Friday, March 8, 2024

आजको मौसम : कोशी र गण्डकीका एक-दुई ठाउँमा हिमपात हुने

२६ फागुन, काठमाडौं । आज देशका पहाडी  भू-भागमा  आंशिक  बदली भएको छ भने बाँकी  भू भागको मौसम  मुख्यतया  सफा  रहेको  छ ।

कोशी  र  गण्डकी  प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार पनि गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक/दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

सोमबार पनि कोशी,  बागमती,  गण्डकी र कर्णाली  गण्डकी  प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ । बाँकी भू-भागमा मौसम सफा रहने पूर्वानुमान छ ।



from Online Khabar https://ift.tt/0X9e16R

No comments:

Post a Comment