Tuesday, March 12, 2024

बैकुण्ठ मानन्धर सम्मानित

३० फागुन, काठमाडौं । क्यामेलिया स्कुलको आफ्नो रजत महोत्सवको अवसरमा कीर्तिमानी धावक तथा ओलम्पिक बैकुण्ठ मानन्धर र वर्ल्ड बुक अफ रेकर्ड राख्न सफल आर्यन रन्जितलाई सम्मान गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा स्कुलले ऐतिहासिक व्यक्तित्व सागमा तीन स्वर्ण विजेता एवं ओलम्पियन बैकुन्ठ मानन्धर र करातेका उदयीमान खेलाडी तथा करातेमार्फत सानै उमेरमा वर्ल्ड बुक अफ रेकर्ड राख्न सफल आर्यन रंजितद्वयलाई नगदसहित सम्मान गरेको हो ।

यस खालको सम्मानले उदयीमान खेलाडी तथा पूर्व ऐतिहासिक व्यक्तित्वहरूलाई थप हौसला मिल्ने बिध्यालयका प्रिन्सिपल रूद्र मणि अधिकारीले बताए ।



from Online Khabar https://ift.tt/zvU6JOC

No comments:

Post a Comment