Sunday, March 31, 2024

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग तेस्रो टी-२० खेल्दै,  क्लिनस्विपबाट जोगिने सोच

१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ ।

खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो । दोस्रो खेलमा २२५ रनको लक्ष्य पछ्याउँदा ६ ओभरमा नेपालले ८७ रन बनाए पनि त्यसपछि राम्रो रन बनाउन सकेको थिएन ।

पहिलो खेलमा लोकेश बमले १०६ र दोस्रो खेलमा २५ रन बनाएका थिए । नेपालका शीर्षक्रमका ब्याटर देव खनाल र विनोद भण्डारी राम्रो सुरुवात दिलाएका थिए । नेपालका मध्यक्रम र तल्लोक्रमका ब्याटरले आज राम्रो गर्नुपर्ने हुन्छ । सुरुवाती दुई खेलमा मौका नपाएका नारायण जोशी र तीव्र गतिका बलर विकाश आग्रीले आज खेल्ने मौका पाउन सक्छन् । लोकेशबाट नेपाल आज पनि आक्रामक ब्याटिङ चाहन्छ ।

उता आयरल्यान्ड ए का पिटर मुरले पहिलो खेलमा ४९ र दोस्रो खेलमा ६५ रन बनाएका थिए । कप्तान निल रकले पहिलो खेलमा ३८ र दोस्रोमा ७१ रन बनाएका थिए । नेपालले यी दुई खेलाडीको विकेट समयमै लिन सक्नुपर्छ ।

बलिङमा नेपालले दुवै खेलमा २२० माथि रन खर्चेको छ । त्यसैले आजको खेलमा बलरले राम्रो बलिङ गर्नुपर्ने हुन्छ ।

त्यसपछि तीन एक दिवसीय सिरिज हुनेछ । पहिलो खेलमा बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ । नेपाल ए ले टी-२० र एक दिवसीयलाई फरक-फरक टोली घोषणा गरेको थियो ।



from Online Khabar https://ift.tt/QMEViz3

रियलमी के फोन पर मिल रही है तगड़ी छूट, 2TB तक बढ़ा सकते हैं स्टोरेज

अगर आप कोई बजट सेगमेंट का फोन खरीदने की सोच रहे हैं तो आपके लिए रियलमी का फोन काफी अच्छे डिस्काउंट पर उपलब्ध कराया जा रहा है. सेल अमेज़न पर शुरू हुई है और यहां से कई बड़ी डील का फायदा पाया जा सकता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/acsj7rw

धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद चेन्नाईको पहिलो हार

१९ चैत, काठमाडौं । ४२ वर्षीय विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ । चेन्नाईको पहिलो हार र दिल्लीको पहिलो जित हो ।

१९२ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । चेन्नाईका धोनी १६ बलमा ४ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । धोनीले अन्तिम ओभरमा एनरिच नोर्कियालाई समान २ छक्का र चौकासहित कुल २० रन प्रहार गरेका थिए ।

अजिंक्या रहाणे ३० बलमा ५ चौका र २ छक्कासहित ४५, कप्तान ऋतुराज गायकवाड १, रचिन रविन्द्र २, डर्याल मिचेल ३४, शिबम दुबे १८ र समिर रिज्वी शून्यमा आउट भए ।

जडेजा १७ बलमा २ चौकासहित २१ रनमा नट आउट रहे । दिल्लीका मुकेश कुमार ३, खलिल अहमद २ र अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि विशाखापट्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनायो । दिल्लीका डेविड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५२ तथा अर्का ओपनर पृथ्वी शाले २७ बलमा ४ चौका र २ छक्कासहित ४३ रन बनाए ।

कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चाका र ३ छक्कासहित ५१ र मिचेल मार्श १८ रनमा आउट भए ।

चेन्नाईका मथिशा पाथिरानाले ४ ओभरमा ३१ रन खर्चेर ३, मुश्ताफिजुर रहमान र रविन्द्र जडेजाले १(१ विकेट लिए । आईपीएलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

कोलकाता २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नाई ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । राजस्थान २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।



from Online Khabar https://ift.tt/N8sjwgL

Saturday, March 30, 2024

टी-२० सिरिजमा नेपालले आज गुजरातसँग खेल्दै

१८ चैत, काठमाडौं  । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २:४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ ।

नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।

बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकोछ ।

गुजरातको कप्तानी उमांग कुमार र नेपालको रोहित पौडेलले कप्तानी गर्ने छन् । नेपालको कुशल भुर्तेल, दीपेन्द्र सिंह ऎरि र कुशल मल्ल प्रमुख हतियार हुन् ।

डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन राम्रो छैन । त्यो सुधारको आवश्यक देखिन्छ ।

विवेक यादव, सन्दिप जोरा र प्रतिश जिसि जस्ता युवा खेलाडीलाई मौका दिएर हेर्न सक्छ ।

दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालको टोली: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।

गुजरातको टोली : उमांग पटेल(कप्तान) ,अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई ।



from Online Khabar https://ift.tt/SWDqrjI

प्रतिनिधि सभाको बैठकमा आज झण्डै आधा दर्जन सम्भावित कार्यसूची

१८ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

सभामुख देवराज घिमिरेको विदेश भ्रमणका कारण १० दिनपछि बस्न लागेको बैठकमा झण्डै आधा दर्जन सम्भावित कार्यसूची छन् । यद्यपि सम्भावित कार्यसूचीमा सभामुखले केही हेरफेर पनि गर्न सक्ने छन् ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सुरुमा सभामुख घिमिरेले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट  प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यवहोरा पढेर सुनाउने छन् ।

त्यसपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्ती संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०८० प्रस्तुत गर्ने र भन्सार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।



from Online Khabar https://ift.tt/d9xJB7U

Friday, March 29, 2024

नेपाल ए ले आज आयरल्यान्डसँग दोस्रो टी-२० खेल खेल्दै

१७ चैत, काठमाडौं । नेपाल ए ले दोस्रो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ ।

पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो । अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो ।

नेपालका लोकेश बलमे १०६ रनको शतकीय इनिङ र आरिफ शेखले ४९ रन बनाएका थिए । पहिलो खेलको ब्याटिङले खेलाडीको मनोबल बढ्नेछ ।

नेपालको मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न सकेका थिएनन् । नेपालले आज फिनिसर नारायण जोशीलाई मौका दिनसक्छ । १४ महिनापछि क्रिकेटमा फर्किएका कमलले तीन विकेट लिंदै राम्रो प्रदर्शन गरेका थिए । बलिङमा भने केही सुधार गर्नुपर्ने देखिन्छ ।

उता पिटर मुर आयरल्यान्डका प्रमुख ब्याटर हुन् । उनले पहिलो खेलमा ४९ रन बनाएका थिए । स्टेफन डोहेनी, निल रक र ग्यारेथ डेलानी पनि राम्रो ब्याटर हुन् ।



from Online Khabar https://ift.tt/U6xXSVF

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण

१७ चैत, गलकोट (बागलुङ) । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ ।

सङ्घीय सरकारको दुई करोड  अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ।

बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ ।

पुल बनेपछि सधैभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ ।

भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरुका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको संविधानसभा सदस्य नरबहादुर थापाले बताए ।

उनले भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । ‘अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ,’ उनले भने ।

नवनिर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ ६.६ मिटर छ । पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइदैछ ।



from Online Khabar https://ift.tt/BYGutcb

मौसम आंशिक बदली, केही ठाउँमा चट्याङसहित वर्षा हुने

१७ चैत, काठमाडौं । आज पनि देशभर मौसम आंशिक बदली भएको छ । स्थानीय वायु र मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको प्रभावका कारण मौसममा बदली आएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार पनि पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क रहन माशाखाले सचेत पनि गराएको छ ।



from Online Khabar https://ift.tt/KFn6ojX

आईपीएलमा आरसीबीको दोस्रो हार, कोलकाता दोस्रो स्थानमा

१७ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी)ले दोस्रो हार व्यहोरेको छ ।

कोलकाता नाइट राइडर्स (केकेआर)ले शनिबार राति भएको खेलमा आरसीबीलाई उसैको मैदानमा ७ विकेटले पराजित गरेको हो ।

बेंग्लोरले दिएको १८३ रनको लक्ष्य कोलकाताले ३ विकेट गुमाएर १६.५ ओभरमै भेटायो ।

कोलकाताका वेन्कतेश ऐयरले सर्वाधिक ५०,  सुनिल नरेनले ४७ रन, फिल साल्टले ३०,  कप्तान श्रेयर ऐयरले अविजित ३९ रन र रिंकु सिंहले ५ रन बनाउँदै जित हासिल गरे ।

बेंग्लोरका यश दयाल, मंयक डगर र विजयकुमारले समान एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेट गुमाएर पूरै २० ओभर खेल्दै १८२ रन बनाएको थियो । बेंग्लोरका लागि विराट कोहलीले उत्कृष्ट पारी खेल्दै ८३ रनको योगदान गरेका थिए । बेंग्लोरका  क्यामरुन ग्रिनले ३३, ग्लेन म्याक्सवेलले २८ र दिनेश कार्तिकले २० रन जोडेका थिए ।

कोलकाताका लागि हर्षित राना र आन्द्रे रसले दुई/दुई र सुनिल नरेनले एक विकेट लिए । महँगा खेलाडी मिचेल स्ट्राकले भने यो खेलमा पनि राम्रो गर्न सकेनन् ।

दुई खेलमा दुई खेल जितेको केकेआर अंकतालिकको दोस्रो स्थानमा छ भने तीन खेलमा दुई खेल हारेको बेंग्लोर अंकतालिकाको छैंटौं स्थानमा रहेको छ ।

आज राति लखनउ सुपर जायन्ट र पञ्जाब किंग्सबीच खेल हुँदैंछ ।



from Online Khabar https://ift.tt/N3T2YSn

Thursday, March 28, 2024

दूरसञ्चार प्राधिकरणका कर्मचारीमाथि अख्तियारले लगाएको आरोप के हो ? 

१६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार छलेर ल्याइएका मोबाइल सेटलाई निष्कृय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भनी विहीबार विशेष अदालतमा मुद्दा दायर गर्यो ।

प्राधिकरणका दुई पूर्व अध्यक्ष सहित १४ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । थप ५ जना ठेकेदार कम्पनी र तिनका कर्मचारी छन् । अख्तियारले मलेसिया र सिंगापुरका दुई कम्पनीहरुमाथि समेत बिगो मागदावी सहित मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुमाथि ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । त्योमध्ये २३ करोड २० लाख रुपैयाँ भुक्तानी भएको दाबीसहित जरिवाना माग दाबी लिएको छ ।

अख्तियारले नेपाल दुरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालमाथि विशिष्ट श्रेणीमा बसेर भ्रष्टाचार गरेको आरोपमा अरुलाई हुने सजायमा थप ३ वर्ष सजाय हुनुपर्ने मागदाबी गरेको छ ।

को माथि के आरोप ?

अख्तियारले दुरसञ्चार प्राधिकरणको नेतृत्व सहितका कर्मचारीहरुले बदनियतका साथ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) खरिद गरेको आरोप लगाएको छ ।

हाल नेपाल टेलिकम र एन्सेलले इक्विपमेन्ट आइडेन्टिटी रजिष्ट्रर(आईईआर) सञ्चारमा ल्याएका छन् । जसले अनधिकृत मोबाइल सेट पहिचान भएमा सञ्चालनमा आउन नदिई रोक लगाउन सक्छन् ।

टेलिकम अपरेटरहरुले नै अनधिकृत सेट पहिचान गर्ने उपकरण खरिद गरी सञ्चालनमा ल्याएको अवस्थामा फेरि त्यही उपकरण र प्रणाली खरिदका लागि प्राधिकरणको रकम खर्च गर्नु भ्रष्टाचार भएको अख्तियारको दाबी हो । नेपाल टेलिकमले त्यो उपकरण ७४ हजार ६१३ अमेरिकी डलर र एन्सेलले एक लाख २६ हजार डलरमा किनेको देखियो । प्राधिकरणले त्यही उपकरण खरिदका लागि एक करोड ११ लाख अमेरिकी डलरको प्रस्ताव अघि बढाएको थियो ।

सार्वजनिक खरिद ऐनको प्रक्रिया मिचेर खरिद गर्न खोजिएको, हार्डवेयर र सफ्टवेयर छुट्टाछुट्टै खरिद गर्नुपर्नेमा मिसाएर खरिद गरेको अख्तियारको दाबी हो । निर्माण स्थल(प्राइमरी डाटा सेन्टर रहने स्थान)को टुंगो नलगाई कानून विपरीत विनियमावली तयार गरेको र खरिद अघि बढाएको उनीहरुमाथि आरोप छ ।

लागतको विस्तृत विवरण नै तयार नगरी उपकरण खरिद रकम निर्धारण गरेको, ६ महिनासम्म अन्तर्राष्ट्रिय र राष्ट्रिय विशेषज्ञ टोलीले सफ्टवेयर तयार गर्ने भनी एक अर्ब भन्दा बढीको लागत अनुमान तयार गरेको भन्दै अख्तियारले त्यो कामलाई बदनियत भनेको छ ।

दिगम्बर झा

अख्तियारले नेपाल दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झामाथि पेश भएको विनियमावली स्विकृत गरी निर्णय गराएको अनि टेण्डरका कागजात र लागत अनुमान स्विकार गरेको आरोप लगाएको छ । उनले नै लागत अनुमान स्विकृत नगरी आशयपत्र माग गराई काम गरेका थिए ।

त्यो काममा झा सहित प्राधिकरणका कर्मचारीहरु अच्युतानन्द मिश्र, सन्दिप अधिकारी, सूर्यप्रसाद लामिछाने, विजय कुमार राय यादव समेतको संलग्नता रहेको भन्दै अख्तियारले विड सेक्युरिटी(धरौटी) राख्ने प्रावधान थपेर प्रतिस्पर्धालाई सीमित बनाएको दाबी गरेको छ । उसको दाबीमा यसरी सेक्यूरिटीको प्रावधानका कारण दुई वटा प्रतिस्पर्धी कम्पनीहरु बाहिरिएका थिए ।

प्राधिकरणका प्रविधिक दिपेश आचार्य संयोजक रहेको समितिका अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्त, विजयकुमार राय यादव सदस्य रहेको समिति थियो, जसले कुनै विवरणको विश्लेषण नगरी हचुवाको भरमा काम गरेको र त्यसबाट राज्यकोषमा नोक्सान परेको अख्तियारको दाबी छ ।

अख्तियारको आरोपपत्रमा भनिएको छ, ‘वस्तुको मूल्यांकन नै तयार नगरी एक करोड ३ लाख अमेरिकी डलरको लागत अनुमान तयार गरेको ।’ उनीहरुमाथि आफूले दिएको प्रतिवेदनको प्रतिकुल हुने गरी आर्थिक प्रस्ताव खोल्न सिफारिस गरेको, कानुन विपरीत शर्तात्मक व्यवस्था राखेर प्रतिस्पर्धालाई सीमित गरेको अनि गलत लिखत तयार गरेको आरोप समेत छ ।

कर्मचारीहरु प्रतिक्षा पौडेल, विनोद चन्द्र श्रेष्ठ, आनन्दराज खनाल, मिनप्रसाद अर्यालमाथि टेण्डरको कागजात तयार गर्दा अस्वाभाविक लागत देखाएको र बदनियतका साथ काम गरेको आरोप लगाउँदै अख्तियारले उनीहरुमाथि विनियमावली स्विकृतका लागि पेश गर्दा समेत गलत ढंगले काम गरेको आरोप लगाएको छ ।

प्राधिकरणमा दिगम्बर झाको राजिनामापछि पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त भएका थिए । झाकै पालामा शुरु भएको एमडीएमएस खरिद प्रक्रिया खनालले पनि अघि बढाए ।

प्रतिस्पर्धामा रहेका दुई कम्पनीमध्ये एउटालाई अयोग्य घोषित गरेर उनीहरुले प्रतिस्पर्धालाई सीमित गरेका थिए ।

अख्तियारले त्यो काममा अच्युतानन्द मिश्र, सूर्य प्रसाद लामिछाने, सन्दिप अधिकारी संलग्न रहेको र अन्तिममा अध्यक्ष पुरुषोत्तम खनालले निर्णय गरेकोमा भ्रष्टाचार भएको आरोप लगाइएको छ । खनालमाथि त डलरमा भुक्तानी गर्ने भनी गरेको निर्णयले १३ करोड ८५ लाख रुपैयाँ राज्यकोषमा नोक्सान पारेको आरोप समेत छ ।

टेण्डर मूल्यांकनका क्रममा अच्युतानन्द मिश्र, सन्दिप अधिकारी, सूर्य प्रसाद लामिछाने, प्रतिक्षा पौडेल, निराजन कोइराला अनि मलेसियन कम्पनीका प्रतिनिधिहरु मोहम्बद विन मोहम्बद, अनुज सिंह र जामिल अहमद समेतको मिलेमतोमा शोधभर्ना दिने भनेको रकम बढाएर प्राधिकरणलाई नोक्सान पुर्याएको आरोप छ ।

कागजात गायब

उनीहरुले शुरुमा अफिस स्थापनाका लागि भनेर घरभाडाको रकम ठेक्कामा जोडेका थिए । पछि भने प्राधिकरण आफैंले अफिस स्पेस दिने भनी सम्झौता गरेको थियो । यो कामले लागत बढाएको अख्तियारको दाबी छ । प्रणाली स्थापनाका क्रममा शुरुमा पेड लाइसेन्स भएको सफ्टवेयर उपलब्ध गराउने भनेकोमा पछि ओपन सोर्सको सफ्टवेयर दिने सम्झौता भएको थियो ।

प्राधिकरणका लागि आवश्यक उपकरणहरु अहिले पनि वीरगञ्ज भन्सारमा रोकिएका छन् । सबै उपकरण ल्याउन नसकेको अवस्थामा प्राधिकरणले एमडीएमएस प्रणाली पूर्ण रुपमा सञ्चालनमा आएको भनी झुटो विवरण तयार पारेको थियो ।

अख्तियारको दावीमा अनुसन्धान शुरु भएपछि एमडीएमएस ठेक्कासँग सम्बन्धित आधा दर्जन कागजात गायव पारिएका छन् । त्यसक्रममा प्राविधिक मूल्यांकन प्रतिवेदनको पेज र त्यसमाथिको निर्णय, आर्थिक प्रस्ताव खोल्ने निर्णय र मुचुल्का, मोबिलियन ट्रेड नामक कम्पनीले पेश गरेको आर्थिक प्रस्ताव, मूल्यांकन प्रतिवेदन लगायतका कागजात भेटिएका छैनन् । कागजात नष्ट गरेको आरोपमा पुरुषोत्तम खनाल अनि टेण्डर मूल्यांकन समितिमा रहेका कर्मचारीहरुमाथि थप एक वर्षसम्म हुनेगरी सजायको मागदाबी छ ।

विदेशी कम्पनीविरुद्ध पनि मुद्दा

अख्तियारले एमडीएमएस उपकरण खरिदमा संलग्न कम्पनीहरु मलेसियाको न्यूमेरा कम्पनी, नमस्ते ग्लोबल सिंगापुर, ओएसआई डिजिटल इण्डिया विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

न्यूनमेराका अध्यक्ष मोहम्वद नुर अमिन विन मोहम्वद नुर खान, वार्तामा संलग्न मोहम्बद शिहाव विन कुन्ही मोहम्बद, चिफ अपरेसन अफिसर अनुज सिंह, प्रडक्ट स्पेसलिष्ट जमील अमिदमाथि प्राधिकरणका कर्मचारीहरुलाई प्रभावित पारेर भ्रष्टाचार गरेको आरोप छ ।

ती कम्पनीहरुको साझेदार नमस्ते ग्लोबल प्रा.ली.का निर्देशक कबिन्द्र राज मल्ल विरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले ती कम्पनीका केही एजेण्ट र प्राधिकरणका केही कर्मचारीलाई साक्षीको रुपमा पेश गरेर भ्रष्टाचारको सजाय र जरिवानाको मागदाबीमा छुट दिएको छ ।

 

थप पढ्नुहोस्–

एमडीएमएसले के गर्छ, के गर्दैन ? 

ठेकेदारको विवादास्पद पृष्ठभूमिले रोकियो ‘एमडीएमएस’ कार्यान्वयन 

एमडीएमएस तत्कालका लागि स्थगित

उपकरण नजोड्दै एमडीएमएस लागू गरेको घोषणा  

पूर्वसचिवकै हस्ताक्षर किर्ते गरेर ठेक्का 

सवा दुई अर्ब अनियमितता 

 

 

 



from Online Khabar https://ift.tt/gPRYeXE

रियानको उत्कृष्ट ब्याटिङमा राजस्थानको लगातार दोस्रो जित 

१६ चैत, काठमाडौं । युवा अलराउन्डर रियान परागको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै दोस्रो जित हात पारेको छ ।

जितको लागि १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । ओपनर डेविड वार्नर ३४ बलमा ५ चौका र ३ छक्कासहित ४९, मिचेल मार्श २३ र ऋषभ पन्त २८ रनमा आउट भए ।

राजस्थानमा नान्द्रे बर्गर र युजभेन्द्र चहलले २/२विकेट लिए ।

त्यसअघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । रियान पराग ४५ बलमा ७ चौका र ६ छक्कासहित ८४ रनमा नट आउट रहे ।

रविचन्द्रन आश्विन २९, ध्रुब्र जुरेल २०, यशस्वी जैसवाल ५, जस बटलर ११ र सञ्जु स्यामसन १५ रनमा आउट भए ।

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोर्किया, अक्षर पटेल र कुलदीप यादवले १/१ विकेट लिए ।

राजस्थान र चेन्नई दुबैको ४/४ अंक छ । चेन्नई नेटरनरेटको कारण शीर्ष स्थानमा छ ।



from Online Khabar https://ift.tt/7CRFHf1

Wednesday, March 27, 2024

एसईई आजदेखि, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने

१५ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु हुँदै छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।
आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी रुपन्देहीबाट चार जना, पर्सा र सप्तरीबाट दुई/दुई जना तथा सुर्खेत, बाँके, दाङ, चितवन, गोरखा, खोटाङ र इलाम सुर्खेतबाट एक/एक जना छन् ।

एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन् ।

जापानबाट २३ विद्यार्थीले एसईई दिंदै

यस वर्षको एसईई परीक्षामा जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्रा गरी जम्मा २३ जना परीक्षार्थीहरु सहभागी हुँदैछन् । एभरेष्ट इन्टरनेसनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो । यहाँ जापानमा बसोबास गर्ने नेपालीहरुका छोराछोरीले अध्ययन गर्छन् ।

जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने छ । जापानमा केन्द्र रहेको स्कुलको प्रिन्सिपललाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । उत्तर पुस्तिका हुलाकमार्फत पठाइएको थियो भने प्रश्नपत्र इमेलमार्फत पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

कम्तिमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले एक सय पूर्णाङ्कको परीक्षामा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनुपर्ने जानकारी दिए । उनका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।



from Online Khabar https://ift.tt/OWshXjA

नेपाल ए ले आज आयरल्यान्ड ए सँग खेल्दै

१५ चैत, काठमाडौं । नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी२० र एक दिवसीय सिरिज हुनेछ ।

आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ । बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।

नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी-२० विश्वकप अघि युवा खेलाडीलाई ए टोलीमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ । सिनियर टोलीमा मौका नपाएका सबै खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने राम्रो अवसर हो ।

नेपाल ए को टी-२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।

चोटका कारण २०२२ पछि टोलीमा फर्किएका तीव्र गतिका बलर कमलसिंह ऐरीका लागि निकै महत्वपूर्ण हुनेछ । घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेका दुई युवा हिटर अर्जुन घर्ती र नारायण जोशी पनि छनोटकर्ताको नजरमा हुनेछन् ।

उता आयरल्यान्डका ग्यारेथ डेलानी, रस आदिर र स्टेफन डोहेनी प्रमुख हतियार हुन् । दोस्रो टी२० खेल चैत १६ र तेस्रो चैत १८ मा हुनेछ ।

नेपालको टी-२० टोली

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री ।

आयरल्यान्ड ए को टोली

निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।



from Online Khabar https://ift.tt/fGL0YM7

रनको वर्षा भएको खेलमा मुम्बई हैदराबादसँग पराजित

१५ चैत, काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सनइनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको छ । मुम्बईको यो लगातार दोस्रो हार र हैदराबादको दोस्रो जित हो ।

जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनायो । मुम्बईका तिलक बर्माले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६४ रन बनाए । ईशान किशन १३ बलमा २ चौका र ४ छक्कासहित ३४, रोहित शर्मा २६, नमन धिर ३० र हार्दिक पान्ड्या २४ रनमा आउट भए ।

टिम डेविड २२ बलमा २ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे ।

हैदराबादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए ।

त्यसअघि राजीव गान्धी इन्टरनेसनल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

यसअघि आईपीएलमा सर्वाधिक योगफल सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुणे वारियर्सविरुद्ध २० ओभरमा ५ विकेट गुमाउँदै २६३ रन बनाएको थियो । उक्त कीर्तिमान हैदरावादले तोड्दै इतिहासकै ठूलो योगफल बनाएको हो ।

हैदराबादका हेनरिक क्लासेन ३४ बलमा ४ चौका र ७ छक्कासहित ८० रनमा नटआउट रहे । एडेन माक्ररम २८ बलमा २ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहे । चौथो विकेटका लागि क्लासेन र माक्ररमले ५५ बलमा ११६ रनको अविजित साझेदारी गरेका थिए ।

हैदराबादका ओपनर टविस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रनको आक्रामक इनिङ खेले । अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन बनाएका थिए ।

ओपनर मयंक अग्रवाललाई ११ रनमा गुमाएको हैदराबादलाई दोस्रो विकेटका लागि हेड र शर्माले २३ बलमा ६८ रनको साझेदारी गरेका थिए ।

हार्दिक पाण्ड्या, जेराल्ड कोट्जी र पियुष चावलाले १/१ विकेट लिएका थिए ।



from Online Khabar https://ift.tt/M4YVk5R

Tuesday, March 26, 2024

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

१४ चैत, काठमाडौं । साविक विजेता तथा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले सानदार ब्याटिङ प्रदर्शनका साथ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । घरेलु टोली चेन्नईले मंगलबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हरायो ।

२०६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो । गुजरातका साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ओपनर ऋद्धिमान शाह २१, शुभमन गिल ८, विजयशंकर १२ र डेविड मिलर २१ रनमा आउट भए ।

चेन्नईका दीपक चाहर, मुश्ताफिजुर रहमान र रविन्द्र जडेजाले २–२ विकेट लिए । डर्याल मिचेल मथिसा पाथिरानाले १-१ विकेट लिए।

त्यसअघि चेपौकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो । चेन्नईका शिवम दुबेले २३ बलमा २ चौका र ५ छक्कासहित ५१ रन बनाए । रचिन रविन्द्र २० बलमा ६ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक सुरुवात दिलाएका थिए ।

ऋतुराज गायकवाड ४६, अजिंक्या रहाणे १२, डर्याल मिचेल २४ र समिर रिज्वीले १४ रन जोडे ।

गुजरातका राशिद खानले २, साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १–१ विकेट लिए ।

आईपीएलमा आज राति सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।



from Online Khabar https://ift.tt/IUJoCMt

विश्वकप छनोट : बहराइनसँग नेपाल ३-० ले पराजित

१३ चैत, मनामा (बहराइन) । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।

रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३-० ले पराजित भएको छ ।

छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो भने एक सता भित्र बहराइनसँग दोस्रो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ । दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो ।

समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहिन छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ ।

तर एसियन कपमा छनोट हुने नेपालको बाटो भने अझै सकिएको छ । समूहमा तेस्रो र चौथो हुने टिमले एसियन कप छनोटको तेस्रो चरणमा खेल्न पाउनेछन् ।

आजै भएको खेलमा खेलमा युएईले यमनलाई पराजित गर्दै शतप्रतिशत जित निकालेको छ । चार खेलबाट युएई १२ अंकसहित समूह एचको शीर्ष स्थानमा छ । युएईले समूहको अन्तिम दुई खेलअईघि नै शीर्ष दुईमा स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान सुरक्षित गरेको छ ।

३ जित र १ हरासहित ९ अंक जोडेको बहराइन दोस्रो स्थानमा छ । ४ खेलबाट ३ अंकसहित यमन तेस्रो स्थानमा छ ।

 

पहिलो हाफमै तीन गोल

यसअघि पहिलो खेलमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले बहराइन विरुद्ध प्रतिस्पर्धात्मक खेल खेल्ने लक्ष्य बनाएको थियो । तर यस खेलमा पहिलो अघिल्लो खेलमा जस्तै नेपालले ३ गोल बेहोर्‍यो ।

मुख्य प्रशिक्षक भिनसेन्चो अल्बर्टो एनेसले अघिल्लो खेलबाट पहिलो रोजाईँमा चार परिवर्तन गरेका थिए ।

अघिल्लो खेल खेलेका अन्जन विष्ट, मनिष डाँगी, सुमित श्रेष्ठ र हिसुब थपलियाको स्थानमा आज भरत खवास, जिलेस्पी जंग कार्की, सन्जिव विष्ट र सौभाग्य राई खेलेका थिए ।

अन्जन विष्ट अघिल्लो खेलमा घाइते भएका थिए भने मनिष डाँगी कार्डका कारण निलम्बनमा थिए । सुमित श्रेष्ठ र हिसुव थपलिया आज बेन्चमा थिए ।

खेलको सातौं मिनेटमा सायद महदी बाकेरले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । कर्नरबाट आएको बल नेपालका गोलकिपर किरण कुमार लिम्बुले पन्च गरेपनि पूर्ण रुपमा क्लियर नभएपछि बहराइनमा हमद अलसामसनले हेड गरेका थिए । त्यसमा नेपाली खेलाडीले बल क्लियर गर्न सकेनन् र नेपाली खेलाडीको तालमेल नमिल्दा बाकेरले गोल गरे ।

कप्तान अब्दुल्लाह युसुफ हेलाले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । नेपालका कप्तान किरणले बल रोक्ने क्रममा बहराइनका मोहमद मारहुनलाई फल गरेपछि रेफ्रीले बहराइनलाई पेनाल्टी दिएका थिए । त्यसमा कप्तान हेलाले सहजै गोल गरे ।

त्यसपछि ३६औं मिनेटमा कमिल अल-अस्वादले गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए । काउन्टरमा प्राप्त बलमा कमिलले नेपाली डिफेण्डरहरुलाई बिट गर्दै गोलकिपर किरणसँगको वान भर्सेस वानको अवस्थामा गोल गरे ।

यसअघि बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको थियो र पहिलो हाफमा ३ गोल नै बेहोरेको थियो ।

पहिलो हाफमा तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरेपनि सफल भएन । ७३औं मिनेटमा नेपालले गोल गरेपनि अफसाइड भएको थियो ।

सनिश श्रेष्ठको क्रसमा सन्जिव विष्टले बक्बाट वान टच गोल गरेका थिए र तर सहयाक रेफ्रीले अफसाइडको झण्डा उठाए ।

बहराइनले दोस्रो हाफमा पनि नेपालमाथि दबाब बनाएको थियो तर गोल थप्न भने सकेन । हुसेन अब्दुलकरिमले ८९औं मिने६मा राम्रो अवसर पाएङ्का थिए तर उनको प्रहार क्रस बारको थोरैमाथिबाट बाहिरियो ।

 

विशालको डेब्यु

६ नयाँ खेलाडीसहित बहराइन आएको नेपाली टोलीमा डेब्यु गर्न बाँकी ९ खेलाडी थिए । जसमा ४ खेलाडीले अघिल्लो खेलमा बहराइन विरुद्ध डेब्यु गरेका थिए ।

आजको खेलमा डिफेण्डर विशाल बस्नेतले डेब्यु गरे । यस भ्रमणमा नेपालबाट कूल ५ खेलाडीले डेब्यु गरे ।

८४औं मिनेटमा छिरिङ लामाको स्थानमा मैदान प्रवेश गर्दै विशाल बस्नेतले डेब्यु गरेका हुन् । अघिल्लो खेलमा अभिषेक लिम्बुले पहिलो रोजाईँमै डेब्यु गर्दा सौभाग्य राई, समिर तामाङ र सन्जिव विष्टले वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेका थिए ।



from Online Khabar https://ift.tt/BCoTLtp

विश्वकप छनोट : पहिलो हाफमा नेपाल ३ गोलले पछि

१३ चैत, मनामा (बहराइन) । फिफा विश्वकप छनोट अन्तर्गत बहराइन विरुद्धको दोस्रो खेलको पहिलो हाफमा नेपाल तीन गोलले पछि परेको छ ।

बहराइन नेसनल स्टेडियममा भइरहेको खेलमा घरेलु टोलीले पहिलो हाफमै तीन गोल गरेको हो ।

सातौं मिनेटमा सायद महदी बाकेरले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । कर्नरबाट आएको बल नेपालका गोलकिपर किरण कुमार लिम्बुले पन्च गरेपनि पूर्ण रुपमा क्लियर नभएपछि बहराइनमा हमद अलसामसनले हेड गरेका थिए । त्यसमा नेपाली खेलाडीले बल क्लियर गर्न सकेनन् र नेपाली खेलाडीको तालमेल नमिल्दा बाकेरले गोल गरे ।

कप्तान अब्दुल्लाह युसुफ हेलाले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि ३६औं मिनेटमा कमिल अल-अस्वादले गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए । काउन्टरमा प्राप्त बलमा कमिलले नेपाली डिफेण्डरहरुलाई बिट गर्दै गोलकिपर किरणसँगको वान भर्सेस वानको अवस्थामा गोल गरे ।

यसअघि बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको थियो र पहिलो हाफमा ३ गोल नै बेहोरेको थियो ।



from Online Khabar https://ift.tt/Gwc5qHP

पुरन र मन्सुबको विजयी सुरुआत

१३ चैत, काठमाडौं । नेपाल एपीएफ क्लबका पुरन राई र लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष ५७ केजी तौलसमूहमा पुरनले मधेश प्रदेशका रबन अलीलाई पराजित गरे । मन्सुबले गण्डकी प्रदेशका चन्द्रबहादुर थापाबाट वाकओभर पाए ।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५१ केजीका लुम्बिनीका भरत पुनले गण्डकीका रोकी गुरुङ तथा एपीएफका प्रदीप महर्जनले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथलाई हराए । पुरुष ६३ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्दले बागमती प्रदेशका सोहन राई तथा कोशी प्रदेशका एक्लिश शाहीले कर्णाली प्रदेशका रिजन गुरुङलाई पाखा लगाए ।

महिला ५७ केजीमा नेपाल आर्मीकी वर्षा श्रेष्ठले बागमतीकी पेमा शेर्पा तथा ६० केजीमा आर्मीकी ललिता महर्जनले लुम्बिनीकी सुजनकुमारी कुमाललाई पन्छाए ।
पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले कोशीका प्रशान्त दाहालको चुनौती पन्छाए । पुरुष ८० केजीमा नेपाल प्रहरी क्लबका प्रदीप पार्कीले मधेशका सरोजकुमार श्रेष्ठ तथा बागमतीका पासाङ शेर्पाले लुम्बिनीका अमर पल्लीलाई पराजित गरे ।

प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पुरुषमा ७ र महिलामा ६ गरी १३ स्पर्धामा १ सय ५ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले २५ हजार, १५ हजार ७.५÷७.५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।



from Online Khabar https://ift.tt/FsKzvIx

Monday, March 25, 2024

गाजामा तुरुन्त युद्धविराम प्रस्ताव राष्ट्रसंघको सुरक्षा परिषदबाट पास

१३ चैत, काठमाडौं । गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ । लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ ।

चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो । मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे ।

यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए ।

चीनले आफूले राखेको प्रस्ताव पास भएकोमा खुसी व्यक्त गरेको छ । यसका लागि अल्जेरिया र अन्य अरब देशले कडा मिहिनेत गरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रशंसासमेत गरेका छन् ।

गत ७ अक्टुबरमा इजरायलमाथि हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलका प्रतिनिधिले रद्ध गरे अमेरिका भ्रमण

गाजामा तुरुन्त युद्धविराम लागु गर्ने प्रस्ताव सुरक्षा परिषदबाट पास भएपछि असन्तुष्ट इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ ।

अमेरिकाले भिटो प्रयोग गरी युद्धविरामको प्रस्ताव रोकिदियोस् भन्ने इजरायलको चाहना थियो । तर त्यसो नभएपछि इजरायल असन्तुष्ट छ ।

इजरायलका प्रधानमन्त्री कार्यालयका अनुसार सुरक्षा परिषदमा अमेरिकाको भूमिका परिवर्तन भएपछि प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गर्ने निर्णय गरेका हुन् ।

उनले पहिले नै अमेरिकाको भूमिकामा परिवर्तन भए यो भ्रमण रद्ध हुने बताएका थिए ।

यद्यपि ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले सुरक्षा परिषदमा मतदानमा भाग नलिँदैमा अमेरिकाको नीतिमा परिवर्तन भएको भनेर भन्न नमिल्ने बताएका छन् । यस विषयमा अमेरिकाले इजरायलसँग छलफल गर्ने पनि उनले बताएका छन् ।



from Online Khabar https://ift.tt/IYGhWR4

नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

१३ चैत, काठमाडौं । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ ।

खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ ।

सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो ।

टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् ।

नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।

सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी-२० आई खेल खेलेका छन् ।

यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ ।

पहिलो खेलमा मौका नपाएका अनिल शाह, विवेक यादव र आकाश चन्दलाई आज मौका दिने सम्भावना छ ।

आयरल्यान्ड ए को टोली

निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।



from Online Khabar https://ift.tt/LaxpXwh

Realme के 2 फोन की कीमत में हुई भारी कटौती, ऑफर देख धड़ल्ले से खरीदने लगे लोग!

अगर आप रियलमी फोन को पसंद करते हैं तो आपके लिए कंपनी काफी अच्छा ऑफर लाई है. ग्राहक कंपनी के C सीरीज़ को कम दाम पर घर ला सकती है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/km4oyFz

आईपीएलमा कोहली चम्किंदा आरसीबीको पहिलो जित

१३ चैत, काठमाडौं । विराट कोहली चम्किएपछि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले इन्डियन प्रिमियर लिगमा पहिलो जित निकालेको छ ।

सोमबार राति भएको आफ्नो दोस्रो खेलमा आरसीबीले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १७७ रनको विजयी लक्ष्य आरसीबीले कोहलीको ७७ रनको मद्दतमा १९. २ ओभरमा ६ विकेटमा भेटायो ।

आरसीबीका दिनेश कार्तिकले नटआउट २८, महिपाल लोमरोरले नटआउट १७ रन बनाउँदा रजत पटिदारले १८ र अनुज रावतले ११ रनमा आउट भए ।

पञ्जाबका कागिसो राबाडा र हरप्रित ब्रारले २/२ तथा साम करन र हर्षल पटेलले एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेट गुमाएर पूरै २० ओभर खेल्दै १७६ रन बनाएको थियो ।

शिखर धवनले ४५, जितेश शर्माले २७, प्रभसिमरन सिंहले २५ र साम करनले २३, शशांक सिंहले नटआउट २१ रन बनाए ।

आरसीबीका मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २/२ विकेट लिए ।

पहिलो खेलमा भने आरसीबी चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो भने पञ्जाबले दिल्लीलाई पराजित गरेको थियो ।



from Online Khabar https://ift.tt/i9rosba

Sunday, March 24, 2024

नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

१२ चैत, काठमाडौं । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ ।

खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।

नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी-२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । त्यसैले प्रदर्शन खेलाडीहरु विना दबाब गर्नेछन् ।

नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।

सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी-२० आई खेल खेलेका छन् ।

यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ ।

नेपालले अनिल शाह, आकाश चन्द र विवेक यादवलाई आज मौका दिने सम्भावना छ । पछिल्लो समय लयमा नभएका अभिनाश बोहरालाई पनि सुधार गर्ने राम्रो अवसर हुनेछ ।

आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी टोलीमा हुँदा नेपालसँगको खेल कडा टक्कर हुनसक्ने अनुमान गरिएको छ ।

आयरल्यान्ड ए को टोली

निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।



from Online Khabar https://ift.tt/BYTkIz5

आईपीएलमा मुम्बइ गुजरातसँग पराजित

१२ चैत, काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ ।

गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् । मुम्बइले रोहित शर्मालाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो ।

जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । मुम्बइका डेवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्कासहित ४३, इशान किशन शून्य, तिलक बर्मा २५, टिम डेविड र हार्दिक पान्ड्या ११/११ रनमा आउट भए ।

गुजरातका आजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोनसन र मोहित शर्माले २/२ विकेट लिए ।

त्यसअघि घरेलु मैदान अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो ।

गुजरातका साई सुदर्शनले ४५, शुभमन गिल ३१, राहुल टेवाटिया २२ र डेविड मिलर १२ रनमा आउट भए ।

मुम्बइका जसप्रित  बुमराहले ४ ओभरमा मात्रै १४ रन खर्चेर ३ र जेराल्ड कोट्जीले २ विकेट लिए ।

आईपीएलमा आज साँझ रोयल च्यालेन्जर्स बेंग्लोर र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।



from Online Khabar https://ift.tt/BxvNcCf

परिवार, दोस्तों के बिना अधूरा है Holi का त्योहार! जाने अपनों को कैसे करें खुश?

Holi 2024: होली पर अगर अपनों से मिलना मुश्किल है तो उन्हें शुभकामनाएं देना तो बनता है. इस काम के लिए आपका साथ देगा WhatsApp. ऐप के ज़रिए आप सभी को हैप्पी होली कह सकते हैं. हम आपको बता रहे हैं ऐसे तरीके के बारे में जिससे आप WhatsApp Sticker के ज़रिए अपने दोस्तों को अलग अंदाज़ में होली की शुभकामनाएं दे सकते हैं.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/G36Po8L

Saturday, March 23, 2024

आज पहाडी क्षेत्रमा होली मनाइँदै, सार्वजनिक बिदा

११ फागुन, काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ ।

पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो ।

स्थानअनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई-मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।

 



from Online Khabar https://ift.tt/Y3PNwQE

Samsung का ये धांसू 5G फोन मिल रहा है 10 हजार से कम में

अगर आप 10 हजार रुपये से कम में एक अच्छा 5G स्मार्टफोन खरीदने के बारे में सोच रहे हैं. तो आपके लिए ये अच्छा वक्त हो सकता है. आइए जानते हैं क्यों.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/efzJDM8

बस र मोटरसाइकल ठोक्किंदा दाङमा २ जनाको मृत्यु   

११ चैत, तुलसीपुर (दाङ) । राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा१ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा७प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा राजपुर गाउँपालिका-५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको उनले जानकारी दिए ।



from Online Khabar https://ift.tt/zuBaOkI

Friday, March 22, 2024

पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ

१० पाल्पा, चैत । पाल्पा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लीलाबहादुर खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा खत्रीलाई पक्राउ गरिएको हो । खत्रीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।



from Online Khabar https://ift.tt/WAPY29M

आईपीएलमा चेन्नाइको विजयी सुरुआत

१० चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ ।

चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लोर (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो ।

आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो ।

चेन्नाइका लागि ओपनरद्वय रितुराज गायक्वाडले १५, रचिन रवीन्द्रले ३७ रन, अजिङ्क्य रहाणेले २७ र डेरेल मिचेलले २२ रनको योगदान गरेर आउट भए । शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे ।

बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए । अनुज रावतले उत्कृष्ट पारी खेल्दै ४८ रन बनाए । उनलाई साथ दिएका दिनेश कार्तिक २८ रनमा अविजित रहे ।

चेन्नाइका लागि मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए भने दीपक चहरले एक विकेट लिएका थिए ।



from Online Khabar https://ift.tt/JBHAcsS

होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही गर्ने गुल्मी प्रशासनको चेतावनी

१० चैत, गुल्मी । फागु अर्थात होली पर्व सभ्य रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले अपिल गरेको छ ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा लुकेर बटुवालाई इच्छाविपरीत रङ नदल्लन आग्रह गरेको छ ।

त्यस्तै  बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्नेलगायत उच्छृङ्खलअवाञ्छित कार्यहरू प्रचलित कानूनविपरीत भएकोले नगर्न सूचनामा उल्लेख छ । यस्ता कराय गरेको पाइए कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

होलीलाई सभ्य तरिकाले मनाउन र अप्रिय घटना हुन नदिन सार्वजनिक सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

चैत ११ गते आइतबार पहाडी जिल्लामा र चैत १२ गते तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।

 

 



from Online Khabar https://ift.tt/nsxg2Bj

प्रदिप र अभिलाषा च्याम्पियन

९ चैत, काठमाडौं । प्रदिप खड्का र अभिलाषा विष्टले १२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता २०८० को उपाधि जितेका छन् ।

नेपाल एपीएफ क्लवको आयोजनामा भएको प्रतियोगितामा प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेका हुन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा शुक्रबार भएको पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६, ६–० ले हराउँदै उपाधि जिते । यस्तै अभिलाषाले महिला एकलमा माहिका राणालाई ६–२, ६–४ ले पराजित गरी उपाधि जित्न सफल भए ।

अभिलाषाले मिक्स डबल्समा पनि उपाधि जिते । अभिलाषा र रितिक रानाको जोडीले प्रदिप खड्का र माहिका राणाको जोडिलाई ६–४, २–६ र १०–६ ले पराजित गरी उपाधी जिते ।

यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फ अनिल शाहीले भिष्मजंग गुरुङलाई ६–३, ६–० ले र ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ ईलुम दिक्षित र जितेन्द्र परियारको जोडीले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडिलाई ४–६, ६–३, १०–८ ले पराजित गरी उपाधि जिते ।

४५ वर्ष भेन्ट्रान्स एकलतर्फ रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले र ४५ वर्षमाथि भेन्ट्रान्स डबल्समा कमल बहादुर भण्डारी र उत्तम शेर्पाको जोडीले देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडिलाई ६–३, ७–५ ले पराजित गरी उपाधि जितेका छन् ।

यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलमा विमल वाईबाले राजु श्रेष्ठलाई २–६, ६–१, १०–४ ले र ५५ वर्षमाथि भेन्ट्रान्स डबल्समा बिमल वाईबा र हिमाल शाहको जोडीले कमल थापा र छम्बा ढुण्डुपको जोडीलाई ६–३, ६–४ ले पराजित गरी उपाधि जितेका छन् ।

६५ वर्षमाथि भेन्ट्रान्स एकलमा कमल थापाले मनोज राणालाई ४–१, ४–२ ले र इन्टर गभरमेन्ट डबलतर्फ उत्तम बोगटी र अमित गुरुङको जोडीले बिक्रम गुरुङ र चन्द्र बहादुर थापाको जोडीलाई ६–२, २–६, १०–७ ले पराजित गरी उपाधि जितेका छन् ।

विजयी खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शिल्ड, प्रमाण–पत्र तथा नगद पुरस्कार प्रदान गरे ।

महानिरीक्षक अर्यालले प्रतियोगिता संचालनमा सहयोग पुर्‍याउने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरे ।

महानिरीक्षक अर्यालले संगठनले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण जिम्मेवारीका साथै विभिन्न खेलकुद गतिविधिहरु निरन्तर रुपमा संचालन गर्दै आईरहेको बताउँदै प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने विभिन्न खेलकुद संघ संस्था, प्रशिक्षक, अफिसियल तथा महानुभावहरुप्रति आभार प्रकट गरे ।

उनले खेलकुदले संगठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउँदै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुले उच्चस्तरको अनुशासनसहित उत्कृष्ट खेल कला प्रदर्शन गर्दै आफ्नो प्रतिभामा निखारपन ल्याउन यस्ता प्रतियोगिता फलदायी रहने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा ११ वटा इभेन्ट्समा कुल १ सय ६२ खेलाडी सहभागी रहेको थिए ।  प्रतियोगिताका खेलहरु नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट हल्चोक र दशरथ रंगशालास्थित लनटेनिस कोर्टमा संचालन भएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा लगायत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

 



from Online Khabar https://ift.tt/qVLB2b1

Thursday, March 21, 2024

बाँसबारीमा चौधरीको रणनीति : उद्योगी भएर पस्ने, जग्गा हत्याउने

९ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डेढ महिनाअघि बाँसबारी जग्गा अनियमितताको फाइलमा हात हालेको थियो । राजनीतिक हस्तक्षेपका कारण रोकिएको अनुसन्धान अहिले फेरि अघि बढेको छ ।

अनुसन्धानको क्रममा चौधरी समूह तानिएको छ । उद्योगी एवम् कांग्रेस सांसद विनोद चौधरीसँग सीआईबीले बिहीबार बयान लिएको छ । त्यसअघि विनोदका माहिला भाइ बसन्त चौधरीसँग पनि सीआईबीले बयान लिएको थियो । कान्छा भाइ अरुण चौधरी त पक्राउ नै परेका थिए । तर जिल्ला अदालतको आदेशपछि अरुण हाजिर जमानीमा रिहा भएका थिए ।

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा चौधरी समूहको स्वामित्वमा लैजाँदाका घटनाक्रम र प्रक्रियाका बारेमा अनलाइनखबरले तयार पारेको जिज्ञासा र जवाफ :

बाँसबारीको जग्गा हिनामिना र त्यसमा सांसद विनोद चौधरीको संलग्नता प्रकरण के हो ?

बाँसबारी छालाजुत्ता कारखाना सरकारले २०२२ सालमा दर्ता गरेको उद्योग हो । जुन धिमा गतिमा सञ्चालन भइरहेको थियो । चौधरी समूहले २०४२ सालमा ‘च्याम्पियन फुट वयेर’ नामको नयाँ उद्योग खोल्यो ।

बाँसबारी छालाजुत्ता उद्योगसँग जग्गा थियो । च्याम्पियन फूट वेयर अर्थात चौधरी समूहसँग पुँजी थियो । चौधरी समूहले बाँसबारीका सञ्चालकलाई प्रभावित पारेर सरकारी जग्गामा अर्को जुत्ता उद्योग खोल्ने प्रस्ताव गर्यो । दुई पक्षबीच सम्झौता भयो । सरकारी स्वामित्वको बाँसबारी छाला जुत्ता उद्योगले जग्गा दिने र त्यस वापत उक्त सरकारी उद्योगले चौधरीले खोलेको च्याम्पियन कम्पनीको २५ प्रतिशत शेयर पाउने सहमति बन्यो ।

विनोद चौधरीका बाबु लुनकरण दास चौधरीले आफ्नो अगुवाइमा पत्नी गंगादेवी, छोराहरू विनोद कुमार चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरी र ज्वाईं महेशकुमार अग्रवालका नाममा कम्पनी स्थापना गरेका थिए ।

यही सहमतिअनुसार च्याम्पियन फुट वेयरले पटक–पटक गरी बाँसबारीको १८ रोपनी ३ आना जग्गा आफ्नो नाममा ल्यायो । पछि च्याम्पियनमा रहेको बाँसबारीको शेयर पनि चौधरी समूहका अरुणकुमार चौधरीले किने । त्यसपछि च्याम्पियन पूर्णरूपमा चौधरी समूहको कब्जामा आयो ।

उक्त १८ रोपनी जग्गालाई चौधरी समूहले पटक–पटक आफ्नै स्वामित्वका विभिन्न कम्पनीका नाममा हस्तान्तरण गरे । हाल चाँदबाग रेसिडेन्सीको नाममा रहेका त्यो जग्गा सरकारीकरण हुनुपर्छ भन्ने माग उठेपछि छानबिन अघि बढेको हो ।

बाँसबारीको जग्गा च्याम्पियनको नाममा ल्याउने बेलामा सञ्चालक समितिमा चौधरी समूहका सदस्यहरू थिए । त्यसमध्येका एक विनोद कुमार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको हो ।

बाँसबारी छालाजुत्ता कारखाना स्थापनाको पृष्ठभूमि के थियो ?

मुलुकलाई छालाजुत्ता उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले १९ साउन, २०२२ मा उद्योग विभागमा बाँसवारी छालाजुत्ता कारखाना दर्ता भएको देखिन्छ । कम्पनी ऐन, २०२१ बमोजिम स्थापित कारखानामा अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र उद्योग विभागको बराबर शेयर थियो । प्रतिकित्ता एक हजार रुपैयाँका दरले बाँसबारीको कुल पुँजी ४ करोड रुपैयाँ थियो ।

सरकारले असार, २०२० सालमा बाँसबारीमा रहेको १८ रोपनी ३ आना जग्गा बाँसबारी छालाजुत्ता कारखानाको नाममा अधिग्रहण गरेको थियो । उक्त जग्गासहित कूल ९५ रोपनी ६ आना जग्गा बाँसबारी छालाजुत्ता कारखानाको नाममा २० कार्तिक २०३७ मा मालपोत कार्यालय डिल्लीबजारको निर्णय बमोजिम स्रेस्ता कायम भएको अभिलेखबाट देखिन्छ ।

चौधरी समूहले किन जुत्ता कम्पनी खोल्यो ?

पञ्चायतकालको उत्तराद्र्धमा तत्कालीन राजपरिवारका सदस्य र नातेदारहरु राज्य सञ्चालनका विभिन्न काममा संलग्न हुने क्रम बढेको थियो । उद्योगी विनोद चौधरीले आफ्नो आत्मकथामा उल्लेख गरे अनुसार, तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहसँगको सम्बन्ध विस्तारपछि उनको व्यवसायिक सफलताले उचाइ लिँदै गएको थियो ।

ठीक त्यहीबेला सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखाना र चौधरी समूहबीच सम्झौता भएको थियो । लुनकरणदास (विनोद चौधरीका बाबु) को नेतृत्वमा भएको समझदारीपत्रमा जुत्ता उत्पादन गर्ने निजी कम्पनी (च्याम्पियन फुट वेयर लिमिटेड) खोल्न सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखाना पनि संलग्न हुने चाँजोपाजो मिलाइएको थियो ।

बाँसबारी छालाजुत्ता कारखाना र चौधरी समूहविचको सम्झौता

सरकारी संस्थानले निजी कम्पनी खोल्न जग्गा दिने र त्यसवापत २५ प्रतिशत शेयर पाउने सम्झौता अनुसार २७ कार्तिक २०४३ मा च्याम्पियन फुटवेयर लिमिटेड नाम कम्पनी स्थापना भयो ।

त्यसछि च्याम्पियन फुटवेयर लिमिटेडमा बाँसबारी छालाजुत्ता कारखानाको २५ प्रतिशत शेयर रह्यो ।  बाँकी लुनकरणदास चौधरी, विनोदकुमार चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरी, महेशकुमार अग्रवाल र गंगादेवी चौधरीको शेयर थियो ।

बाँसबारी कारखानामा चौधरी समूहको प्रवेश कसरी भयो ?

भदौ २०४३ मा बासबारी छालाजुत्ता कारखानाको सञ्चालक समितिले निजी क्षेत्रको साझेदारीमा छालाजुत्ता कारखाना स्थापना गर्ने निर्णय गर्यो । लुनकरणदास चौधरी र चौधरी परिवारबीच नयाँ खुल्ने कम्पनीमा बाँसबारी छालाजुत्ता कम्पनीले २५ प्रतिशत शेयर हाल्ने सम्झौता भएको थियो ।

कम्पनी खुलेको अर्को वर्ष २०४४ सालको भदौ र मंसिरमा बाँसबारीको १० रोपनी जग्गा च्याम्पियनका नाममा नामसारी (दाखिला खारेज) गर्ने निर्णय भएको थियो । जग्गा हस्तान्तरण गर्दा नेपाल सरकारको निर्णय आवश्यक परे ‘पछि पेश गर्ने’ भनिएको थियो ।

हाल सीआईबीको प्रारम्भिक छानबिन प्रतिवेदनमा भनिएको छ, ‘त्यसक्रममा मालपोत कार्यालय डिल्लीबजारको मोठ रजिष्ट्रारमा अधिग्रहण भन्ने शब्द काटेर जग्गा हस्तान्तरण गरेको देखियो ।’

अधिग्रहण गरेको जग्गा सरकारी हुने कानूनी व्यवस्था छ । मालपोत ऐनको दफा २४ अनुसार, त्यस्तो जग्गा व्यक्ति वा कुनै कम्पनीलाई बेच्न मिल्दैन ।

बाँसबारी छालाजुत्ता कारखानाले च्याम्पियन फुटवेयरमा जग्गा दिएर २५ लाख लगानी गरेको थियो, जुन कुल पुँजीको २५ प्रतिशत हुन्थ्यो । चौधरी समूहले च्याम्पियनमा ५१ प्रतिशत शेयर हाल्ने र पब्लिक शेयर जारी गरेर सर्वसाधारणको २४ प्रतिशत मात्रै हिस्सा हुने भनिएको थियो ।

जग्गा दिएबापत छालाजुत्ता कारखानाले के पायो ?

बाँसबारी छालाजुत्ता कारखानाले च्याम्पियनलाई प्रतिरोपनी २ लाख ५० हजार रुपैयाँका दरले १८ रोपनी जग्गा दिएको थियो । १८ रोपनी जग्गाको ४५ लाख ५४ हजार रुपैयाँ मूल्यांकन गरिएकोमा २५ लाख रुपैयाँ शेयरको रुपमा रह्यो ।

बाँकी २० लाख रुपैयाँ १० प्रतिशत व्याज समेत जोडेर १६ वर्षमा च्याम्पियनले बाँसबारीलाई किस्ताबन्दीमा तिर्ने सम्झौता गर्यो । त्यो रकम समेत उद्योगको उत्पादन शुरु भएको दुई वर्षपछिदेखि तिर्न शुरु गर्ने भनी सम्झौतापत्र तयार पारिएको थियो । त्यो बेलासम्म च्याम्पियन फुट वयेरको कुल पुँजी एक करोड रुपैयाँ थियो ।

बाँसबारीको जग्गा च्याम्पियन फुटवेयरलाई दिँदा सञ्चालक समितिका पदाधिकारीहरु ।

तर भदौ २०४५ मा एक करोड पुँजीको उक्त कम्पनीलाई चौधरी समूहले ३ करोडको बनायो । बाँसबारीले पनि शेयरको अनुपात मिलाउन थप ८ रोपनी जग्गा च्याम्पियनलाई दियो । त्यसपछि बाँसबारीको १८ रोपनी जग्गा च्याम्पियनको नाममा सारियो ।

यस बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको प्रारम्भिक निष्कर्ष छ– ‘त्यही पुँजी वृद्धिलाई आधार देखाएर जग्गा बेचियो । कम्पनीको जारी पुँजी बढाइएको छ भन्ने आधारमा आफ्नो अधिनस्थ जग्गाको बजार मूल्यलाई बेवास्ता गरी न्यूनतम दरमा नामसारी गर्दै गएको पाइएको छ ।’

महालेखा परीक्षकको कार्यालयले त्यतिबेला नै जग्गा दिने निर्णयमा प्रश्न उठाउँदै भनेको थियो, ‘सरकारी पूर्ण स्वामित्व भएको कारखानाले श्री ५ को सरकारको स्वीकृति बिना जग्गा बिक्री गर्ने तथा हस्तान्तरण गर्ने कार्यलाई नियमित मान्न सकिएन ।’

चौधरी समूहले त्यो जग्गालाई कसरी प्रयोग गरिरह्यो ?

चौधरी समूहले उक्त जग्गालाई विभिन्न चरणमा चलाखीपूर्वक आफ्नो कब्जामा लिएको देखिन्छ । चौधरी समूहले तीन चरणमा उक्त जग्गालाई आफ्नो पूर्ण स्वामित्वमा ल्यायो ।

त्यसका लागि पहिलो चरणमा च्याम्पियन फुट वेयरबाट बाँसबारी छालाजुत्ता कारखानालाई अलग गर्ने प्रयास थाल्यो । च्याम्पियनमा बाँसबारी छालाजुत्ता कारखानाको २५ प्रतिशत शेयर थियो । चौधरी समूहका अरुणकुमार चौधरीले २०५२ सालमा उक्त शेयर पनि आफ्नो नाममा लिए । चौधरी समूहको ७५ प्रतिशत शेयर पहिले नै थियो ।

चौधरी समूहको दावीमा, ‘लिलाम बढाबढबाट ३६ लाख रुपैयाँमा अरुणले बाँसबारीको शेयर किनेका हुन् ।’ त्यसपछि च्याम्पियन फुटवेयरमा बाँसबारी छालाजुत्ता कारखानाको स्वामित्व पूर्णरुपमा हट्यो । अब च्याम्पियनसँगै बाँसबारीस्थित १८ रोपनी जग्गा पनि चौधरी समूहको पोल्टामा पर्यो ।

दोस्रो चरणमा, चौधरी समूहले २०५४ सालमा च्याम्पियनलाई पब्लिक कम्पनीबाट प्राइभेट लिमिटेड कम्पनी बनायो ।  चौधरी समूहले अदालतमा पेश गरेको कागजात र पत्राचारमा ‘साना शेयरवालाहरु धेरै भएको’ भन्दै च्याम्पियनलाई चौधरी समूह अन्तर्गतको प्राइभेट कम्पनी बनायो ।

तेस्रो चरणमा, चौधरी समूहले कात्तिक २०६६ सालमा बाँसबारीको जग्गा हालसाविक (अद्यावधिक) गरेको थियो । मालपोत कार्यालयकै कर्मचारीले ‘सरकारी स्वामित्वको यो जग्गा रोक्का छ’ भनी टिप्पणी सहितको हस्ताक्षर गरेको थियो । तर, नापी कार्यालयले ‘जग्गा रोक्का नदेखिएको’ भनी पत्र तयार गरिदियो । त्यही पत्रका आधारमा उक्त जग्गा च्याम्पियन फुटवेयर प्रा.ली.को नाममा हस्तान्तरण भयो ।

अन्तिम चरणमा, च्याम्पियन फुटवेयर प्रा.ली.को नाममा रहेको जग्गा २०७८ सालमा स्थापना भएको सी.जी.चाँदबाग रेसिडेन्सी प्रा.ली.का नाममा सारियो । अहिले उक्त जग्गामा चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गरिरहेको छ ।

के त्यतिबेला कुनै सरकारी निकायले देखेनन् ?

महालेखा परीक्षकको कार्यालयले त्यतिबेला नै जग्गाको स्वामित्व हस्तान्तरणमा प्रश्न उठाएको थियो । आर्थिक वर्ष ०४४/४५ मा उसले गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार, ‘कारखाना र निजी क्षेत्रको संयुक्त लगानीमा क्यानभास जुत्ता उद्योग स्थापना गर्न यो काम भएको थियो ।’

प्रतिवेदनमा भनिएको छ,– ‘उक्त जग्गाहरूको मूल्याङ्कन के आधारमा कसरी गरियो सो व्यहोरा पनि स्पष्ट नभएबाट यस सम्बन्धमा अविलम्ब छानबिन गरी आवश्यक कारबाही हुनुपर्ने देखिन्छ । यसरी पूर्ण स्वामित्व भएको संस्थानले निजी कम्पनीसँग संयुक्त लगानीमा उद्योग खोल्न मिल्ने देखिदैन । ऐन नियम तथा निर्णय अनुरूप नगरी कारखानाले निजी क्षेत्रको संलग्नतामा उद्योग खोल्न गरिएको हतारो सम्बन्धमा छानबिन गरी आवश्यक कारवाही गर्नुपर्ने देखिन्छ ।’

जग्गा हस्तान्तरणबारे सरकारी दावी के हो ?

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र डिल्लीबजार मालपोत कार्यालयको दावीमा चौधरी समूहले प्रचलित कानुन मिचेर बाँसबारी छालाजुत्ता कारखानाका सञ्चालकहरुको मिलेमतोमा सरकारी जग्गा आफ्नो नाममा सारेको हो ।

सरकारले अदालतमा पेस गरेको दावी भनिएको छ, ‘बाँसबारी छाला जुत्ता कारखाना लिमिटेड तत्कालीन श्री ५ को सरकारको थियो र कम्पनीको नाममा रहेको जग्गा पनि सरकारी नै हुने देखिन्छ ।’

 

बाँसबारी छालाजुत्ता कारखानाको प्रबन्धपत्रमा कारखानाको शेयर सरकार,   सरकारको स्वामित्व भएको संगठित संस्थालाई मात्रै बिक्री गर्नसक्ने व्यवस्था छ । साथै, कारखानाको सञ्चालक समितिलाई समेत जग्गा बिक्रीको अधिकार छैन । पबन्धपत्रमा भएको व्यवस्था विपरीत कम्पनीले गर्ने निर्णय र कामकारबाही अमान्य हुन्छन् ।

सीआईबीले सर्वोच्च अदालतमा पेश गरेको अनुसन्धानको तथ्य र टिपोटमा भनिएको छ, ‘बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको प्रबन्धपत्र र नियमावलीमा समेत उसको जग्गा बिक्री वा हक हस्तान्तरण सम्बन्धमा सञ्चालक समितिलाई अधिकार समेत नभएको ।’

चौधरी समूहको दावी के छ ?

चौधरी समूहले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा सरकारी नै नभएको दावी गरेको छ । उसले जग्गा सरकारको नभइ संस्थानको भएको हुँदा किनबेच गर्न पाइने तर्क गरेको छ । उसको दावी छ, ‘सरकारले स्थापना गरेको संस्थाले चलअचल सम्पत्ति किनबेच गर्न पाउने र त्यसै अनुसार बाँसबारीमा सम्झौता भएको हो ।’

निजीकरणको अवधारणा अनुसार सरकारी कम्पनी र संस्थाहरुमा निजी क्षेत्रको लगानी र स्वामित्व बढेको उसको दावी छ । उसले सीआईबीको अनुसन्धानवारे सर्वोच्च अदालतमा पेश गरेको कागजातमा भनेको छ, ‘सीआईबीले आफ्नो क्षोभ प्रकट गर्न र जुझारु छवि बनाउन जग्गा सरकारीकरण गर्न खोजेको हो ।’

सीआईबीको हालसम्मको अध्ययनको निष्कर्ष के हो ?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को दावी अनुसार, सरकारको निर्णय विना नै बाँसबारी छालाजुत्ता कारखानाको १८ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिने भनी गरिएको निर्णय कानून बमोजिम थिएन ।

सरकारको स्विकृती नलिई सरकारी संस्थाले निजी कम्पनीसँग मिलेर संयुक्त लगानीमा उद्योग खोल्ने मिल्दैनथ्यो । सीआईबीले २५ प्रतिशत लगानी गर्ने बहानामा हुँदै नभएको अधिकार प्रयोग सरकारी जग्गा बेचबिखन भएको निष्कर्ष निकालेको छ ।

जग्गाको मूल्यांकनको आधार स्पष्ट नभएको, बाँसबारी छालाजुत्ताका तत्कालीन अध्यक्ष अजित थापा र चौधरी समूहको मिलेमतोमा सरकारी जग्गा अन्य कम्पनीमा लगेको देखिएको सीआईबीको अहिलेसम्मको निष्कर्ष हो ।

हालसम्मको अनुसन्धानको प्रगतिबारे उसले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘जग्गा अन्य कम्पनीको नाममा लगेर सरकारी जग्गा मस्यौट गरेको पाइएकाले कीर्ते जालसाजी गरी सरकारलाई हानि नोक्सानी पुर्याउने काममा संलग्नमाथि कारबाही हुनुपर्ने ।’



from Online Khabar https://ift.tt/BuDeq01

विश्वकप छनोट : नेपाल बहराइनसँग ५-० पराजित

८ चैत, मानमा, बहराइन । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलको पहिलो हाफमा नेपाल बहराइन ४-० ले पराजित भएको छ ।

रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको सुरुवातमै नेपाल सम्हालिन नपाउँदै बहराइनले गोल गरेको थियो ।

नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो । घरेलु मैदानमा खेल्ने तय थियो दशरथ रंगशालाको अवस्था विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि खेल बहराइनमै खेलाइएको हो । नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार रिफामै खेल्नेछ ।

खेलको दोस्रो मिनेटमै माहदी हुमाइदानले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । मोहमद मारहुनको पास सदुपयोग गर्दै हुमाएदानले गोल गरे ।  नवौँ मिनेटमा सायद बकेरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे । कर्नरबाट प्राप्त बलमा अनमार्क रहेका बकेरले सहजै गोल गरे । वालियद अलहायमको कर्नरमा नेपाली डिफेण्डरहरुले बल क्लियर गर्न नसकेपछि बकेरले सहजै गोल गरे ।

यस्तै पहिलो हाफमाको इन्जुरी टाइमको तेस्रो मिनेटमा अली मादनले गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए । मोहमेद मरहुनल करिब ३० यार्डबाट हानेको फ्रिकिक पोष्टमा लागेर फर्केको थियो । रिबाउन्डमा मादनले हानेको बल गोलकिपर किरणले फ्लाइङ सेभ गर्ने प्रयास गरेका थिए । तर पूर्ण रुपमा बल क्लियर गर्न नसकेपछि गोल भएको थियो ।

पहिलो हाफमा नेपालका कप्तान किरणले तीन बचाउ गर्दा नेपालले गोल अन्तर बढी हुनबाट रोकेको थियो ।

नेपालमा लागि संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्ट घाइते हुँदै पहिलो हाफमा मैदान बाहिर आएका थिए । उनको स्थानमा १६औं मिनेटमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए ।

दोस्रो हाफमा बहराइनले नेपालमाथि दबाब कायम राख्दै एक गोल थप्यो ।  ८७औं मिनेटमा इब्राहिम अल खतलले गोल गर्दै बहराइनलाई ४-० को अग्रता दिलाए । त्यसपछि इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा इस्माइल अब्दुल लतिफले गोल गर्दै बहराइनलाई ५-० को जित दिलाए । समूह एचमा दोस्रो जितपछि बहराइनको तीन खेलबाट ६ अंक भएको छ । नेपाल लगातार तीन हारबाट अंकविहिन हुँदै पूछारमा छ ।

 

चार खेलाडीको डेब्यु

बहराइन विरुद्धको खेलमार्फत नेपालका चार खेलाडीले सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । अभिषेक लिम्बु, सौभाग्य (सन्जित) राई तथा फरवार्डद्वय समिर तामाङ र सन्जिव विष्टले डेब्यु गरेका हुन् । सन्जिव बाहेक बाँकी तीनै खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए र पहिलो टुरमै डेब्यु गर्ने अवसर पाए ।

जसमा युवा डिफेण्डर अभिषेक लिम्बुले पहिलो रोजाईँमै खेल्दै डेब्यु गरे । यस्तै सौभाग्य राई हाफ टाइममा सुमित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । युवा फरवार्ड समिर ७९औं मिनेटमा हिसुब थपलियाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।  समिरले केही महिनाअघि घरेलु मैदानमा साफ यू१९ च्याम्पियनसि खेलेका थिए । तर समिरले धेरै समयम मैदानमा बिताउन भने पाएनन् ।

उनैलाई रिप्लेस गर्दै  अर्का फरवार्ड सन्जिवले ८८औं मिनेटमा डेब्यु गरे । लामो समयपछि राष्ट्रिय टिममा कमब्याक गरेका भरत खवासले पनि ८८औं मिनेटमा मनिष डाँगीको स्थानमै मैदान प्रवेश गरेका थिए ।

 

फोटो : बीएफए मिडिया



from Online Khabar https://ift.tt/BpsQE9F

पहिलो हाफमा नेपाल तीन गोलले पछि

८ चैत, मानमा, बहराइन । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलको पहिलो हाफमा नेपाल बहराइन विरुद्ध तीन गोलले पछि परेको छ ।

रिफास्थित नेसनल स्टेडियममा भइरहेको खेलमा बहराइनले खेलको सुरुवातदेखि नै नेपालमाथि दबाब बनाउँदै पहिलो हाफमा तीन गोल गरेको हो ।

खेलको दोस्रो मिनेटमै माहदी हुमाइदानले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए ।मोहमद मारहुनको पास सदुपयोग गर्दै हुमाएदाजे गोल गरे ।  नवौँ मिनेटमा सायद बकेरले गोल गर्द बहराइनको अग्रता दोब्बर पारे । कर्नरबाट प्राप्त बलमा अनमार्क रहेका बकेरले सहजै गोल गरे । वालियद अलहायमको कर्नरमा नेपाली डिफेण्डरहरुले बल क्लियर गर्न नसकेपछि बकेरले सहजै गोल गरे ।

यस्तै पहिलो हाफमाको इन्जुरी टाइमको तेस्रो मिनेटमा अली मादनले गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए । मोहमेद मरहुनल करिब ३० यार्डबाट हानेको फ्रिकिक पोष्टमा लागेर फर्केको थियो । रिबाउन्डमा मादनले हानेको बल गोलकिपर किरणले फ्लाइङ सेभ गर्ने प्रयास गरेका थिए । तर पूर्ण रुपमा बल क्लियर गर्न नसकेपछि गोल भएको थियो ।

पहिलो हाफमा नेपालका कप्तान किरणले तीन बचाउ गर्दा नेपालले गोल अन्तर बढी हुनबाट रोकेको थियो ।

नेपालमा लागि संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्ट घाइते हुँदै पहिलो हाफमा मैदान बाहिर आएका थिए । उनको स्थानमा १६औं मिनेटमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए ।

 

फोटो : बीएफए मिडिया



from Online Khabar https://ift.tt/7mAYVai

नेपालका लागि अभिषेक लिम्बुको डेब्यु

८ चैत, मानमा, बहराइन । युवा डिफेण्डर अभिषेक लिम्बुले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलको बहराइन विरुद्ध उनले डेब्यु गरेका हुन् ।

पहिलो पटक सिनियर राष्ट्रिय टिममा परेका अभिषेकले पहिलो रोजाईँमा खेल्दै डेब्यु गर्ने अवसर पाए । उनले अनन्त तामाङ र छिरिङ लामासँगै नेपालको सेन्टर ब्याकमा खेल्दैछन् ।

अभिषेकसँगै ६ खेलाडी पहिलो पटक नेपाली टिममा समावेश हुँदै विश्वकप छनोट खेल्न बहराइन आएको छ ।

 

फोटो :  बीएफए मिडिया



from Online Khabar https://ift.tt/GaiQtSh

Wednesday, March 20, 2024

बदली र वर्षाको सम्भावना शनिबारसम्मै

८ चैत, काठमाडौं । मौसमविदहरुले शनिबारसम्मै देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बुधबार र बिहीबारको तुलनामा शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले मंगलबार रातिदेखि नै नेपालका पूर्व र मध्य भागमा बदली र वर्षा हुँदै आएको छ । बुधबार दिनभरजसो पानी परेको थियो । यो क्रम आज बिहीबार पनि जारी रहने मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार विहीबार बिहान कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । काठमाडौं उपत्यकामा आज बिहान पानी पर्न रोकिए पनि दिउँसो एक/दुई बजे पछाडि वर्षा सुरु हुने मौसमविद पुडासैनीले बताए ।

उनका अनुसार आज दिनभरी नै देशका अधिकांश स्थानमा बादल लाग्ने छ । ‘बुधबार र बिहीबारको तुलनामा शुक्रबार अलिकति सुधार जस्तो हुन्छ । तर उल्लेखनीय सुधार हुँदैन,’ मौसमविद पुडासैनीले भने, ‘शनिबार फेरि वर्षा हुने छ ।’

शनिबारको दिन कोशी प्रदेशका केही स्थानहरूमा, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको उनले बताए । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली (इन्ड्युस्ड लो प्रेसर सिस्टम)को प्रभाव छ । यसैको प्रभावले बदली र वर्षा भएको हो । अहिले पश्चिमी न्यून चापीय प्रणाली कम सक्रिय छ । त्यसैले अहिलेको बदली र वर्षा हुनुमा बिहार आसपास रहेको न्यून चापीय प्रणाली बढी जिम्मेवार छ ।

सुदूरपश्चिम र कर्णालीमा भने तुलनात्मक रुपमा कम प्रभाव छ । त्यसैले ती प्रदेशमा बादल लागे पनि वर्षाको सम्भावना भने कम रहेको मौसमविद पुडासैनीले बताए ।

धनकुटाको पाख्रिबासमा सबैभन्दा धेरै वर्षा

काठमाडौंको बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको कार्यालय

गत चौबिस घण्टामा धनकुटाको पाख्रिबास स्टेसनमा भारी वर्षा भएको रेकर्ड छ । पाख्रिबासमा ५२.४ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

इलामको राँकेमा ४६.२, सिन्धुलीको रानिबास ४५.८, सिरहाको गोलबजारमा ४३.८, खोटाङ बजारमा ४२, जनकपुर विमानस्थलमा ३७, सप्तरीमा ३५.४ र रौतहटको गौरमा २६.८ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा रेकर्ड भएको छ । लेलेमा २१.६ मिलिमिटर वर्षा भएको छ ।

ललितपुरकै गोदावरीमा २०.२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३, बबरमहलमा १२, कीर्तिपुरमा र धाप ड्याममा ११.८ तथा कपनमा ९.६ मिलिमिटर वर्षा रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान ८ः४५ बजे वर्षाको आधिकारिक विवरण सार्वजनिक हुने भएकाले त्यो समयमा तथ्याङ्कमा केही फरक पर्न सक्ने महाशाखाले जनाएको छ ।

किसानलाई फाइदा, डढेलो नियन्त्रणमा राहत

अहिले प्रिमनसुन अवधि हो । यो अवधिमा हावाहुरी चल्ने, चट्याङ पर्ने र वर्षा हुने हुन्छ । त्यसैले अहिलेको यो अवस्थालाई स्वाभाविक रुपमा लिनुपर्ने मौसमविद बताउँछन् ।

प्रिमनसुन सिजनमा हुने वर्षाले बालीनालीलाई फाइदा पुग्ने कृषि क्षेत्रका वैज्ञानिकहरु बताउँछन् । हिउँद अवधिमा पर्याप्त पानी नपर्दा किसानहरु मर्कामा परेका थिए । मधेश प्रदेशमा करिब ६ महिनापछि वर्षा भएकाले स्थानीय किसानले राहत महसुस गरेका छन् ।

अहिलेको वर्षाले जंगलमा लागेको डढेलो नियन्त्रणमा पनि राहत पुगेको छ । ‘आज देशका अधिकांश स्थानमा परेको हल्का वर्षाले डढेलो नियन्त्रणमा थोरै भए पनि राहत मिलेको छ । तर, सधैं यो सुविधा प्राप्त हुन्न,’ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले भने ।



from Online Khabar https://ift.tt/U3pVuIH

थ्री इडियट्स : नेपाली शिक्षाका तीन पटमूर्ख

एक क्यानेडियन साथी थिए, मज्जाले नेपाली बोल्ने । पारिलो घाम तापेर थोत्रो ‘मेरो महेन्द्रमाला’ पल्टाइरहेका उनी अचानक मरीमरी हाँस्न थाले । हामीले ‘के भयो’ भनी सोध्दा उनको प्रतिप्रश्न थियो, ‘के यो गीत कमैयाका छोराछोरीले पनि गाउँछन् ?’

उनले इंगित गरेको पानामा कक्षागत गीत थियो । त्यसका पहिलो हरफमा लेखिएको थियो-

हामी जन्मैदेखि स्वतन्त्र छौं

हामीलाई कसैको दासत्व स्वीकार छैन

जो पुर्ख्यौली ऋण चुक्ता गर्न जीवनभर साहुको ‘बन्धकी’ हुन्छन्, उनीहरुले कसरी ‘हामी स्वतन्त्र छौं’ भन्दै भाका हाल्दो हो ? यही असंगत कुराले क्यानेडियन साथीलाई खित्का छाड्नेगरी हँसाएछ ।

यो हाम्रा पालाका कुरा भो । अहिले छोराछोरी विद्यालयमा के पढ्दैछन् ? चियोचर्चा गरौं ।

****

‘अरनिकोको जन्म ७७५ वर्षभन्दा अघि भएको हो’ ।

‘अरनिको’ भन्ने पाठमा लेखिएको वाक्य हो यो, जुन कक्षा ७ का विद्यार्थीले पढ्नुपर्छ । कुन सालबाट गन्ती गर्दा ७७५ वर्षअघि ? किताबमा स्पष्ट छैन । लेख्नेले नै ‘अड्कल’ गरेर लेख्छन् भने बालबालिकाले त्यो जन्ममिति घोकेर के दिव्यज्ञान प्राप्त गर्छन् ?

जबकि संस्कृतविद् सत्यमोहन जोशीले चीन पुगेर अरनिकोबारे गहन खोज गरेका छन् । ‘अरनिकोकृत श्वेतचैत्य’ महाकाव्य नै लेखेका छन् । चीनको युआन राजवंशको इतिहासमा पनि अरनिकोको जीवनी उल्लेख रहेछ । अरुपनि थुप्रै शोध–अध्ययन पाइन्छन्, अरनिकोबारे ।

यावत् स्रोतलाई मिहिन ढंगले केलाएर अरनिकोबारे घतलाग्दा तथ्यहरु उद्घाटन गर्न सकिन्थ्यो । तब ‘अरनिको’ शीर्षकको पाठ पढ्दै जाँदा बालबालिका थप उत्सुक हुन्थे । जति पढ्यो उति जान्ने कौतुहलता जाग्थ्यो ।

– त्यो जमानामा चीनका शक्तिशाली सम्राटले अरनिकोबारे कसरी थाहा पाए ?

– अरनिकोले नेपालमा कुनै मठमन्दिर बनाए ? कहाँ ?

– बेइजिङमा अरनिकोलाई समाधिस्थ गरेपछि राखिएको अन्त्येष्टि शिलालेखमा के लेखिएको होला ?

– ताइवानको ताइपेई र अमेरिकाको लस एन्जलसस्थित संग्रहालयमा अरनिकोले बनाएको कलाकृति कसरी राखिएको छ ?’

तर हाम्रो पाठ्यपुस्तकका लेखकलाई ‘झ्याउ’ लागेछ, यसरी सचेतपूर्वक खोज्न र मसिनो ढंगले केलाउन । उनले अरनिकोलाई दन्त्यकथा जस्तो बनाए । र, यस्तो लेखिपठाए, ‘साधारण परिवारमा जन्मेकाले उनले पढ्ने मौका भने पाएनन्’ ।

नेपालमा आधुनिक शिक्षाको सुरुवात भएको बल्लतल्ल १०० वर्ष पार गर्दैछ । हाम्रो अघिल्लो पुस्तासम्म पनि ‘पठनपाठन’ अनिवार्य र अपरिहार्य थिएन । ७०० वर्षअघि शिक्षादीक्षाको परिपाटी के थियो ? त्यसबेला गरिब भएकै कारण अरनिकोले विद्यालय जान पाएनन् ? मासिक शुल्क तिर्न नसकेर ?

‘अरे, कहना क्या चाहते हो ?’ भन्नु जस्तो ।

****

उत्तर दिनुहोस् :

(क) यात्रीको थकाइ स्वर्गद्वारी पुगेपछि कसरी भाग्यो ?

कुन महापुरुषले दिनसक्छ यसको उत्तर ? जबकि कलिला बालबालिकाले यही प्रश्नको ‘सिर्जनात्मक उत्तर’ लेखेर फर्स्ट डिभिजन ल्याउनुपर्छ । किनभने पाठ्यपुस्कतमा ‘साँच्चै ! स्वर्ग जाने ढोका नै हो ?’ शीर्षकको नियात्रा अन्तर्गत अभ्यास खण्डमा उक्त प्रश्न सोधिएको छ ।

‘थकाइ कसरी भाग्यो त ?’ सो पाठमा खोज्दै जाँदा यसरी भागेको उल्लेख छ- ‘फ्यात्त झोला मिल्काएर थ्याच्च भुईंमा बस्यौं । स्वर्गद्वारीको चिसो हावाले थकाइ कता भाग्यो कता ।’

यसबाट बालबालिकाले के बुझ्ने ?

१. थ्याच्च भुईंमा बस्दा थकाइ भाग्छ ।

२. चिसो हावाले थकाइ भाग्छ ।

यात्रीको थकाइ कसरी भाग्यो ? भन्ने प्रश्नको उत्तर लेखेर बच्चाले आफूमा कुन क्षमता विकास गर्छन् ?

सो पाठ ‘स्वर्गद्वारी’को विषयमा हो । तर त्यहाँ स्वर्गद्वारीको स्पष्ट चित्रण, धरातलीय आकर्षण, पौराणिक मूल्य, पर्यटकीय सम्भावनाबारे केही लेखिएको छैन । बरु ‘स्वर्गद्वारी’ नामकरणबारे सारमा यस्तो लेखिएको छ, ‘आफू मरेपछि स्वर्ग जान पाइयोस् भन्ने कामना गर्दै सोह्रजना ऋषिले अखण्ड यज्ञ गरेछन् । र, उनीहरुले मुक्ति पाएछन् । त्यही कारण यसको नाम स्वर्गद्वारी रह्यो ।’

एआईको युगमा हुर्किरहेका बालबालिकालाई यस्तो काइते कुरा रटाइन्छ । यो त ‘चमत्कार’लाई ‘बलात्कार’ बनाउने कुरा भएन र ?

****

‘..देश हाम्रो भविष्य हो आज यसलाई पालौं

न कसैको बिर्ता हो योन कसैको पेवा

सागसिस्नु आफ्नै मठो भन्दा उसको मेवा

बाल कविता प्रतियोगितामा भिडाउन लेखिएको कविता होइन यो । कक्षा ७ को पुस्तकमा समावेश मूलपाठ हो । यही कविता रटेर हाम्रा छोराछोरीले ‘भविष्यको कर्णधार’ बन्नुपर्ने हुन्छ ।

‘देश कसरी हाम्रो भविष्य हो ? देशलाई कसरी पाल्ने ? आफ्नो सागसिस्नु र उसको मेवा भनेको के हो ?’ बाल मस्तिष्कलाई यी प्रश्नले अलमल बनाउँछ । जबकि कुनै पनि पढेका कुरालाई स्नायुतन्त्रले सन्देशको रुपमा मस्तिष्कमा पठाउँछ । मस्तिष्कले सो सन्देशको चित्र बनाउँछ र ग्रहण गर्छ । यदि सन्देश नै स्पष्ट हुन्न भने मस्तिष्कमा त्यसको चित्र कस्तो बन्दो हो ? कसरी त्यो संग्रहित हुँदो हो ? यस्ता अर्थहीन वाक्य-गठनबाट कलिलो मस्तिष्क अरु भ्रमित हुन पुग्छ ।

‘कन्फ्युजन ही कन्फ्युजन है, सोलुसन कुछ पता नहीं

सोलुसन जो मिले ते साला, क्वेस्चन क्या था पता नही’ भनेको यही होला ।

****

नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालयमा पढाउनु’ भनी स्वीकृत दिएको पुस्तकको हविगत हो यो । निजी स्कुलले अभिभावकलाई खल्ती रित्याएर यस्तै किताब किन्न लगाउँछ र बालबालिकालाई घुँडा धँसेर घोक्न लगाउँछ ।

सरकार मातहातका जनक शिक्षा सामग्री केन्द्रले देशभरलाई पुग्दो पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने हो । तर यसले सक्दैन, चाहँदैन ।

त्यसो त उसले तयार गरको पाठ्यपुस्तक पनि उति गतिलो छैन । नेपालमा पहिलोपटक गरिएको पाठ्यपुस्तक अडिटसम्बन्धी प्रतिवेदनले यसै भन्छ । एजुकेसन इन एभ्री होमको नेतृत्वमा केही नमुना पाठ्यपुस्तकमाथि विस्तृत अध्ययन गर्दा के पाइयो भने सरकारी विद्यालयमा पढाइने पुस्तकमा गलत विवरण, झुटो इतिहास र अरु थुप्रै त्रुटि छन् ।

एउटा उदाहरण, अब्राहम लिंकनले लेखेको ‘मेरो छोराले के सिकोस्’ शीर्षकको पत्र । खासमा यो अब्राहम लिंकनले लेखेकै होइनन् । हाँसउठ्दो कुरा के भने यो चिठीमा जुन मिति उल्लेख छ, त्यसबेला लिंकनको मृत्यु भएकै १६ वर्ष बितिसकेको रहेछ ।

‘हुँदै नभएको कुरा राखेर, तथ्यहरु जाँच नगरी लापरवाही ढंगले पाठ्यपुस्तक तयार गरिएको छ,’ होमनाथ आचार्य भन्छन्, ‘यस्तो पाठ पढेर बालबालिकाले के सिक्ने ?’ उनी एजुसेकन इन एभ्री होमका अध्यक्ष हुन् ।

रान्चोडदास चांचड सही भन्छन्, ‘यस्तो किताबी परिभाषा रटेर के फाइदा ?’

तर शिक्षा प्रणालीले धमास दिन्छ, ‘के तिमी किताबभन्दा पनि जान्ने छौं ? यदि पास गर्नुछ भने यही किताब पढ्नुपर्छ ।’

****

पत्रकार एवं पुस्तक समीक्षक राजकुमार बानियाँले एउटा रहस्योद्घाटन गरेका थिए, विद्यालयको पाठ्यपुस्तक तयार गर्नेमा कति घटिया चलखेल हुन्छ भनी । उनी सारमा यसो लेख्छन्, ‘मेरो छोरोले कक्षा ८, ९ र ११ मा सुधा त्रिपाठी नामकी एउटै लेखकलाई तीन-तीन पटकसम्म पढिसक्यो । जबकि उनको लेख पढ्न योग्य र लायक पनि छैन । विद्यालयको पाठ्यपुस्तकमै त्यति कमसल कथा-कविता राख्नुपर्ने बाध्यता के थियो, त्यो पनि एउटै लेखकको ?’

खोज्दै जाँदा उनले एउटा गाँठी कुरा फेला पारेछन् । उनी लेख्छन्, ‘खासमा लेखक सुधा त्रिपाठीका पति प्रा. डा. रमेशप्रसाद भट्टराई डेढ दशक बढी समयदेखि पाठ्यक्रम विकास केन्द्रका अध्यक्षका रुपमा विराजमान रहेछन् । उनको एउटै ध्येय आफ्नी श्रीमतीको लेखलाई पाठ्यपुस्तकमा राख्ने भन्ने देखियो ।’

पाठ्यपुस्तक तयार गर्ने काम ‘बच्चाको खेल’ होइन । यसका लागि बालबालिकाको उमेरअनुसार हुने मस्तिष्कको  विकास, मनोविज्ञान, उनीहरुको सुन्ने-सोच्ने-सिक्ने क्षमतालाई ध्यान राख्नुपर्ने हुन्छ ।

तर नेपालमा पाठ्यपुस्तक तयार गर्न गुटबन्दी र राजनीतिक भागबण्डा हुने गरेको पत्रकार बानियाँ  बताउँछन् । उनी भन्छन्, ‘पाठ्यपुस्तकमा कसको लेख राख्ने भनेर पार्टीहरुको भागबण्डा हुन्छ । त्यहाँ स्तरीय लेख राख्ने भन्दा पनि पार्टीको चित्त बुझाउने काम हुन्छ ।’

‘ठूलो मान्छे’ बनाउन भनी विद्यालय पठाएका छोराछोरीले के पढ्दैछन् ? हामीलाई थाहा पत्तो छैन । हामीलाई त यति मात्र थाहा छ, ‘मेरो बेटा फलानोको छोरो जस्तै फर्स्ट हुनुपर्छ ? फलानोको भतिज जस्तै आईटी इन्जिनियर बन्नुपर्छ ? फलानोको नाति जस्तै मालपोतको हाकिम हुनुपर्छ ।’

****

अलार्मको ध्वनिसँगै अनिंदो उठी गृहकार्य सकाएर, घरको ताजा दालभात छाडी क्यान्टिनको पकौडा खाएर, टिमिक्क टाइ अनि टल्किने जुत्ता लगाएर, मेरुदण्ड नुहिनेगरी किताबको भारी बोकेर विद्यालय धाइरहेका बालबालिकाको जिन्दगानी उमंगमय छैन ।

– किनभने उनीहरुले विद्यालयमा प्रश्न होइन, उत्तर लिएर जानुपर्छ ।

– कक्षामा बोल्न होइन, ज्ञानी भएर चुप लाग्नुपर्छ ।

– फुटबल खेल्न, गीत गाउन होइन, आज्ञाकारी भएर पाठ घोक्नुपर्छ ।

– आफ्ना रुचि होइन, शिक्षक र अभिभावकको लक्ष्य पछ्याउनुपर्छ ।

दिनको औसत आठ घण्टा कक्षाकोठामा बिताउनुपर्छ । वर्षको करिब २६५ दिन पढाइलेखाइमा लगाउनुपर्छ । जीवनको लगभग १५ वर्ष यसरी नै खर्चिनुपर्छ ।

यो अविश्राम दौडपछि बल्ल उनले दीक्षान्त पोशाक (कालो ह्याट र गाउन) लगाएर मुसुक्क हाँसी फोटो खिच्न पाउँछन् । ‘शैक्षिक योग्यता’को प्रमाणपत्र पाउँछन् । त्यसपछि ?

त्यसपछि अर्को दौड सुरु हुन्छ, जागिरको । ‘भ्याकेन्सी अनाउन्समेन्ट’ खोज्दै ‘बायोडाटा’ पेश गर्दैमा वर्ष दिन बित्छ । रोजगारदाताले अन्तर्वार्तामा बोलाउँछन् र सोध्छन्, ‘के जानेको छौं ? तिमीसँग भएको सीप के हो ?’

विद्यार्थी भन्छन्, ‘मसँग शैक्षिक योग्यताको प्रमाणपत्र छ ।’

रोजगारदाता भन्छन्, ‘प्रमाणपत्र होइन, हामीलाई त काम चाहिएको हो ।’ मलिन अनुहार बोकर फर्किएका उनीहरु ‘प्रमाणपत्र बिक्ने’ जागिरको खोजीमा लाग्छन् । अनि फेरि सुरु हुन्छ, लोकसेवा आयोगको दौड ।

‘कर्णालीको लम्बाइ कति छ ?’

‘संविधान भनेको के हो ?’

‘क्यामेराको आविष्कार कसले गरेका हुन् ?’

‘नेपालको पर्यटन वर्ष २०११ को मूल नारा के थियो ?’

‘राजनीतिमा सबैभन्दा बढी महिला सहभागी भएको देश कुन हो ?’

‘नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कुन हो ?’

यस्तै प्रश्नोत्तर हल गरेपछि हजारौं प्रतिस्पर्धीमध्येबाट ‘मिहिनेती’हरुले नाम निकाल्छन् । सरकारी जागिर पक्का हुन्छ । ‘भविष्यको डर’ हराउँछ । उत्तीर्ण नभए ? तीन विकल्प बाँकी रहन्छ ।

१. नेता-नातेदारलाई भनसुन गरी जागिर खाने ।

२. आईईएलटीस, टोफेल वा ईपीएसको कक्षा लिने ।

३. पासपोर्ट च्यापेर म्यानपावरतिर धाउने ।

यतिबेलासम्म समयले कोल्टे फेरिसकेको हुन्छ । कम्प्युटरमा ‘भाइरस पस्छ’ भन्दै जुत्ता खोलेर साइबर छिर्ने पुस्तालाई ‘एआई’ले चक्मा दिइसकेको हुन्छ । दुई कक्षाको पढाइ हापेर मोटरसाइकलको पार्टपूर्जा धुईपखाली गर्ने ११ वर्षीय फुच्चे मासिक ८० हजार रुपैयाँ सटर भाडा तिर्नेगरी ‘छोटु मोटरसाइकल पार्ट्स एण्ड वर्कसप’को मालिक भइसकेको हुन्छ ।

****

वयस्क भएपछि, बिहेवारी गरेपछि, व्यवहारमा परेपछि अक्सर नेपालीलाई यी प्रश्नले झसंग बनाउँछ-

– ‘नेपालीको निपात, द्रव्यवाचक नाम, पर्यावाची शब्द मेरो जीवनमा किन आएन ?’

– ‘गणितको फर्मूला, डेसिमल, अल्जेब्राले मलाई किन सहयोग गरेन ?’

– ‘विज्ञानको आमिबा, लिभिङ थिङ्स-नन लिभिङ थिङ्स, एचटुओले मेरो कामलाई किन सजिलो बनाएन ?’

आखिर यतिविघ्न कुरा किन रटाइयो, किन घोकाइयो, किन परीक्षा दिन लगाइयो ?

हाम्रा विद्वानहरु त भन्छन्, ‘बच्चाले सबै कुरा सिक्नुपर्छ, सबै कुरा जान्नुपर्छ । कुन वाष्प प्रतिक्रियाबाट आगो बल्छदेखि शार्दूलविक्रीडित छन्द कविता लेख्नसम्म जान्नुपर्छ ।’

हो, जान्नु नराम्रो होइन । मार्क जुकरबर्गले शास्त्रीय नृत्य जानेको राम्रो, लियोनल मेस्सीले इन्जिनियरिङ जानेको राम्रो, शाहरुख खानले डाटा साइन्स जानेको राम्रो, रामदेवले मार्शल आर्ट जानेको राम्रो, विनोद चौधरीले चौरासी व्यञ्जनको रेसेपी जानेको राम्रो ।

तर शरीर र मस्तिष्कको जैविक प्रकृतिले यसो भन्दैन । मान्छेको रुचि, क्षमता, गुणदोषको विकासक्रम फरक हुन्छ । र, फरक हुन्छ हरेक जन्मिने बच्चा पनि । उनीहरुको सुन्ने, सिक्ने, बुझ्ने र अभ्यास गर्ने खुबी पनि एकनास हुँदैन । तर हरेक बच्चा आफैंमा विशेष हुन्छन् । उनीहरु कहिल्यै ‘कमजोर’, ‘बुद्दू’, ‘फेल’ हुँदैनन् ।

बरु उनीहरुलाई हुर्काउन नजान्ने आमाबुवा, सिकाउन नजान्ने शिक्षक, बुझाउन नजान्ने पठन विधि फेल हुन्छन् । यसरी नै फेल हुन्छ, शैक्षिक प्रणाली ।

हामीले कहिल्यै सोधेनौं, ‘तिमी के कुरामा रमाउँछौं ? के कुराले तिमीलाई खुसी बनाउँछ ?’

हामीले कहिल्यै सोचेनौं, ‘बच्चाको क्षमता के छ, गुण र खुबी के छ ?’

हामीले कहिल्यै भन्न दिएनौं, ‘उनीहरु के बन्न चाहन्छन् ? के गर्न चाहन्छन् ।’

बरु, एउटै कक्षामा राखेर, एकनासे किताब घोकाएर भनिरह्यौं, ‘परीक्षामा जस्ताको तस्तै लेख्नु है । फर्स्ट हुनु । सबैलाई उछिन्नु ।’

त्यसो नहुँदो हो त हेनरी फोर्ड बन्ने, ज्याक मा बन्ने, सुन्दर पिचाई बन्ने, क्रिस्टियानो रोनाल्डो बन्ने, रिहाना बन्ने बालबालिकाहरु फ्याक्ट्रीबाट उत्पादन भई बजारमा बिक्रीका लागि तयार गरिने एकै नापतौल र ब्रान्डका ‘प्रोडक्ट’ जस्ता हुने थिएनन् । अनि हुने थिएनन् श्रम भिसा च्यापेर लाममा उभिनेहरु, टोफेल गर्न कन्सल्टेन्सी धाउनेहरु र ‘जंगबहादुरको मृत्यु कति सालमा भएको थियो ?’ भनी लोकसेवाको प्रश्नपत्र घोक्नेहरु ।



from Online Khabar https://ift.tt/UoCYlFX

Tuesday, March 19, 2024

आजदेखि रिडी-तम्घास सडक २७ दिन १२ घण्टा बन्द हुने

७ चैत, गुल्मी । आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको हो ।

उक्त सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले जानकारी दिइन् ।

सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ ।

सडकको ७.७५ चौडाइ कालोपत्रे गरिंदैछ । अहिले भएको सडक निकै साँघुरो र कालोपत्रे पनि भत्किंदै गएको थियो । सडकखण्डको २३ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ ।

२०८२ साल फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने गरी २०७९ साल फागुन २८ गते सम्झौता भएको हो । एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँ लागतमा सडक स्तरउन्नतिका साथै कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको हो ।

सडकको २५ प्रतिशत भौतिक प्रगति र ११.५३ वित्तीय प्रगति भएको छ ।

तम्घास-रिडी सडक गुल्मी जिल्ला सदरमुकाम आउने मुख्य सडक हो । यही सडक भएर गुल्मी जिल्लाबाट अन्य जिल्लामा जाने सवारीसाधन छुट्ने गर्दछन् ।



from Online Khabar https://ift.tt/q2hrFiX

राष्ट्रिय खेल भलिबलको बिजोग : खेलाडीको तलब मासिक ५ हजार, अभ्यास गर्ने ठाउँ पनि छैन

६ चैत, काठमाडौं । २०७४ जेठमा सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि धेरैको आशा थियो अब भलिबलका पूर्वाधार बन्छन् र खेलकुद गतिविधि पनि बढ्छन् । तर, राष्ट्रिय खेलको मान्यता पाएको ७ वर्षसम्म भलिबलको अवस्थामा खासै सुधार भएको छैन । भलिबल इन्डोर खेल हो, तर देशभर यो खेल आउटडोरमा हुन्छ । आउटडोरमा खेलाडीलाई चोटको जोखिम धेरै हुन्छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९७१ मा बनाएको कभर्ड हलमा नेपाल भलिबल संघले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । राखेप कभर्ड हल व्यस्त हुँदा विकल्पमा आर्मीको लगनखेलस्थित कभर्ड हल मात्र छ ।

राखेप कभर्ड हलको दर्शक क्षमता १ हजार जना मात्र हो । अन्तर्राष्ट्रिय खेलको त कुरै छाडौं राम्रा घरेलु खेल हुँदा दर्शकले चाहेर पनि प्रत्यक्ष हेर्न पाउँदैनन् । क्षमता भन्दा बढी टिकट बिक्री गर्दा सुरक्षामा बारम्बार प्रश्न उठ्दै आएको छ ।

नेपालले अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाउन थालेको ५० वर्ष हुन लाग्यो । तर भौतिक संरचना विकासमा प्रगति छैन ।भलिबलको विकासका लागि नेपाल भलिबल संघ छ, उसको आफ्नै कभर्डहल छैन ।

आर्थिक अवस्था र खेलाडीको त झनै बिजोग छ । महिला र पुरुष भलिबलका समान १२ खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउँछन् । अमेरिकामा बस्दै आएका पूर्वखेलाडीले उठाएको चन्दाबाट संघले उनीहरुलाई तलब दिन थालेको ९ महिना भएको छ । यो तलबले महिनाभरि चना र अण्डा खान पनि नपुग्ने खेलाडीहरु बताउँछन् ।

तैपनि भलिबल खेलाडीले अथक मिहिनेत गरिरहेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोली फाइनलमा भारतसँग पाँचौं सेटमा पुगेर हार्दै रजत जितेको थियो ।

एभिसी एसियन सेन्ट्रल जोन २०१९ र २०२१ मा महिला टोलीले स्वर्ण जितेको थियो । पुरुष टोलीले भने हालसम्म स्वर्ण जित्न सकेको छैन ।

नेपालमा क्रिकेट, फुटबल र भलिबल सर्वाधिक लोकप्रिय खेल हुन् । क्रिकेटको सफलताको उडानले खेलाडीको तलब अन्य खेलसँग तुलना गर्न नसकिने भइसकेको छ । क्रिकेटमा ए ग्रेडका पुरुष खेलाडीले मासिक १ लाख र महिला खेलाडीले ५० हजार रुपैयाँ पाउँछन् ।

ग्रेड बी का पुरुष खेलाडी ७० हजार, सीले ५५ हजार र डीमा पर्नेले ३५ हजार पाउँछन् । महिलातर्फ बी ग्रेड ३५, सीका ३० हजार र डीमा पर्नेले २५ हजार रुपैयाँ मासिक तलब पाउँछन् । क्रिकेटमा पुरुषतर्फ सबैभन्दा कम इमर्जिङ खेलाडीले २५ र महिलातर्फ २० हजार रुपैयाँ मासिक तलब पाउँछन् ।

फुटबलमा महिला र पुरुष टोलीले समान १८ हजार पाउँछन् । तर क्रिकेट र फुटबल भन्दा भलिबल धेरै पछाडि छ । विभागीय टोली र स्थानीय प्रतियोगिताको भरमा जेनतन नेपाली भलिबल यो अवस्थामा आएको छ । राम्रो भविष्यको खोजीमा धेरै भलिबल खेलाडी विदेश जाने तयारीमा छन् ।

नेपाली भलिबल टिमका पूर्वकप्तान इमबहादुर रानामगरले पूर्वाधार र खेलाडीमा लगानीबिना नेपाली भलिबल माथि उठ्न नसक्ने बताए ।

‘भलिबल विकास गर्न सबैभन्दा पहिला पूर्वाधार र खेलाडीको लागि गास, बास, कपाससँगै खेलेर दायाँबायाँ सोच्न नपरोस् । अब यहाँ खेल्यो घर गइसकेपछि बच्चाको फी तिर्नुछ । मेरो बच्चाले खायो कि खाएन जस्ता दबाबले भलिबलको विकास हुँदैन’, इमले भने ।

नेपाल भलिबल संघसँग अभ्यास गर्ने आफ्नै हलसमेत छैन । खेलाडीहरुले अभ्यास गर्न कहिले राखेपको त कहिले नेपाली सेनाको कभर्ड हलमा जानुपर्छ । ‘यो दुवै हल प्याक भयो भने फिजिकल मात्रै गरेर फर्किनुपर्छ । राष्ट्रिय टोलीमा आएपछि समस्या नै ट्रेनिङको छ’, इमले भने ।

कभर्ड हल बनाउन जग्गा नपाएको गुनासो

भलिबल संघले कभर्ड हल बनाउन खोजेको तर काठमाडौंमा जग्गा नपाएको बताएको छ । गत वर्ष मूलपानीमा कागेश्वरी मनोहारा नगरपालिकासँग जग्गा प्राप्तिको लागि राखेपसँग संघले सम्झौता गरेको थियो । कागेश्वरी मनोहरा नगरपालिका-६ को जग्गाको कुरा भए पनि पछि वडा नं ४ को जग्गा देखाएपछि संघले मानेन ।

‘हामीलाई एउटा देखाएर अर्कोको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) आएको थियो । बाटोघाटो राम्रो नभएका कारण गलत ठाउँमा सरकारको पैसा फसाउनु हुँदैन र लगानी गर्नेहरुले पनि त्यहाँ गर्दैनन् भनेर हामीले त्यहाँ काम अघि बढाएनौं’, भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भने ।

राखेपले दिन चाहेमा त्रिपुरेश्वरमा नै जग्गा रहेको उनले बताए । ‘त्रिपुरेश्वरको स्वीमिङ पुल र टेनिस कोर्ट खाली छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पनि खाली देखेका छौं । सरकारसँग अनुरोध र आग्रह गरेका छौं । तर सुनवाइ भएको छैन’, अध्यक्ष चन्दले भने ।

अन्तर्राष्ट्रिय स्तरको कभर्डहल भएमा त्यसलाई राम्रोसँग उपयोग गरेर संघले आर्थिक स्रोत बलियो बनाउँदै खेलाडीहरुम लगानी गर्न सक्ने चन्दको भनाइ छ ।

नेपाल क्रिकेट संघले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र अखिल नेपाल फुटबल संघले विश्व फुटबल महासंघ (फिफा) बाट करोडौं आर्थिक सहयोग पाउँछन् । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले भने नेपाल भलिबल संघलाई अनुदान दिँदैन ।

भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा पनि संघले नै खर्च व्यहोर्नुपर्ने अध्यक्ष चन्द बताउँछन् । नेपालमा प्रतियोगिता आयोजना गर्न पनि खर्च जुटाउन समस्या हुने उनको भनाइ छ ।

‘सरकारले खेलाडीको जगेर्ना गर्नुपर्ने हो । सरकारको पनि त्यो अवस्था छैन । अमेरिकाबाट आर्थिक सहयोग आउन छाडेपनि हाम्रो कार्यसमिति हुँदासम्म जसरी पनि दिन्छौं । तर बढाएर दिन सम्भव छैन’, उनले भने ।



from Online Khabar https://ift.tt/aI9PWSO

विश्व मुवाँथाइमा गुणराजलाई स्वर्ण

काठमाडौं । नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा मंगलबार स्वर्ण जितेका छन् ।

थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई पराजित गरी ऐतिहासिक स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

कक्षपतिका अनुसार यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनैपनि नेपाली खेलाडीले स्वर्ण जितेका थिएनन् ।

विश्व च्याम्पियनसिपको आठौं सहभागितामा गुणराज स्वर्ण जित्न सफल भएका हुन् । गुणराजको उपलब्धी मुवाँथाईमा कुनैपनि नेपाली खेलाडीले हासिल गरेको उच्च हो । यसअघि पलिस्था कक्षपतिले २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । पलिस्था र सञ्जयले भने एमेच्योरतर्फ स्वर्ण जितेका  थिए ।

विश्व च्याम्पियनसिपको १९ औं संस्करणमै परिका बतासले पनि स्वर्ण जितेकी छन् । एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीनपटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।

एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरीले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कांस्य जिते ।



from Online Khabar https://ift.tt/q02iwkW

न एडल्ट वेबसाइट, न जुए की ऐड, युवा यहां से बटोर रहे सबसे ज्यादा मालवेयर

आईएसबी की एक अध्ययन रिपोर्ट में सामने आया है कि सबसे ज्यादा मालवेयर आने का खतरा पाइरेसी वाली वेबसाइट से होता है. रिपोर्ट में यह भी कहा गया है कि इसका सबसे ज्यादा खतरा 18-24 साल के लोगों को है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/GiRltU0

Monday, March 18, 2024

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिंदै   

६ चैत, काठमाडौं । सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो । उक्त कार्यक्रम शीर्ष नेताले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएको हो ।

गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए ।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए ।

कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीका साथै शीर्ष नेताहरूलाई बुझाएको थियो ।



from Online Khabar https://ift.tt/ij3Cmzl