Wednesday, March 6, 2024

मन्त्री छान्न जसपाको कार्यकारिणी बैठक बस्दै 

२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक बस्दैछ ।

नयाँ गठबन्धन सरकारमा सहभागी हुने र मन्त्रीको टुंगो लगाउन बैठक बस्न लागेको हो ।

बैठक बिहान ८ बजे बोलाइएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

उनका अनुसार जसपा सरकारमा सहभागी हुनेछ । र, बाँकी निर्णय बैठकले गर्ने उनले बताएका छन् ।

सोमबारदेखि लगातार बैठक बसे पनि जसपाले सरकारमा सहभागी हुनेनहुने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा निर्णय गर्न सकेको छैन ।

जसपाले निर्णय नगरेपछि प्रधानमन्त्री प्रचण्डले बुधबार एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसेकका छन् ।

 



from Online Khabar https://ift.tt/VB3GZij

No comments:

Post a Comment