउन्डर लिडे प्रमुख हतियार हुन् ।

नेदरल्यान्ड्सले स्पिन अलराउन्डर रोलेफ भान डर मर्वे, शरिज अहमद र आर्यन दत्त गरि तीनै जनालाई मैदान उतार्न सक्छ । सबैले राम्रो ब्याटिङ पनि गर्दछन् । अनुभवी मर्वेको बलमा नेपाली ब्याटर संयमित हुन आवश्यक देखिन्छ । भिभियन किंग्मा र लिडे प्रमुख तीव्र गतिका बलर हुन् ।

नेदरल्यान्ड्सका ब्याटर स्पिन खेल्न संघर्ष गर्ने गर्दछन् । स्कट बाहेक अन्यको स्पिनविरुद्ध  स्ट्राइकरेट र प्रदर्शन त्यति राम्रो छैन । नेपालले यस कमजोरीमा ध्यान दिनुपर्छ ।

यता नेपाल घरेलु मैदान, कन्डिसन र दर्शकको भरपूर्ण फाइदा उठाउन खोज्नेछ । नेपालले आज पवन सरार्फ र आसिफ शेखलाई बाहिर राख्दै दीपेन्द्रसिंह ऐरी र आरिफ शेखलाई मैदान उत्रर्ने सम्भावना छ ।

दीपेन्द्रको प्लेइङ–११ मा पक्कापक्की जस्तै देखिन्छन् । दीपेन्द्र खेल्दा पवन बाहिर हुनेछन् । आसिफलाई बाहिर राख्दै आरिफलाई मौका दिनसक्छ ।

पछिल्लो खेलमा नेपाल नामिवियासँग १३२ रनमा अल आउट भएको थियो । खराब सट प्रमुख कारण थियो । नेपाली ब्याटरले क्रिजमा धैर्यता देखाउन आवश्यक पर्दछ । रोहित पौडेल र भीम सार्की प्रमुख ब्याटर हुन् । कुशल भुर्तेल र अनिल साह मध्य एकले ठूलो इनिङ खेल्नु पर्ने हुन्छ ।

नेदरल्यान्ड्सलाई दबाबमा राख्न पावर प्लेमा कम्तिमा दुई विकेटको आवश्यकता पर्नेछ । सोमपाल र करणको जोडीले ध्यान दिनुपर्छ । स्पिनर ललित र दीपेन्द्रको प्रदर्शन झनै महत्वपूर्ण हुनेछ ।

गत अक्टोबरमा विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको नेदरल्यान्ड्सको मनोबल उच्च छ । विश्वकप छनोटमा वेस्टइन्डिजले दिएको ३७५ रनको लक्ष्य टाई गरेको थियो । टस निकै महत्वपूर्ण हुनेछ । बिहानको समयमा ब्याटिङ गर्न सहज मानिंदैन । टस हारेर पहिला ब्याटिङ गर्नुपरे नेपाल सुरुवातमा केही समस्यामा पर्न सक्छ ।

हेड टु हेड

नेपाल र नेदरल्यान्ड्सबीच ओडीआईमा  तीन तीन ओडीआई खेल भएका छन् । नेपाल एक खेलमा जित्दा २ खेलमा हारेको छ । २०१८ मा नेपाल पहिलो खेलमा ५५ रनले पराजित हुँदा दोस्रो खेलमा एक रनले विजयी भएको थियो । गत जुनमा नेपाल ७ विकेटले पराजित भएको थियो ।

नेपालको टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।

नेदरल्यान्ड्सको टोली

म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, तेजा निडामानिरु, स्कट एडवाड्र्स (कप्तान तथा विकेटकिपर), माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे, क्याइल केलिन, ओलिभर एलेनबास ।



from Online Khabar https://ift.tt/RVYwyUg

Thursday, February 15, 2024

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ३ प्रस्तावमाथि आजदेखि छलफल

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत प्रस्तावहरुमाथि आजदेखि छलफल सुरु हुँदै छ । छलफलका लागि बिहान ९ बजेदेखि बैठक सुरु हुँदैछ ।

उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव माथि आजदेखि छलफल सुरु हुन लागेको हो ।

तीनवटै प्रस्तावहरु बिहीबारको बैठकमा पेस भएका थिए । ती प्रस्तावमा शुक्रबार र शनिबार दुई दिन छलफल हुने छ । केन्द्रीय सदस्यहरुले प्रस्तावहरुमाथि आफ्ना धारणा राख्ने र ती धारणाहरुलाई समेत समेटेर प्रस्तावलाई अन्तिम रुप दिने नेपाली कांग्रेसले जनाएको छ ।

त्यसपछि ती प्रस्तावहरु ७ फागुनदेखि ललितपुरको गोदाबरीमा सुरु हुने महासमिति बैठकमा प्रस्तुत गरिने छ ।



from Online Khabar https://ift.tt/vYW0wRB