Wednesday, February 14, 2024

नेपालले आज नामिबियासँग खेल्दै

३ फागुन, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

२०२७ सम्म चल्ने लिग-२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् ।

पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपाल घरेलु मैदान, दर्शक, कन्डिसन र आफ्नो उच्च लयलाई निरन्तरता दिंदै विजयी सुरुआत गर्ने सोचमा हुनेछ ।

नेपालको कप्तानी रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले गर्नेछन् । नेपालले यसै साता क्यानडासँग तीन ओडीआई खेलको सिरिज खेल्दै क्लिन स्विप गरेको थियो । त्यसैले नेपालको मनोबल उच्च छ ।

नेपालले आज ओपनर आसिफ शेखको स्थानमा अनिल शाहलाई मौका दिने सम्भावना रहन्छ । क्यानडासँग दुई खेलमा अनिलले ५० र ११२ रन बनाएपछि त्यो सम्भावना बढेको हो । क्यानडासँग अन्तिम खेलमा शतक हानेका भीम सार्कीले भने निरन्तरता पाउनेछन् । रोहित पौडेल र आरिफ शेख नेपालका प्रमुख दुई ब्याटर हुन् । मध्यक्रममा यी दुई खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेशल लिग टी-२० को कारण आजको खेल गुमाउने छन् । उनी नहुँदा पवन सरार्फ खेल्ने सम्भावना छ ।

नेपालको तीव्र गतिको बलिङ आक्रामणमा करण केसी र सोमपाल कामी हुनेछन् । गुलशन झालाई अलराउन्डरको रुपमा खेलाउन सक्छ । स्पिनरमा भने ललितनारायण राजवंशी प्रमुख बलर हुन् । उनलाई रोहित, पवन र कुशलले साथ दिनेछन् ।

उता नामिबियाका बायाँ हाते ओपनर माइकल भान लिंगेनले ओडीआईमा नेपालविरुद्ध गत वर्ष लिग-२ मा दुई शतक हानेका थिए । त्यसैले उनको विकेट आज निकै महत्वपूर्ण हुनेछ ।

नामिबियायको ब्याटिङ लाइनअप मजबुत छ । कप्तान जेराल्ड इरास्मस, जेन फ्रेलिंक, जेपी कोट्जी र निकोलस डेभिन जस्ता खेलाडी नामिबियाको टोलीमा छन् ।

तीव्र गतिका बलर रुवेन ट्रम्पलम्यानको बलमा सम्हाल्लिनु पर्ने हुन्छ । यु-१९ विश्वकप खेलेका ज्याक ब्रासेलले डेब्यू गर्ने सम्भावना छ । इंग्ल्यान्डमा घरेलु क्रिकेट खेल्ने उनले नेपाललाई सरप्राइज दिनसक्छन् । बेन शिकोंगो र बेर्नार्ड स्कोल्ट्ज दुई प्रमुख स्पिनर हुन् ।

गत वर्ष दुवै खेलमा पहिला ब्याटिङ गर्दै नामिबियाले २८५ र २७४ रन बनाए पनि जोगाउन सकेको थिएन । नेपाल र नामिबियाबीच भएका पछिल्ला पाँच खेलमा समान दुई खेलमा जित र हार व्यहोरेका छन् ।

नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि बुधबार नामिबिया र आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

हेड टु हड

नेपाल र नामिबियाबीच ६ ओडीआई खेल भएका छन् । जसमा नेपाल २ खेलमा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो ।

नामिबियाको टोली

जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिथ (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि(इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे र मलान क्रुगर ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।



from Online Khabar https://ift.tt/NweQTtL

No comments:

Post a Comment