Friday, March 15, 2024

जवाफदेहिता निगरानी समितिमा नयाँ नेतृत्व चयन

३ चैत्र, काठमाडौं । जवाफदेहिता निगरानी समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार बसेको बैठकले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको संयोजकमा संवैधानिक तथा मानवअधिकार कानूनको क्षेत्रमा क्रियाशील अधिवक्ता राजुप्रसाद चापागाईं चयन भएका छन् । सहसंयोजनको जिम्मेवारी राजन कुईंकेल र अधिवक्ता रुकमणी महर्जनलले पाएका छन् ।

चापागाईं संवैधानिक कानुन व्यवसायी मञ्चको पूर्वअध्यक्ष र जुरी–नेपालका संस्थापक अध्यक्ष हुन् ।

कुईंकेल एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष हुन् भने महर्जन त्रिभुवन विश्वविधालयमा कानून संकायमा उपप्रध्यापक छिन् ।

निगरानी समितिको वैठक निवर्तमान अध्यक्ष चरण प्रसाईंको अध्यक्षतामा भएको थियो ।

बैठकले देशमा पेचिलो बन्दै गएको दण्डहीनता, कुशासन र जवाफदेहीविहीनताको अवस्थालाई  मध्यनजर राख्दै निगरानी समितिको हस्तक्षेपकारी भूमिकालाई आगामी दिनमा अझै प्रभावकारी बनाएर लानुपर्ने ठहर गरेको छ ।



from Online Khabar https://ift.tt/LZRBphy

No comments:

Post a Comment