Friday, February 2, 2024

सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

२० माघ, काठमाडौं । देशको पहाडी भू-भागमा आज पनि मौसम आंशिकरुपमा बदली भएको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साँझ सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना हरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार कोशी, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ ।



from Online Khabar https://ift.tt/KRs0GfA

No comments:

Post a Comment