Tuesday, February 6, 2024

दक्षिण कोरियालाई स्तब्ध पार्दै जोर्डन पहिलो पटक फाइनलमा

२४ माघ, काठमाडौं । जोर्डन पहिलो पटक एएफसी एसियन कपको फाइनल पुगेको छ । दुई पटकको विजेता दक्षिण कोरियालाई २-० ले पराजित गर्दै जोर्डन कतारमा जारी एसियन कप २०२४ को फाइनल प्रवेश गरेको हो ।

अहमद विन अली स्टेडियममा मंगलबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफमा जोर्डनले दुई गोल गर्दै दक्षिण कोरियालाई स्तब्ध बनायो ।

जोर्डनका लागि याजन अल-नाइमतले ५३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । माउसा सुलेइमनले ६६औं मिनेटमा गोल गरी जोर्डनको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट गोल भएन र जोर्डन जायन्ट किलर बन्दै पहिलो पटक फाइनल पुगेको हो ।

जोर्डनले अब उपाधिका लागि इरान र कतारबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।



from Online Khabar https://ift.tt/BgGb59H

No comments:

Post a Comment