Saturday, March 9, 2024

उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

२७ फागुन, काठमाडौं । आज पनि देशका पहाडी भू-भागमा आंशिक रुपमा मौसम बदली भएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण केही भू-भागमा मौसममा सामान्य बदली भएको छ भने बाँकी भू-भागमा मौसम सफा छ ।

आज रातिसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भूभागका  एक–दुई  स्थानमा हल्का हिमपातको  सम्भावना  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



from Online Khabar https://ift.tt/7Uafv6e

No comments:

Post a Comment