२ चैत, काठमाडौं । अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।
फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बहराइनविरुद्धको खेलअघि नेपालले मलेसियामा खेलेको अभ्यास खेलमा ५-१ ले पराजित भएको हो ।
खेल कूल १४० मिनेट खेलाइएको थियो भने ३५-३५ मिनेटको चार हाफमा खेलाइएको फुटबल एसोसिएसन अफ मलेसियाले जनाएको छ ।
मलेसियाको लागि डारेन लोकले ३१औं र ३५औं मिनेटमा गोल गरे । यस्तै स्टुअर्ट विल्किनले ४६औं, डानिएल टिङले ४८औं तथा मुखाइरी अज्मल माहदीले १३५औं मिनेटमा गोल गरे ।
नेपालका लागि समिर तामाङले एक मात्र गोल फर्काएका थिए । समिर पहिलो पटक नेपालको सिनियर टिममा परेका हुन् ।
विश्वकप छनोटको दोस्रो चरणको समूह बी मा रहेको नेपालले बहराइन विरुद्ध होम एण्ड अवे दुवै म्याच बहराइनमै खेल्नेछ । नेपाल र बहराइनबीच चैत ८ र १३ गते खेल हुनेछ ।
from Online Khabar https://ift.tt/RGohwCa
No comments:
Post a Comment